हामी कता जादैछौं ? अर्थात देश कता जादैछ ? यो बारेमा बौद्धिक समुदायमा छलफल र चर्चा हुनु स्वभाविक हो । राम्ररी बुझ्नु नपर्ने, बुझे पनि बुझ पचाएर बोल्नु पर्ने, तथ्यहीन, स्तरहिन सुचनाको भरमा धारणा बनाउनेहरुले भन्ने गरेको आधारमा भन्ने हो भने देश बर्बाद हुदैछ । दुईतिहाईको सरकार भएर पनि केही गर्न सकेन । अर्को अर्थमा पनि भन्न सकिन्छ, भन्ने गरिन्छ दुई तिहाईको सरकारले दम्ब देखायो । देश अधिनायकवाद तर्फ अघि बढी रहेको छ । 

देशमा अहिले लोकतान्त्रिक, स्थिर र दुईतिहाईको जत्तिकै हैसियतको सरकार छ तर निरङ्कुस एवं अधिनायक सरकार होइन र छैन । त्यसैले सरकारले नियम, कानुन, विधि, निति सबैको ख्याल गर्नुपर्छ, पालना गर्नुपर्छ । चित्त नबुझेका कुरामा पनि कानुनको बाटो बाटै समाधान खोज्नु पर्छ । मैले सुनेको थिएँ, राणाशासनको अन्त्य भएपछि पनि केही जमिन्दार, राणाका भारद्वार र तिनका आफन्तहरु राणाशासन पुनस्र्थापना गरिपाउँ भनेर श्री ५ त्रिभुवत समक्ष निवेदन लिएर पुगेका थिए रे । पञ्चायति व्यवस्थाको अन्त्य भएको झण्डै तिस वर्ष हुन लाग्यो केही मानिस शासन त पञ्चायतकै राम्रो भन्ने जिवात्मा र अवशेष खोज्यो भने अभैm भेटिएला । नेपालबाट राजतन्त्र फालिएको १२ वर्ष भयो । अभैm राजा चाहिन्छ भन्ने केही मनुवा भेटिनु अस्वभाविक होइन । यस्ता जिवात्माको इतिहास खोज्यो भने या त यिनीहरु राजाकोे शासन कालमा दरवारको, दरवारियाको, तिनका आसेपासेको चाकडि गरेर लाभ  लिएका होलान् या तिनले कम्युनिष्ट वा कांग्रेसबाट त्यतिबैलै कुनै न कुनै प्रकारको खोट, चोट वा नसियत पाएका होलान् । अर्थात कांग्रेस कम्युनिष्टमा लागेका मानिससँग मनमोटाव वा भैmझगडा परेको होला । यस्तो झगडा सिद्धान्तको पनि हुन सक्छ र सिमाना नमिलेका जस्ता झिना मसिना पनि हुन सक्छन् । यी जमातका मानिस न पंचायत स्थापित गर्छ सक्छन् न राजा फर्काउन सक्छन् । यिनले सक्ने भनेकै मन नपरेकालाई बेस्सरी गालि गर्ने हो । त्यो पनि अहिलेको व्यवस्था, संविधान र सरकारले दिएको छुटको प्रयोग गरेर । अहिले यो समुदायका मानिस सरकारको विरोधमा सुविचारित ढङ्गले बाजा बजाउछन्, गीत गाउछन्, कम्मर मर्काउछन् विगत र वर्तमानको फरक छुट्याउन नसक्नेहरु उनीहरुको गीतमा स्वर मिलाउछन्, बाजाको आवजमा कम्मर हल्लाउछन् । 

यसको अर्थ अहिले राम राज्य छ, अहिलेको शासनमा बसेका मानिसले कुनै गल्ति गरेका छैनन्, गर्नुपर्ने काम सबै गरेका छन्, जे गरेका छन् राम्रो मात्रै गरेका छन् भन्ने हुदै होइन । म त भन्छु पहिले पनि भुमिगत गिरोह थियो अहिले पनि यस्तो गिरोह छ । पहिले पनि भ्रष्टचार थियो अहिले पनि छ । पहिले पनि अयोग्यहरुले शासन सञ्चालन गरेको थिए अहिले पनि शासनसत्ताको वरिपरि अयोग्यहरुको चहलपहल छ । पहिले पनि डनहरु थिए अहिले पनि डनहरु छन् । आदि आदि । त्यसो भए पहिले र अहिलेमा के फरक भयो ? किन परिवर्तनको यत्रो सकस नेपाली जनताले गरेका हुन् त ? यसबारेमा अलिकति चर्चा गरौं । मानिसको सभ्यतामा सबैभन्दा महत्वको र प्यारो भनेको उसको बाच्न पाउने अधिकार र स्वतन्त्रता हो । यस्तो स्वतन्त्रता भनेको अभिव्यक्तिको स्वतन्त्रता, अधिकारको स्वतन्त्रता, राजनीतिक, धार्मिक, सांस्कृतिक, आर्थिक, समानता, न्याय आदिका स्वतन्त्रता हुन् । यस्तो स्वतन्त्रताको प्रयोग नेपालीले विगतमाभन्दा धेरै उपयोग गरिरहेका छन् । संविधानले यसको ग्याराण्टि गरेको छ र सरकार यसका लागि प्रतिवद्ध छ । मुलुकमा कानुनी शासनको अभ्यास विगतको भन्दा निकै राम्रो छ । किनकि यो सरकारको नेतृत्व गरिरहेका केपी शर्मा ओली आपैmले १४ वर्षको कठोर जेल यातना भोगेका हुन् । अधिकार र स्वतन्त्रताको लामो लडाई लडेका हुन् । त्यसैले यस्तो स्वतन्त्रता र अधिकारको महत्व वर्तमान प्रधानमन्त्रीलाई राम्ररी थाहा छ । राष्ट्र हित र जनहीत बाहेक कुनै लोभ र स्वार्थ नभएको, देशको विकास गरौं भन्ने तिब्र इच्छा भएको मानिस सरकारको नेतृत्वमा भएकाले यो सम्भव भएको हो । 

राजाको सकृय शासनकालको अन्त्य अर्थात २०४६ सालमा देशको अवस्था कस्तो थियो ? नेपालीले भारत बाहेक अर्को मुलुक जान कति कठिन थियो ? के सर्बसाधारण नेपालीले सजिलै पासपोर्ट बनाउन पाएका थिए ? बाहिरी दुनियामा पहुँच राख्न पाएका थिए । शिक्षा, स्वास्थ्य को अवस्था के थियो ? कति वटा स्कुल थिए ? कति अस्पताल थिए ? देशमा कति डाक्टर, नर्स, इन्जिनियर, पाइलट, प्राविधिक जनशक्ति थिए ? कति मानिस साक्षार थिए ? देशको कुल सडकको लम्वाई कति थियो ? कति जनताले बिजुलि बाल्न पाएका थिए ? कति जनताले पिउने पानी पाएका थिए ? नेपालीको सरदर आयु कति थियो ? मातृशिशु मृत्यु दर कति थियो ? छुवाछुत र सामाजिक भेदभावको अवस्था कस्तो थियो ? महिला हिंसाको अवस्था कस्तो थियो ? आम मानिसमा वित्तिय पहुँच कति थियो ? वित्तिय पहुँचको अभावमा गाउँघरमा साहु महाजनहरुले कसरी शोषण र उत्पिडन गरिरहेका थिए । हिंसामा परेकी महिला, विभेदमा परेको दलित, साहुको ऋणमा डुबेको गरिव, तुइनमासम्म झण्डिएर खोला तर्न नपाएको गाउँको कुरा सुन्ने को थियो ? हलिया, कम्लरीको कुरा सुन्ने को थियो ? कति नेपालीले नागरिकता पाएका थिए ? कुल राष्टिय उत्पादन कति थियो ? प्रतिव्यक्ति आम्दानी कति थियो ? सार्वजनिक यातायातको अवस्था कस्तो थियो ? एउटा गाउँबाट अर्को गाउँमा आउजाउ गर्न, कुरा सुन्न र सुनाउन, खवर लिनदिन कति कठिन थियो ? ४३ प्रतिशन नेपाली त गरिविको रेखामुनि बाँच्न वाध्य थिए । यी र यस्ता अनगिन्ति प्रश्नको जवाफ खोज्न प्रयास गरौं । अनि थाहा हुन्छ । त्यो बेला र यो बेलाको फरक । सरकार त त्यो बेला पनि थियो । थुप्रै देशहरुले त्यो बेला नै धेरै विकास गरिसकेका थिए । अनि नेपालमा किन भएन त विकास ? नेपालीले किन उपभोग गर्न पाएनन् त मौलिक हक र स्वतन्त्रता ? किनकि त्यो बेलाको शासन व्यवस्था र सासक अप्रजातान्त्रिक र निरङ्कुस थिए । शासकको प्रशंसा मात्रै गर्न पाइन्थ्यो अहिलेको जस्तो वाक स्वतन्त्रता नभएकाले बिरोध गर्न पाइदैन थियो । त्यसैले देश र जनताको अवस्थाका बारेमा धेरैलाई जानकारी नै हुदैन थियो । 

२०४६ सालको अन्त्यमा पञ्चायती शासन त फालियो तर राजनीतिले सोझो बाटो हिँडन नपाएको सबैलाई थाहा छ । २०५२ सालदेखि फेरी आन्तरिक द्वन्द शुरुभयो । संबैधानिक बनेको दरवारले के गर्यो ? दरवार हत्याकाण्ड किन भयो ? कसरी भयो ? शसस्त्र विद्रोहको कारण मुलुकले कति मुल्य चुकाउनु पर्यो ? त्यो बेलाको अवस्था सम्झदा पनि डर लाग्छ । जुन भोग्नेलाई मात्र थाहा छ । कस्तो कहाली लाग्दो अवस्था थियो । लडाई, हत्या, बेपत्ता, घाइते, बन्द, हडताल, लुटपाट, चन्दा, आगजनि, एम्बुस, बम, बारुद, विस्फोट, शरिर बन्धक, अपहरण, फिरौति, के भएन ? के भोगिएन ? त्यो बेला भ्रष्टचारको आरोप सामान्य भएको थियो । किनकि मानिसको ज्यान मार्ने र मानिस बेपत्ता पार्ने कुरा सामान्य लाग्न थालेको समयमा विस्फोट, बन्द, लुटपाट, भ्रष्टचार सामान्य बन्दो रहेछ । लगत्तै मुलुकले विखण्डनको आवाज सुन्न थाल्यो, जातको कलह, नाकको कलह, धर्मको कलह, क्षेत्रको कलहका कारण बर्षैंदेखि मिलेर बसेका छिमेकिसँग मनका कुरा गर्न नसकिने, दिल खोलेर बोल्न नसकिने गरि विश्वासको संकट आयो । यस्तो बेलामा पनि भ्रष्टचारका कुरा सामान्य हुदा रहेछन् । बेथिति सामान्य लाग्दो रहेछ । यी र यस्ता समस्या झेल्दै मुलुकले नयाँ संविधान बनाउने अभ्यास गर्यो । छिमेकिले घरमा आगो लगायो । प्रकृति निष्ठुरी बनेर देखा पर्यो । महाभुकम्प देशले व्योहोर्नु पर्यो । देशले बल्लबल्ल संविधानको सहमति जुटायो । नेपाली जनताले नयाँ संविधान पाएको थियो । हर्ष मनाउनै पाइएन । छिमेकीले फेरी तगारो हालेर बाटो छेके । पैसा तिरेर पनि समान (औषधि, ग्यास, तेल, समेत) किन्न नदिने गरि छिमेकि प्रस्तुत हुदाको पिडा सहन वाध्य भयौं । यस्तो बेलामा पनि भ्रष्टचार सामान्य बन्दो रहेछ । बेथिति र अराजकता सामान्य लाग्दो रहेछ । यसरी भ्रष्टचार र बेथितिका जरा गहिरिदै गए, हाँगा पैmलदै गयो, अराजकता, बेथिति भ्रष्टचार पैmलनसम्म पैmलियो । छिप्पिनसम्म छिप्पियो ।

संविधानका असन्तुष्टिहरु समेटदै संविधानको कार्यन्वयनमा लाग्यौं । चुनाव भयो । देश संघियतामा गयो । एउटा सरकारको स्थानमा ७ सय ६३ सरकार बने । नयाँ अभ्यास थियो । भौतिक संरचनाको अभाव, निति, नियम, कानुनको अभाव सबै मिलाउन समय लाग्ने नै भयो । भ्रष्टचार गर्दै अराजकतामा हुर्किएको जमातलाई शुसासन मन पर्र्र्दैन भन्ने कुरा भनिरहनु पर्दैन । देशमा जब स्थिर सरकार बन्यो र सरकारले विकास, शुसासन, प्रगति, सबैका लागि न्याय, समानता, स्वतन्त्रता, अधिकारका कुरा गर्न थाल्यो बेथितिमा रमाउनेहरुले सरकारलाई चारैतिरबाट घेरा हाल्न थाले । यो धेरै अस्वभाविक होइन । तर त्यो समय र यो समय नबुझि, धरातल नहेरी, यो सरकार र त्यो सरकारको भेद नछुट्याई, सबै पहेंलो धातु पित्तल हो वा सुन हो भन्ने कुरा पत्याउनु आपूmमा निर्भर पर्ने कुरा हो । 

लामो राजनितिक अराजकता र अस्थिरताका कारण उब्जिएको र मौलाएको बेथिति, भ्रष्टचार, अराजकता रातारात अन्त्य हुदैन भन्ने बुझेकाले बुझ पचाएका छन् र नबुभ्mनेहरु अरुको गीतमा नाच्न थालेका छन् । त्यति हुँदाहुदै पनि मुलुक अगाडि बढेको छ । सरकार आवाज विहिनहरुको आवाज बन्न सकेको छ । स्वतन्त्रता, समानता, न्याय, विकास, सामाजिक सुरक्षा विगतको भन्दा धेरै राम्रो भएको छ । गुण्डा राज खुम्चिदै गएको छ । फिरौतिका डनहरु खुलेआम हुन्थे अहिले लुक्नु पर्ने भएको छ । भ्रष्टचारीहरुका दिन बिग्रिन थालेका छन् । तिनको सामाजिक सम्मान घटन थालेको छ । राज्यका श्रोतहरुको दोहन गरेर र श्रोतमा मुख गाडेर उग्राउनेहरु भुभीगत हुन वाध्य भएका छन् । हिजो तिनीहरु खुलेआम सरकार चलाउथे । उद्यम र व्यवसाय विनाका धनीहरुको लगत तयार हुन थाले पछि ती समातिने डरले काम्न थालेका छन् । कैयौं यस्ता मानिस अहिले खोरमा छन् भने कति तारिक धाउदै छन् ।     शुसासनका पाइलाहरु अगाडि बढन थालेका छन् । कैयौं रोकिएका विकासका काम र योजनाहरुले गति लिएका छन् । जिम्वेवारीमा बसेकाले जिम्बेवारी पन्छाउने, बहाना बनाउने, अरुलाई दोष दिएर उम्कने अवस्था विथोलिएको छ । जिम्वेवारी पुरा गरेको वा नगरेको जवाफ दिनु पर्ने अवस्था बन्न थालेको छ । बेथितिका चाड. घटन थालेका छन् । कमिशन नपाए केही नगर्ने र कमिशन पाएपछि जे पनि गर्ने राजनीतिज्ञ, कर्मचारी, नेताका दिन हिजोको जस्तो सजिलो छैन । तिनीहरु खुलेआम हुँकार गर्न नसक्ने भएका छन् । विद्यालय, विश्वविद्यालय, अख्तियार, पुलिस, सेना, निजामति, डाक्टर, इन्जिनियर, ठेकेदार, व्यवसायी, उद्यमी जुनसुकै ओहदा  र पेशाका मानिस पनि सरकारको नजरबाट टाडा छैनन् र कुनै पनि बेला तिनका कर्तुत समातिन सकिन्छ, समातिन्छन् भन्ने सन्देश दिन सरकार सफल भएको छ । त्यसैको नतिजा बन्द, हडताल, अपहरण, हत्या, ठगिमा कमि भएको छ । विकास र शुसासनले गति लिएको छ । मुलुकको आर्थिक वृृद्धिदर ७ प्रतिशतभन्दा माथि गएको छ । गरिवि घटेको छ । स्वास्थ, शिक्षा, सामाजिक सुरक्षामा आम मानिसको पहुँच बढेको छ ।     बुझ्नु पर्ने कुरा के हो भने हामी त्यो समाजका सदस्य हौं जुन समाजमा चोर्न (इन्धन, मिसावट, करछली, ठगि, अतिरिक्त मुल्य अशुली आदि) पाउनु पर्छ भनेर संगठन बनाइन्छ र बन्दहडताल गरिन्छ । सरकार त्यस्तासँग वार्तागर्न वाध्य हुन्थ्यो वा वार्ताको नाटक गथ्र्यो । महिना, पन्द्रको एकै पटक हाजिर गर्ने डाक्टर, इन्जिनियर, कर्मचारी, शिक्षक भएको समाज । कार्यलयमा हाँजिर गरेर निजिकाममा हिँडने सरकारी बेतनभोगि, ११ बजे लेट नहुने २ बजे भेट नहुने संस्कारलाई सामान्य मान्ने समाज । सरकारी सम्पतिको दुरुपयोग सामान्य मानिन्छ । सरकारी सम्पति आफ्नो बनाउन मरिहत्ते गर्ने सन्तमहन्त, नेता, कर्मचारी, व्यपारी, व्यवसायीलाई कार्वाही हुने होइन त्यस्ता मानिस सम्मानित हुने समाज । कसरी रातारात परिवर्तन भएर रामराज्य होला र ? त्यसका लागि सरकारले काम गर्नुपर्छ, गर्दैछ । नतिजा देखिन केही समय लाग्छ । सकारात्मक संकेतहरु देखिन थालेका छन् । 

 देशमा भ्रष्टचार छ, बेथिति छ, अन्याय छ, राजनीतिक क्षेत्रको बेथिति, कर्मचारी क्षेत्रको बेथिति, भ्रष्टचार, अनियमितता, सामाजिक रुपमा हुने अपराध, सामाजिक विभेद, महिला माथिका हिँसा, दलित र कमजोर वर्गका समस्या, बेरोजगारीका समस्या हल भइसकेका छैनन् । तर विगतको तुलनामा कता हो कता धेरै उपलव्धि भएको छ । विगतको तुलनामा कता हो कता धेरै नै आर्थिक, सामाजिक विकास भएको छ । देशको स्वाभिमान बढेको छ । शुसासन बढेको छ । भ्रष्टहरु लुक्नुपर्ने भएको छ । जनताको पहुँच सबै क्षेत्रमा बढेको छ । किनकि यो सरकार जनता र देश प्रति जिम्वेवार छ । यो सरकारले विगतदखि नै थुप्रिदै आएको बेथितिको फोहर, भ्रष्टचारको फोहर, अन्याय र असमानताको फोहर उल्लेख्य मात्रामा घटाउदै लगेको छ । आगामि दिनमा मुलुक अभैm तिब्रगतिमा प्रगति पथमा लम्कने आधार तयार हुदै गएको छ । यसको अर्थ यो पनि होइन कि सरकारको वरिपरि बसेका सबै ठिकठाक छन्, तिनमा कुनै व्यक्तिगत स्वार्थ भेटिदैन, एकसे एक योग्यता पुगेकाहरु मात्रै त्यहाँ छन् भन्ने होइन । त्यसैले सरकारले आपूmभित्रका कमजोरी नियाल्नु पर्छ र निरन्तर शुद्धिकरणको अभियान चलाई रहनु पर्छ । 
प्रायोजित विरोध गर्नेहरुलाई विरोध गर्न देउ तिनको काम, खेती त्यही हो । तर सुन्नेहरुले बुझ्न जरुरी हुन्छ सबै पहेलो सुनैसुन वा पित्तल मात्रै हुदैन ।