भद्र्पुर, ६ बैशाख–  नेपालकै पुरानो मध्येको एक नगरपालिका भद्रपुरमा एमालेले जीवन कुमार श्रेष्ठलाई मेयरको उम्मेदवार बनाएको छ । भद्रपुरका लोकप्रिय उनी नगरपालिकाको उपमेयर निर्वाचित भइसकेका छन् ।

 नेकपा एमालेको तर्फ बाट २ जनाको नाम सिफारिस भए पनि उनलाई टिकट दिने पक्कापक्की भएको वताइएको छ । काङ्ग्रेस नेता कृष्णप्रसाद सिटौलाको गृह नगरमा उनको उम्मेदवारीले काङ्ग्रेसलाई तनाब भएको छ । 

२०५४ को निर्बाचनमा सानदार मत ल्याएर उपमेयरमा जितेका श्रेष्ठको उम्मेदवारी सबै दलका लागि सकस हुने स्थानीय अगुवाको भनाइ छ ।