नगिन्द्र शाही‘नेशनल’

मानव समुदायको विकास र प्रगतिका लागी आवश्यक साधनहरुको उत्पादन र उत्पादनपछि उत्पादित वस्तुहरुको विनिमय नै प्रत्येक सामाजिक ब्यवस्थाको आधार हो । अहिलेसम्म इतिहासका जति सामाजिक ब्यवस्थाहरु आएका छन्, तिनिहरुमा जुन प्रकारले सम्पतिको वितरण भएको छ । त्यसैको आधारमा समाजका वर्गहरुको श्रेणीहरुमा विभाजन भएको छ । त्यसैले लेलिनले भन्नुभएको छ, समाजको परिवर्तनका निम्ति समस्या भनेको उत्पादन र विनिमय प्रणलीमा हुने परिवर्तनमा निहित छ । ति समस्या समाधानको खोजि दर्शनमा मात्र होइन, बरु अर्थब्यवस्थामा गरीनु पर्दछ । 

मानव समाजको विकास र उन्नतिका निम्ति संसारमा सयौं वाद र दशर्नहरुको सिर्जना भएका छन् । ति सबै दर्शनहरुको अन्तिम ध्येय मानव समाजकै कल्याणका खातिर रचना गरिएका छन् । कोही मानव समाजको दैनिकीमा अस्तित्वमा छनभने कोही कितावमा सिमित छन् । अरस्तु, प्लेटो, सुक्रातका दर्शन देखि वेद, पुराण, मनु स्मृति, कौटिल्याको अर्थशास्त्र, हुदै आड्म् स्मिथ, डेविड रिकार्डो र जर्ज बक जस्ता चिन्तकहरु लगायतका अन्य थुप्रै दार्शनिकहरुले तत्कालिन मानव समाजलाई यो वा त्यो ढंगले प्रभावित पारेकै इतिहास सांक्षि छ । झन्डै सात सय बर्ष यता देखि संसारका सत प्रतिशत देशहरुमा एक छत्र बहसको विषय बन्दै अहिले सम्म अस्तित्व कायम गर्न सफल पुंंिजवादी दर्शन र सन् १९४८ मा कार्ल माक्र्स र एंगेल्सले धोषणा गरेको कम्युनिस्ट घोषणा पत्र अथवा मार्क्सवादी दर्शन नै अहिलेको विश्व समुदायको राजनीतिक दशर्नका प्रमुख आधार बनेका छन् । 

सन् १९८९ र ९० मा सोभियत संघ विघठनपछि पुंजिवाद आक्रमक र माक्र्सवाद रक्षात्मक अवस्थामा रहेको विद्यमान विश्व परिबेश भएपनि के कुरा सत्य हो भने पुंजिवादको आयु लामो हुन सक्छ तर पुंजीवादको विकल्प माक्सवाद नै हो । पुंजीवादी विचारले सम्पतिको दवदवामा संसारको राजनीतिमा लामो समय देखि बर्चस्व कायम गरेको भएपनि माक्सवादी विचारले झै भौतिक जगतको वैज्ञानिक संश्लेषण र विष्लेषण गर्न सकेको छैन । माकर््सले मानव समाजलाई तीन आङगिक तत्व दर्शनसास्त्र,अर्थसास्त्र र मानवसास्त्र सहित तिन सिद्धान्त द्धन्द्धात्मक ऐतिहासिक भौतिकवाद,अतिरिक्त मुल्यको सिद्धान्त र वर्गिय अधिनायकत्वको सिद्धान्तको समष्टि माक्सवादको सिर्जना गरे । माक्र्सवादको आगमन पश्चात संसारलाई हेर्ने र बुझ्ने नजरियामा ब्यापक फेरवदल भयो । माक्र्सवादी विचारधारको सफल परिक्षण तत्कालिन सोभियत संघमा लेलिनको नेतृत्वमा सन् १९१७ मा अक्टोवर क्रान्ति सम्पन्न भयो । जुन सफलताले पुर्वि यूरोपका सत प्रतिशत देशहरु हुदै कम्युनिस्ट विचारधारा क्रमश अरब,अफ्रिका,एसिया,पूर्वि एसिया र दक्षिण एसियाका देशहरु प्रभावित मात्र भएनन् केही देशहरुले कम्युनिस्ट शासन सत्ताको अनुभव समेत गरेका थिए ।

पहिलो विश्व युद्धपछि सफल अक्टोवर क्रान्ति  र दोस्रो विश्व युद्धपछि सफल चिनियाँ क्रान्तिले लेलिनवाद र माओवाद युगको प्रारम्भ भयो । माक्र्सवाद कै जगमा सोभियत संघमा लेलिनवाद र चीनमा माओवादको मौलिख विकास भएका थिए । त्यसै गरी चिनिया क्रान्तिकै पृष्टभुमिमा सन् १९४८ मा उतरी कोरियाली कम्युनिस्ट नेताहरु मिलेर कोरियाली श्रमिक पार्टी र यही समयमा भियतनाममा होची मिन्हको नेतृत्वमा कम्युनिस्ट पार्टी गठन भयो । सन् १९१७ देखि १९५० सम्म कम्युनिस्ट शासन ब्यवस्था विश्व समुदायकानिम्ति आकषर्णको केन्द्र भागमै रहयो । यसविचमा विश्वका झन्डै ४६ वटा देशहरुमा माक्र्सवादको प्रयोग भयो । पुंजीवाद र साम्रराज्यवादलाई परास्त गर्न सफल भएको विश्व कम्युनिस्ट आन्दोलन सन् १९५० देखियता आएर कम्युनिस्ट आन्दोलनमा र तत्कालिन सोभियत सत्तामा स्टालिनको मृत्यु पश्चात विचार र सत्ता दुवैको उत्तराधिकारी ठानिएका निकिता खुश्चेव नै थिए । उनि सत्ताको उतराधिकारी त भए तर उनले विचारको नेतृत्व गर्ने सन्र्दभमा आश्चार्यचकित परिवर्त गरे त्यसपछि सोभियत कम्युनिस्ट पार्टी र सत्ता संचालनमा आन्तरिक अन्तरविरोधहरु चर्कोरुपमा सिजर्ना भए जसले सोभियत सत्ता मात्र होइन विश्व कम्युनिस्ट आन्दोलनमापनि त्यसको प्रभाव पर्यो । 

विश्व कम्युनिस्ट आन्दोलन अहिले रक्षात्मक अवस्थामा हुनुका पछाडी दुइवटा कारण छन । पहिलो कारण, र्काल काउत्स्की, रोजा लक्र्जवर र युरो र जर्मन कम्युनिज्म सहितका अन्य लोकतान्त्रिक धारका विचारहरुलाइ तत्कालिन कम्युनिस्ट आन्दोलनले फ्युजन गर्न नसक्नु र तिनिहरुको राम्रा पक्षहरुलाई माक्र्सवाद प्रयोग कै निम्ति साहयक सिद्ध हुन सक्छन भन्ने कुराको हेक्का नराख्नु । दोस्रो कारण, माक्र्सवादले समाजवाद हुदै साम्यवाद सम्मको यात्रा पुरा नर्गदासम्म विधिको अनिवार्यता प्रष्टिकरण गरेको छ । तर माक्सवादीहरुले विधि र प्रक्रियालाई विरलै पद्धतिको विषय वनाउने गरेका छन् । दृष्टान्तका रुपमा चिनिया कम्युनिस्ट पार्टीका नेता देङगलाई दक्षिण पंथिको आरोपमा बन्दि बनाइएका थिए । पछि उनलाई मुक्त नगरेको भए वा उनले पार्टी भित्रको आन्तरीक लोकतन्त्रको सुधार नगरेको भए वा चीनको अर्थनीति बजार अर्थनीतितिर नर्फकाएको भए र देङगले नेतृत्व निमार्णमा विधि स्थापित नगरेको भए चिनिया कम्युनिस्ट पार्टीको अवस्थापनि आजको जस्तो नहुनपनि सक्थ्यो भन्ने थुप्रै आधार हरु छन् । 

नेपाली सन्दर्भ

व्रिटिस साम्रराज्यको उपनिवेशमा रहेको भारतमा स्वतन्त्रताका निम्ति भारतिय जनताको संघर्षले नेपाली जनतामा राजनीतिक स्वतन्त्रताका निम्ति प्रेरणा प्रदान गरिराखेको थियो । अर्को तिर चिनिया भुमिमा संचालन जनवादी क्रान्तिलेपनि नेपाली युवामा राजनीति सचेतना सम्प्रेषण गरेको थियो । यही पृष्टभुमिमा वि.स २००६ सालमा नेपालमा पहिलो पटक नेपाल कम्युनिस्ट पार्टी स्थापना भयो । तर स्थापनाको केही बर्षमै कार्यनिति कस्तो अख्तियार गर्ने भन्ने विषयमा नेताहरुमा बेमेल हुदा नेपालको कम्युनिस्ट आन्दोलन एकिकृत हुन सकेन । परिणाम नेपालका कम्युनिस्ट पार्टीका नेता कोही चिन मुखी र कोही सोभियत मोडेल मुखी हुदा नेपालको कम्युनिस्ट आन्दोलन जडता र यान्त्रिकताको घेरामा रुमलिन वाध्य भयो ।  नेताहरुको आत्मकेन्द्रित सोच र संकिणताका कारण नेतापिछे पार्टीहरु स्थापना हुदा जुन कारण कम्युनिस्ट आन्दोलनले मौलिखरुप धारण गर्न सकेन । अन्ततः नेपाल कम्युनिस्ट पार्टीको तेस्रो महाधिवेशन पछि आन्दोलन विघठनको दिशाामा बरालिन पुग्यो । यही पृष्टभुमिमा २०२८ सालतिरको झापा विद्रोह नेताहरुलाई संवादमा ल्याउने एक संयोग बन्यो । अन्तराष्ट्रिय नेताहरुको ब्यक्तित्व र ति नेताहरुले अंगिकार गरेको तत्कालिन क्रान्तिको कार्यक्रम नै नेपालका नेताहरुको वहस र अनुशरणको विषय बनिराखेको सन्र्दभमा तत्कालिन मालेका महासचिब मदन कुमार भण्डारीको ब्यक्तित्व र जनताको बहुदलिय जनवादले नेपालको कम्युनिस्ट आन्दोलनमा नविन बहसको प्रारम्भ गरायो । 

विश्व कम्युनिस्ट आन्दोलनमा बहसको विषय बनिराखेको सिर्जनात्मक लोकतान्त्रिक विचारको बहस नेपालको कम्युनिस्ट आन्दोलन भित्रपनि यदाकदा बहस,विर्मश भइरहेकै थियो । तत्कालिन माले र माक्सवादीको एकिकरण पछि तत्कालिन नेकपा एमालेका महासचिव मदन भण्डारीले कम्युनिस्ट घोषणा पत्र घोषण भएको सन् १८४८ यताको साम्यवादी आन्दोलनको समिक्षा गर्दै, माक्सवादो जगमा विकास भएका सोभियत संघमा लेलिनवाद र चीनमा माओवादको मौलिख विकासलाई विश्लेषण,संश्लेषण गरेका थिए । अर्थपुर्ण चिन्तन विगतको समिक्षा,नेपाली समाजको आम उत्पादन अवस्था,पद्धति र उत्पादन प्रणाली,राजनीति चिन्तनको वस्तुनिस्ट अध्यनपछि माक्सवादकै जगमा जबज को सिद्धान्त प्रतिपादन भएको थियो । जनताको बहुदलिय जनवादले नेपालका कम्युनिस्टमा रहेको जडतालाइ मात्र होइन समग्र आन्दोलनको पुर्न ब्यख्या गरेको थियो । तत्कालिन कार्यक्रमिक लक्ष्य सवै प्रकारको सामान्तवादी संरचनाहरुको चरित्रमा परिर्वत गर्ने र रणनीतिक लक्ष्य समाजवाद हुदै साम्यवाद पुग्ने जबजले उल्लेख गरेको छ । जबज कै आधारमा नेपालमा सामान्तवादको अन्त्य भएको छ । शाही सेना,शाही राष्टिय निकुञ्ज, जस्ता थुप्रै संरचनाहरु रुपमा मात्र होइन तिनिहरुको सारमापनि परिवर्तन भएको छ । त्यस्तै ६२÷६३ सालको जन क्रान्ति,नेपालको संविधान २०७२ को निमार्ण र संविधानमा समाजवाद उल्लेख हुनु र यि उपलब्धि प्राप्त गर्न राजनीति पार्टीहरुले अख्तियार गरेको शान्तिपुर्ण मार्ग जवजकै विचारमा आधारीत हो । जबज प्रतिपाद भएको करीब तिन दशकको समिक्षा गर्ने हो भने नेपालको राजनीति विचार र सिद्धान्तका क्षेत्रमा निर्णायक भुमिका रहेको छ ।   

अवसर र चुनौति

नेपालको इतिहासमा झन्डै दुइतिहाइको प्रचण्ड बहुमत सहित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सरकारमा छ । विशाल नेकपारुपीे दिपदानीमा दुइतिहाइरुपी सरकारको दिप प्रज्ज्वलन भइरहेको छ । प्रज्ज्वलन भई रहेको सरकारको दिपलाई पुंजीवादीे,साम्रज्यवादीे,पश्चगामीहरुले सरकारको प्रज्ज्वलित दिप निभाउने प्रर्यत्नहरु गरेका छन् । अर्कोतर्फ विगतका दुइ पार्टी एकिकरणको आधार जनताको बहुदलिय जनवाद नै हो भन्ने विषय दिनको घामझै छर्लङ्ग हुँदाहुँदैपनि विचारको संक्रमण सिर्जना गरियो । जसले गर्दा विगतको माओवादी केन्द्र भित्र रहेको हिंसाप्रेमी धार र विगतको एमालेमा रहेको जबजको प्रतिपक्ष धारले खेल्ने ठाउँ पाएको छ । हुनत स्वयम यो सृष्टि अन्तर्विरोधमा छ,समाज अन्तर्विरोधमा छ, त्यसरी नै पार्टीपनि सधै अन्तर्विरोधको विचमा हुन्छ । तर यसको समाधान बैज्ञानिक विधि सहित उचित समयमा समाधान भएन भने जतिसुकै सम्भावना भएपनि चुनौतिमा बदलिन्छन् । 

जुन विचारले समाजका प्रश्नहरुको हल गर्न सक्दैन त्यो विचार कदापि समाजको मार्गदर्शन गर्न सक्दैन् । जुन विचारले समाजका समस्याहरुको हल गर्छ त्यो विचारलाई कसैलेपनि त्यो समाजको मार्गदर्शन सिद्धान्त हुनवाट रोक्न सक्दैनन् । नेपालको बामपंथि राजनीति इतिहासमा लोकतान्त्रिक कम्युनिस्ट विचार धाराले विजय प्रात्त गरेको छ भने शशस्त्र विद्रोहको धारको विर्सजन भएको छ त्यो धार लोकतान्त्रिक धारमा रुपान्त्रण हुदै समाहित भएको छ । विगत तिन दशक देखि लोकतान्त्रिक धारको  नेतृत्व गर्दै आएको त्यो धार जनताको बहुदलिय जनवादको विचार नै हो । जुन धारले जनताको जनमतको बलमा नेपाली समाजका थुप्रै राजनीति प्रश्नहरुको हल गरेको छ । त्यसैले अहिले नेपालको कम्युनिस्ट आन्दोलनमा विचारको वहस भन्दापनि अर्थब्यवस्थाको वहस हुन जरुरी छ । तत्काल समस्या सिद्धान्तमा होइन बरु नेपालको परम्परागत अर्थब्यवस्था छ जसमा आमुल परिर्वतनको अनिर्वायता छ । नेपालको संविधानमा उल्लेखित समाजवादलाइ कार्यन्वयन गर्न विद्यमान दलाल नोकरसाही पुंजिलाई निरुत्साही गर्दै राष्ट्रिय पुंजीको विकास गर्दै नेपाली समाजलाई सहकारीकरण,सार्वजनिकिकरण र सामाजिक करणको संस्कृतिमा रुपान्तरण गर्दै कम्युनिस्ट समाजवादको स्थापना गर्ने अवसर र चुनौति नेकपाको काँधमा छ ।