विराटनगर, २७ पुस –  अज्ञात वस्तु विस्फोट हुँदा विराटनगर महानगरपालिका १५ रामजानकी टोलमा एक बालकको मृत्यु भएको छ । 

विस्फोटबाट  स्थानीय सुवास मण्डलको छोरा अमित मण्डलको मृत्यु भएको हो । विस्फोटमा परी स्थानीय राजेश मण्डलकी आठ वर्षीया छोरी राधिकाकुमारी घाइते छन् । 

शुक्रबार दिउँसो विस्फोटबाट घाईते बनेका अमितको गोल्डेन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । घाइते बालिकाको विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ । 

स्थानीय अनिल मण्डलका अनुसार खेल्ने क्रममा सिलिन्डर पड्किएर बालकको मृत्यु भएको हो । प्रहरीले भने विस्फोट स्थलमा सिलिन्डर पड्किएको केही प्रमाण फेला नपरेको बताएको छ । विस्फोटको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको बताईन्छ   छ ।