काठमाडौ, २७ पुस– विवेकशील साझा पार्टीमा लामो समयदेखी देखिएको आन्तरिक द्धन्द अन्तत पार्टी फुटमा आएर टुंगिएको छ । संयोजक मध्येका एक उज्जवल थापाले विवेकशील साझा पार्टी फुटाएर नयाँ दल दर्ताका लागि निवेदन दिएका छन् ।

थापाले शुक्रबार निर्वाचन आयोगमा विवेकशील नेपालीका नाममा नयाँ दल दर्ताका लागि निवेदन दिएको बुझिएको छ ।

थापाले विवेकशील साझा पार्टीको ४० प्रतिशतभन्दा बढी केन्द्रीय सदस्य आफूतिर रहेको दाबी गरेका छन् । थापाले आयोगमा ३७ मध्ये १६ जना केन्द्रीय सदस्यको हस्ताक्षर बुझाएका छन्।

राजनीतिक दल सम्बन्धी ऐनमा दल विभाजनका लागि केन्द्रीय समितिका ४० प्रतिशत सदस्यको समर्थन चाहिने व्यवस्था छ । थापा र अर्का संयोजक रविन्द्र मिश्रबीच पार्टी सञ्चालनको विषयलाइ लिएर केही समयदेखी वादविवाद बढदै गएको थियो ।  संयोजक रविन्द्र मिश्रले पार्टी एकलौटी ढंगले मनोमानी रुपमा चलाएको आरोप थापाको छ । विवेकशील साझा पार्टी भित्रका धेरै बिषयहरुमा दुइ संयोजकबीच लामो  समयदेखि मतभेद हुँदै आएको थियो।