चौधवटा नयाँ किर्तिमान कायम गर्दै सकियो भारत्तोलन प्रतियोगिता


Thursday, 29 Dec, 2016 10:46 AM

सप्तरी, १४ पुस । यहाँ सञ्चालित सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष तथा महिला भारत्तोलन प्रतियोगिताको अन्तिम खेलमा बुधबार १४ वटा नयाँ कीर्तिमान कायम गर्दै सम्पन्न भएको छ । 

 

सप्तरीको सदरमुकाम राजविराजमा आयोजित प्रतियोगितामा पुरुषतर्फ नेपाली सेना प्रथम र नेपाल प्रहरी दोस्रो भएका छन् । ६ स्वर्ण, ८ रजत र १ कास्यसहित १५ पदक जितेर नेपाली सेना प्रथम भएको छ भने ६ स्वर्ण, ३ रजत र ३ कास्यसहित १२ पदक जितेर नेपाल प्रहरी दोस्रो भएका छन् । 

 

यसैगरी २ स्वर्ण, २ रजतसहित ४ पदक ल्याएर पूर्वाञ्चल विकास क्षेत्र तेस्रो स्थान प्राप्त गरेको छ । त्यस्तै मध्यपश्चिमाञ्चलले १ स्वर्ण र ३ कास्यसहित ४ पदक ल्याएर चौथो र १ रजत र ४ कास्य गरी ५ पदक ल्याएर सुदूरपश्चिमाञ्चलले पाचौँ स्थान पाएको छ । मध्यमाञ्चलले १ रजत र २ कास्य तथा पश्चिमाञ्चलले २ कास्य ल्याएका छन् । 

 

भारत्तोलन प्रतियोगितामा पहिलोपटक सहभागिता जनाएको अर्को विभागीय टोली सशस्त्र प्रहरीले भने कुनै पनि पदक ल्याउन सकेन । प्रतियोगिताका क्रममा विभिन्न तौल समूहमा गरी १४ वटा नयाँ कीर्तिमान कायम भएको भारत्तोलन सङ्घका केन्द्रीय सचिव तिलकबहादुर राउतले जानकारी दिए । 

 

प्रतियोगिताको अन्तिम दिन आज सम्पन्न पुरुषतर्फ १०५ केजी तौल समूहमा नेपाल प्रहरीका गगन चन्दले २१४ केजी भार उठाएर स्वर्ण पदक जितेका छन् । सो तौल समूहमा नेपाल प्रहरीकै विपेन्द्र महर्जनले २१३ केजी उठाएर रजत तथा मध्यमाञ्चलका मो।अस्ताकि हुसैनले १९७ केजी उचालेर कास्य पदक जितेका छन् । 

 

यस्तै पुरुषतर्फको प्लस १०५ केजी तौल समूहमा नेपाली सेनाका पुकार गुरुङले २५९ केजी तौल उचालेर स्वर्ण पदक प्राप्त गर्दै नयाँ कीर्तिमान कायम गरेका छन् । सन् २०१५ मा सम्पन्न एसियन च्याम्पियनसिपमा स्न्याचतर्फ १२३ केजी उचालेर बनाएको आफ्नै रेकर्ड विस्थापित गरी उनले नयाँ रेकर्ड बनाएका हुन् । 

 

उहाँले आजको खेलमा स्न्याचतर्फ १२४, क्लिन एन्ड जर्कतर्फ १३५ केजी उठाएका थिए । सोही तौल समूहमा मध्यमाञ्चलका राजीव महर्जनले २०३ केजी उचालेर रजत तथा सुदूरपश्चिमाञ्चलका सुभाष उपाध्यायले २०० केजी उचालेर कास्य पदक प्राप्त गरेका छन् । 

 

कुल १५ स्वर्णका लागि भएको प्रतियोगितामा जम्मा १२३ खेलाडीले सहभागिता जनाएका थिए । प्रतियोगिता समाप्तिपछि आयोजित पुरस्कार वितरण समारोहमा प्रमुख अतिथि युवा तथा खेलकुद मन्त्रालयका सचिव महेशप्रसाद दाहाल, राष्ट्रिय खेलकुद परिषद्का कोषाध्यक्ष सुरेन्द्र हमाल, प्रमुख जिल्ला अधिकारी बलदेव गौतम, कृष्ण दल गणका गणपति गजेन्द्र बोहोरा, भारत्तोलन सङ्घ सप्तरीका अध्यक्ष महेश यादव, सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय राजविराजका एसपी जयबहादुर खड्कालगायतले विजयी खेलाडीलाई पुरस्कार वितरण गरेका थिए । 
 

comments powered by Disqus

Related News

horoscope

National Reconstruction Authority

Redbull

YetiAirlines

NLG Life Insurance

राजनीति

विज्ञहरुले भने– अहिलेको संविधान संशोधन पास भए नेपाल रहंदैन 

‘७० वर्षको उमेरमा भक्ति थापाजस्ता हाम्रा पूर्खाले रगत दिएर बनाएको नेपाललाई केही दलालहरुले विदेशीका पाउमा चढाउने काम गरेका छन्’ बस्न्यातले भने, ‘यहाँका मैथिली, भोजपुरी र अवधी भाषा मासेर स्थापित गरिएका हिन्दीभाषीहरु नेपाली होइनन् । हिन्दीभाषीलाई नै नेपाली भनेर नेपाल समाप्त पार्ने प्रयास भएको छ ।’ 

संशोधन थाँती राखे समझदारी हुने - सचिव ज्ञवाली

बाबियाचौर (म्याग्दी), ८ माघ - नेकपा (एमाले)का सचिव प्रदीप ज्ञवालीले संशोधन प्रस्ताव थाँती राखेर राजनीतिक समझदारी कायम गर्न सकिने बताएका छन् । 

स्थानीय निर्वाचनको मिति चाँडो घोषणा गर –रामचन्द्र पौडेल

काठमाडौँ, ७ माघ –व्यवस्थापिका–संसद्को आजको बैठकमा प्रमुख दलका नेता तथा सांसदले अविलम्ब स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्न सरकारसँग माग गरेका छन् । 

विश्व

नाइजेरियाली विश्वविद्यालयमा आत्मघाती बम आक्रमण, छ जनाको मृत्यु

अबुजा नाइजेरिया, माघ – नाइजेरियाको उत्तरपूर्वी राज्य ब्रनोको राजधानी मैदुगुरीमा सोमबार एक विश्वविद्यालयमा आत्मघाती बम विस्फोट गराइँदा कम्तिमा छ जनाको मृत्यु भएको यहाँको प्रहरीले जनाएको छ । 

घटनामा १५ जना घाइते भएको बताइएको छ

बङ्गलादेशमा हत्याका आरोपमा छब्बीसलाई मृत्युदण्ड  

ढाका, ३ माघ – बङ्गलादेशको एक अदालतले सत्ताधारी अवामी लिगका राजनीतिज्ञहरूले राजनीतिक प्रतिद्वन्द्वीको हत्या गर्न मुलुकको उच्च सुरक्षा निकायलाई कसरी उपयोग गरे भनि सुनुवाइ गरेपछि २६ व्यक्तिलाई सोमबार मृत्युदण्डको निर्णय सुनाएको छ । 

रुसले अति शक्तिशाली लामोदूरीको क्षेप्यास्त्र परीक्षण ग¥यो

मस्को, ४ माघ – रुसले जल तथा जमिन दुबै स्थानबाट प्रहार गर्न सकिने, अति शक्तिशाली, लामोदूरीको क्षेप्यास्त्रको आज परीक्षण प्रक्षेपण गरेको छ । 

विचार

सीके राउतसँग बाबुराम–प्रचण्डको बिखण्डनवादी कनेक्सन

||  रामशरण बजगाईं/विजय ढकाल  || सतहमा हेर्दा यो बिषय सामान्य र अपत्यारिलो लाग्छ । इरान हुँदै पाकिस्तान पुगेको मानिस कसरी नेपालको तराइसँग जोडियो भन्ने प्रश्न उठ्न सक्छ । हामीलाई पनि त्यस्तै लाग्थ्यो । तर हालसालै भारतीय काश्मिरकी  मुख्यमन्त्री महबूबा मुफ्तीले गरेको एउटा खुलासाले हामीलाई झस्कायो । 

नेपाल–भारत सम्बन्धमा ओली फर्मुला के हो ?

|| रामशरण बजगाईं/विजय ढकाल || 
बाबुरामले त प्रधानमन्त्री बन्नासाथ भारतसँगको सम्बन्धमा जुवा खेल्न छुट मागे । सत्ताको चाबी दिल्लीलाई बुझाएर नेपालमा घोषणा गरे 'चाबी अन्तै रहेछ,' 'नेपाल भारतमा मर्ज वा सब्मर्ज हुन सक्छ ।'  फेरि पनि उनै  बाबुराम सोध्छन्– भारतसँग सम्बन्ध सुधार्ने ओली फर्मुला  के हो ? 

‘ओलीजम भर्सेस माथुरजम’ खडा गर्ने हो बाबुरामजी ? 

रामशरण बजगाईं/विजय ढकाल

बाबुराम भट्टराई  र उनले तालिम दिएका चेला चपेटाहरु काठमाडौं र दिल्लीबाट जयशंकरलाई सूचना दिंदै थिए– ‘कोइरालाको कार्यालयबाटै भारत बिरोधी गतिविधि संचालित छ ।’ 

Loading...
Top