।  ।  दिनेश घिमिरे  ।  । 

रामेछाप २५ असोज – लामो ससयसम्म कार्यालयले तलब नदिंदा  यहाँका कर्मचारीलाई दशैं मनाउन समस्या परेको छ । त्यसोत कार्यालयले समयमा तलब नदिएसँगै दशैं मनाउनकै लागि एक कर्मचारीले लैनो भैंसी बेच्ने तरखरमा जुटेका छन् । जिल्ला प्राविधिक कार्यालय रामेछापका खापासटे कृष्ण प्रसाद पौडेल र उनका साथी श्याम पौडेलले यस वर्षको दशैं घरको भैंसी वेचेर मनाउने तरखरमा जुटेका हुन् । 

लामो समय देखी कार्यालयले तलव  खुवाउन नसकेपछि उनीहरुले आफनो गोठमा दुध खानको लागि पालेको भैंसी विक्रि गर्न लागेको दुखेसो पोखे । 
कार्यालय प्रमुख सहित ६ जनाको दरवन्दी रहेको प्राविधिक कार्यालयमा ४ जना कर्मचारी सरुवा भएर  गएकाले हाल उक्त कार्यालयमा कार्यालय प्रमुख र २ जना स्टाफ  मात्र छन् । तीन मध्ये २ जना स्टाफले गत साउन देखिनै  तलव खान  नपाएकोले दशैको मुखमा आएर आफुहरुलाई समस्या परेको वताए । 

दशैमा लाग्ने खर्च र सामानको मुल्यवृद्धि लगायतका कारणले दशै मान्नका लागि आफुले भैसी वेच्नका लागि ग्राहक वोलाई सकेको  कृष्ण पौडेलले वताए । 
तलब नपाएर भैंसी बेच्न कर्मचारी लाग्दा उता त्यही कार्यालयका  कार्यालय प्रमुख कृष्ण लाल पीयाले भने   तलव बुझिसकेका छन् । 

जिल्लाको प्राविधिक कार्यालय मात्र होईन डिभिजन खानेपानी कार्यालय र डिभिजन सिंचाई कार्यालय लगाएतका कर्मचारीहरुले पनि अहिलेसम्म तलब नपाएको गुनासो गर्छन् । 

उनीहरुले पनि गत साउन महिना देखि तलव खान पाएका छैनन् । डिभिजन खानेपानी कार्यालयका प्राविधिक महेन्द्र प्रधान आफुहरु अन्यायमा परेको वताउँछन् । “दशैको मुखमा आएर कार्यालयले हामीलाई तलव खान नदिएर दशै मान्नकै लागि  समस्यामा पा¥यो’ उनले भने । संघियताको लागूभएसंगै सरकारले कार्यालय र कर्मचारीको उचित व्यवस्थापन गर्न नसक्दा कतिपय कार्यालयका कर्मचारीहरुलाई दशंैको मुखमा आएर तलव खान र दरबन्दी मिलानमा समस्या परिरहेको  सरोकारवालाहरुको भनाईछ ।