काठमाडौं २२ कात्तिक– निजी कम्पनीका दुई जहाज ठोक्किएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक पार्किङ वेमा श्री एयरलाइन्सको जहाजले पार्किङ गरिराखेको यतिको जहाजलाई छोएको हो ।

 विराटनगरबाट आएको श्रीको जहाज पार्किङमा लैजाँदै गर्दा यतिको जहाजसँग ठोक्किएको श्री एयरलाइन्सका महाप्रवन्धक अनिल मानन्धरले जानकारी दिनुभयो । जहाजमा सामान्य क्षति भएको छ । 


अहिले नेपाल नागरिक उड्डयन प्राधिकरण र दुबै कम्पनीका अधिकारीहरुले जहाजको निरीक्षण गरेका छन् ।