वीरगञ्ज, १७ साउन–वीरगन्जमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा एक जना ५० र अर्को ६८ वर्षीया महिला रहेको नारायणी कोरोना अस्थायी अस्पताल गण्डकका डाक्टर निरज सिंहले जानकारी दिनुभयो। वीरगञ्जको गण्डकमा रहेको वयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएकी वीरगञ्ज महनगरपालिका वडा नम्बर १६ नगवाकी ५० वर्षीय महिलामा कोरोना सङ्क्रमण रहेको पुष्टि भएको छ ।

अर्की ६८ वर्षीया महिलालाई पनि त्यही अस्पतालले शनिबार बिहान गण्डक अस्पताल रिफर गरेको थियो। डा.सिंहले दुवै महिलामा निमोनियाको समस्या रहेको जानकारी दिनुभयो ।

योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ५८ पुगेको छ।