भूतपूर्व मौका परेर वा पारेर ज्ञानेन्द्र शाह पूर्व राजा वीरेन्द्रको कहाली लाग्दो वंश विनाशपछि संयोगले  राजा त भए यो सुनौलो मौकाको समयमै सदुपयोग गर्न नसकेर उनी पूर्ण रुपमा असफल भए  । मौकाले कसैलाई पनि पखिँदैन, बगेको खोला फर्किँदैन । बिहे गरिसकेपछि पछुताउनुको कुनै अर्थ छैन । दिँदा नखाने अनि राती राती कोल चाट्ने चरित्र ज्ञानेन्द्र शाहको देखिन्छ । यस्तै  चरम अस्थिर नेपाली राजनीतिक चरित्र र चिन्तनका कारण यो देश बाह्य षडयन्त्रको चक्रव्यूहमा पर्ने गरेको हो । यस्तै कुराले गर्दा बाह्यशक्तिले नेपालमा बारबार खेलेर देशलाई ओरालो र भिरालोतिर घिसार्न  सफल भएको हो ।  अब  उनीहरु अहिले सफल भए भने यो देश कहिल्यै नउठ्ने गरी रसातलमा भासिने स्थिति देखिन्छ ।      

प्रा.डा. बद्रीविशाल पोखरेल 

के.पी.शर्मा ओली नेतृत्वको नेकपाको दुइतिहाइ  सरकारले मुलुकमा शान्ति,सुव्यवस्था,समृद्धिका आधार तयार पार्न थालेपछि र विगतदेखिका भष्टाचारहरु खोजतलास गर्न थालेर मैलो राजनीतिलाई सङ्लो बनाउन थालेपछि देशी र विदेशी षडयन्त्रकारी शक्तिहरु हतास मनस्थितिमा रहेका हुन् । यसै कुरालाई ध्यानमा राखेर फेरि धमिलो पानी बनाएर माछा मार्ने दाउमा विशेषतः बाह्यशक्ति लागिपरेको स्पष्ट हुन्छ । यस्ता कुरालाई नेकपाका केही नितान्त निजी चरम असन्तुष्ट,अद्वन्द्ववादी तथा उग्र चिन्तन पक्षधर नेताहरुका  सरकार विरोधी मत र मान्यताले पनि यसमा मलजल गरेको देखिन्छ । बेलाको बोली र मौकाको काम बोल्न र गर्न नजान्दा नेपाली राजनीति फन्दामा परेको देखिन्छ ।  नेपालका राजादेखि नेतासम्मका सबैजसो विदेशी र बाह्य प्रभावमा परेर प्यादा भएका धेरै उदाहरण छन् । पूर्व प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालालाई भारतीय पूर्व प्रधान मन्त्री मनमोहन सिंहले दिल्ली इयरपोर्टमा दक्षिण एसियाका महान् नेता भनेर कोइरालालाई दुवै हातले गम्लङ्ङ अँगालो हालेर घनिष्ट आत्मीयता प्रदर्शन गर्दै हार्दिक स्वागत गरेका थिए । तर  निवर्तमान प्रधानमन्त्री बनेका उनै कोइरालालाई छ महिनापछि उनै सिंहसित भेट्न जाँदा भेट नै दिएनन् । यो सबै भन्दा पछिल्लो उदाहरण हो । 

राजा महाराजा र नेताहरुलाई एक एक गरेर उचाल पछार गर्दै आखिरमा सबैलाई बेवकुफ बनाएका दर्जनौँ घटनाहरु इतिहासमा दर्ज भएका छन् । तैपनि अनेक लोभलालचमा परेर अझै पनि प्यादा बन्न र बनाउन आतुर एकमुट्ठी मान्छेहरु अझै गम्भीर चलखेलमा उद्यत देखिन्छन् । तर प्यादाको कुनै भविष्य हुँदैन । लाए अह्राएको काम सफल भए पनि असफल भए पनि प्यादाको नियति अन्तिममा समाप्ति हो । यस्ता दृश्यहरु सिनेमामा पनि पर्याप्त देखिन्छ ।           

अहिले भारतीय गुप्तर संस्था रअका प्रमुख समन्त गोयल नेपाल आएर फर्किएपछि नेपाली राजनीति धमिलिन थालेको देखिन्छ । अनि यही विषयलाई आधार बनाएर अर्का भारतीय नेताले नेपाल विरुद्ध कुनै ग्र्याण्ड डिजाइन नरहेको बताए । तर आज सम्मको इतिहास र विगतको अनुभवले यस्तो बताउँदैन । सचेत पाठकहरुलाई थाहा होला, वरिष्ठ पत्रकार सुधीर शर्माले २०७३ फागुन २७ गते कान्तिपुर पत्रिकामा १० वर्ष पछिको नेपाल कस्तो होला ? भन्ने लेखमा वृटिस कालीन औपनिवेशी मानसिकताको भारतीय शाषकको नेपालप्रतिको नकारात्मक सोच र कृत्यलाई उजागर गरेका छन् । 

सुधीर शर्माले तत्कालीन नेपाल स्थित भारतीय राजदूत रन्जित रायले बिदाइ भोजका अवसरमा पत्रकारहरु सित गरेको कुराकानीमा आधारित लेखमा  रायले नेपाल हरेक दश वर्षमा नेपाल ओरालो लागेको छ र अबको दश वर्ष पछि पनि त्यसरी नै नेपाल तल झर्नु पर्ने हो अर्थात् भड्खालोमा जानु पर्ने हो भनेको कुरा प्रकाशित छ । नभन्दै भारतीय गुप्तचर प्रमुखको आगमन पछि पूर्व राजा ज्ञानेन्द्रको अस्वाभाविक तथा भद्दा नाटकीय चहलपहल सुरु भएको देखिन्छ । केही  मानव आफ्नो हलिया,हुर्मत,बर्कत नहेरी नछामी अहिले नै राजगद्दीमा बस्ने लोभमा परेका छन् अनि त्यही लोभ र लाभमा झिँगाझैँ भन्किएर भए पनि सुखसयलको मृगमरीचिकाको आशमा कथित बुद्धिजीवीहरु बुद्धि र विवेक समेत खोपमा राखेर भुइँ छाडेर उचालिन थालेका छन् ।  बेलामा बुद्धि नपु¥याउने अनि पछुताउने नेपालका राजा र नेताको आम चरित्र रहेको देखिन्छ । ज्ञानेन्द्र शाहले फेरि राजा हुने कुनै हैसियत आफैँले  बाँकी राखेको भने देखिन्न । राजदरबार हत्याकाण्ड,उपचारमा असावधानी,शवको उपेक्षा र अपमान लगायत तमाम काम र गतिविधिहरु ज्ञानेन्द्र शाहका लागि अदेखको विषय होइन र छैन । वीरेन्द्रको मात्र छानी छानी वंश नाश किन भयो ? अनि ज्ञानेन्द्रको परिवार मात्र किन बालबाल बच्यो र बचाइयो ? यो जनताले सदा सोधिरहने   प्रश्न हो । 

 वीरेन्द्रको मात्र छानी छानी वंश नाश किन भयो ? अनि ज्ञानेन्द्रको परिवार मात्र किन बालबाल बच्यो र बचाइयो ? यो जनताले सदा सोधिरहने प्रश्न हो । राजदरबार वहिर्गमन गर्नु भन्दा पहिले नै ज्ञानेन्द्रद्वारा वीरेन्द्रको वंश नाश गरिएको राजदरवारको कक्ष किन भत्काउन लगाइयो ? नृशंस हत्या पश्चात् रगताम्य दरबार कक्ष र परिसर स्थल  किन तुरुन्त  धोइपखाली  गर्न हतार गरियो ? यसको जवाफ पनि दिन सक्नुपर्छ । आफैँ दरवारमा रहे बसेपछि केही जान्दिन भन्दा कसले पत्याउँछ ?

अस्पताल गएकी रत्नराज्य शाह सिकिस्त भएर लम्पसार परेका नाति  दीपेन्द्र शाहलाई पुलुक्क हेर्नं सम्म पनि किन गइनन् ? हत्या गरिएको वीरेन्द्र सहितको लाशलाई किन अपमानित गरी सद्गति भन्दा अघि भुर्इंंंमा असरल्ल पारियो ? त्यस बेला मुलुकको प्रधानमन्त्री  गिरिजा प्रसाद कोइरालालाई किन मानसिक र भौतिक रुपमा अत्यन्त त्रसित बनाइयो ? यो प्रश्न पनि अनुत्तरित छ । राजदरबार वहिर्गमन गर्नु भन्दा पहिले नै ज्ञानेन्द्रद्वारा वीरेन्द्रको वंश नाश गरिएको राजदरवारको कक्ष किन भत्काउन लगाइयो ? नृशंस हत्या पश्चात् रगताम्य दरबार कक्ष र परिसर स्थल  किन तुरुन्त  धोइपखाली  गर्न हतार गरियो ? यसको जवाफ पनि दिन सक्नुपर्छ । आफैँ दरवारमा रहे बसेपछि केही जान्दिन भन्दा कसले पत्याउँछ ? ०७६ साउन ११ गते नया पत्रिकामा तत्कालीन अधिराज कुमार ज्ञानेन्द्र शाहसहित भएर भूमिगत गिरोह र त्यसका मूर्तिचोर लगायतन अनेक काण्ड र कृत्यदेखि यसको पोल खोल्ने वरिष्ठ पत्रकार पदम ठकुराठीको मार्ने नियतले गोली ठोक्ने सम्मका गतिविधि प्रकाशित भयो  ।

पूर्व राजा वीरेन्द्र शाहका सुधारात्मक कामहरुमा बाधा व्यवधान गर्ने बाहेक ज्ञानेन्द्रले के चाहिँ काम गरे यो खोजीकै विषय हो । ज्ञानेन्द्र शाहले  देश र जनताका लागि  के गरे भन्दा उत्तर शून्य देखिन्छ ।  अनि बाबु बाजेले  देश र जनताका लागि गरेको र लगाएको गुन  वा जस ज्ञानेन्दलाई दिन कुन विवेक र बुद्धिले दिन्छ ? बुद्धि,विवेक र दूरदर्शी सोच भाग बण्ड र अंशबण्डामा पाइने कुरा हो र ? ज्ञानेन्द्रले आफ्ना छोरालाई सही बाटो ,लक्ष र उद्देश्य सहितको मार्ग प्रदर्शन गर्नै सकेनन् । बरु पारस शाह अर्थात् छोरालाई अलि सम्झाउनु पर्छ भन्ने दाजु वीरेन्द्रसित रिसइवी साँध्न ज्ञानेन्द्र आतुर देखिए । आफ्नो घरपरिवार नै सम्हाल्न सकस पर्ने शाहले देश र जनताका लागि फेरि केही गर्छन् वा गर्लान् भनेर कुन बुद्धि भएको मानिसले सोच्न सक्छ ?

प्रा.डा. सुरेन्द्र केसी लगायत एकाध बौद्धिक भनिएका व्यक्तिहरुले एक घण्टाको बसाइमा  शाहबाट अत्यन्त प्रशन्न चित्त लिएर फर्किएको थाहा पाइयो  । दरवारमा शाह परिवारहरुलाई हरेक औपचारिक सभा,समारोह र बर व्यवहार विषयमा बसौँको  तालिम दिइन्छ । यो त सब देखाउने कुरा न हो डाक्टर साहेवहरु  ?  पूर्व महारानी स्व. ऐश्वर्य  शाहले प्रधानमन्त्री लगायत दरवारमा आमन्त्रित पाहुनाहरुलाई आफैँ खाना पस्किएर दिन्थिन् । पूर्व राजा त्रिभुवनले शाही सत्ता जोगाउन जनताको साथ लिन तिनका प्रतिनिधिलाई आफैँले गम्लङङ अँगालो हालेका थिए । एक कथामा बृद्ध र जीर्ण अवस्थाको  थला परेको बाघले सुनको चुरो देखाएर शिकार फकाए  जस्तो कुरामा यो डाक्टर चाहिँ मख्ख पर्दैन । ढाँट्न र छल्न अभ्यस्त मानिसहरु जिन्दगीभरि ढाँटेर नै जीवन गुजार्छन् । पूर्व सेनापति रुक्माङ्गद कटुवालले समेत शाहलाई  आन्दोलनरत सात दलसित लचिलो हुन आफैँलाई भड्खालोमा हालेर नपुर्न गरेको विनम्रं सुझाव ज्ञानेन्द्र शाहले नमान्दा हैरान र हार खाएर कटुवालले किताव नै लेखे । मन्त्री बनेर दरवारको भतेर खान गएका एक पूर्व एमाले नेताले राजा ज्ञानेन्द्र सित भेट्न जाँदा र मन्त्री परिषद्को बैठकमा सहभागी हुन जाँदा बेकाममा घण्टौँ पिडुला दुखुन्जेल खडा भएको गुनासो मिडिया मार्फत् उजागर गरेका थिए ।  

भेटपछि डा.केसीले ज्ञानेन्द्र शाह उच्च,उदार, कुनै पनि आक्रोष,गुनासा र गनगन नगर्र्ने व्यक्तित्व रहेको उल्लेख गरे पनि  शाहले शिष्ट भाषामा गनगन त गरेछन् नि । शाहले मलाई पार्टीहरुले फसाए आदि आदि भन्नु को अर्थ र अन्तर्यको अर्थ सोझो भाषामा के हुन्छ डा. साहेवहरु । वीरेन्द्रको वीभत्सतापूर्वक समग्र वंश नाश गरेको प्रसङ्ग ज्ञानेन्द्र शाहसित कोट्याएको मात्र भए पनि ज्ञानेन्द्रको चाउरिएको अनुहार हेर्न लायकको हुने थियो । केवल आरती उतारु,स्वस्ती र सलाम मात्र गर्ने भक्तका अगाडि  रिसाउने मूर्खता कसले गर्ला र ? कतिपय पठित व्यक्तिहरु  शाह वंशीय राजाहरुले देशका लागि योगदान गरेको बताएर त्यसको भागीदार र अंसियार ज्ञानेन्द्र शाहलाई समर्पंण गर्न खोजेर शाहको  भद्दा र कुरुप  आरती उतार्न उद्यत देखिन्छन् । केही दरवारियाहरु ज्ञानेन्द्र शाहको भ्रमणमा  हजारौँको प्रायोजित भिड लागेको देखेर राजतन्त्र लोकप्रिय रहेको भ्रम फिँजाइरहेका छन् । अनि तिनीहरु  महामहिम राष्ट्रपति विद्या भण्डारी औपचारिक भं्र्रमणमा जाँदा न्युन जनताको उपस्थिति देखेर राष्ट्रपति कमजोर भएको मनोगत आँकलन गरेर खुसी मान्छन्  । 

त्यसैगरी पितृतन्त्री ग्रन्थी ग्रसित कथित बौद्धिकहरु मौका हेरी हेरी महामहिम विद्या भण्डारीको मानमर्दन गरिरहेका छन् र उहाँलाई  मदन भण्डारीकी पत्नीको मात्र हौसियत रहेको भनेर आफ्नो ज्ञानको सङ्कीर्णता र चरम तथा सरमलाग्दो आग्रहवस कटु आलोचना गरिरहन्छन् । यस्तो पछौटे चिन्तन र चरित्र गैर प्राज्ञिक र प्रगतिशील रहेको स्पष्ट हुन्छ । विभिन्न समारोहमा सहभागी हुन जाँदा सडक जाम भयो भनेर आलोचित हुनबाट बचेर राष्ट्रपति निवासमा नै कार्यक्रम गर्दा पनि कटुकटाक्षपूर्ण नृत्य र अभिनय गर्न कलाकार विशेषण धारीले  राष्ट्रपति निवासलाई खुइल्याउन  नौटङ्की प्रदर्शन नै गरे  । आमा दिदी बहिनीहरुलाई चाँदीका थालमा आफ्ना गोडा धुवाउने    पूर्व राजा ज्ञानेन्द्र खोपीको देउता होलान् तर यो समयको राजा हुने योग्यताबाट उनीे आफैँ वञ्चित भएका छन् । तर पनि  जन्मँदै राजा,काजी र प्रतापी भनिनेहरुलाई स्वस्ती,सलाम,ढोडभेट र  आरती उचारु कथित न्यूनचेतहरु योग्यता,योगदान र क्षमताका आधारमा निर्वाचित जनताका सन्तान भएका राष्ट्रतिलाई हेलाहोचो गर्छन् । डा. पदवीधारी कथित बुद्धिजीवी तथा पूर्व पञ्चहरु समेत जननिर्वाचित  राष्ट्रपति प्रति बौद्धिकताका नाममा असत्य अतथ्य र अतार्किक सरम लाग्दो अभिव्यक्ति दिइरहेका छन् । दास मानसिकतामा अभ्यस्तहरु  स्वाभिमानी नागरिक हुन पाएकामा गौरव बोध गर्नै सक्तैनन् । यत्ति सानो र संकीर्ण चरित्र र चिन्तन लिएर र त्यस्तै स्वार्थी तत्त्वहरुको उकासका आधारमा ज्ञानेन्द्र शाहले देखेको  फेरि राजगद्दीमा आसीन हुने सपना दिवा स्वप्न मात्र हो ।