भक्तपुर, २२ कार्तिक - नेत्र विक्रम चन्द विप्लव समूहका भक्तपुर र ललितपुर इन्चार्ज पक्राउ परेका छन् ।

बिहीबार साँझ प्रहरीको टोलीले इन्चार्ज टेक बहादुर केसी ‘आजाद’ लाई मध्यपुर थिमिको निकोशेराबाट पक्राउ गरेको हो ।

पक्राउ परेका ‘आजाद’ विप्लव समूहका निवर्तमान केन्द्रीय सदस्य समेत हुन् ।