भक्तपुर २९ वैशाख– भक्तपुरको दुवाकोटमा गए राती सिलिण्डर बम बिष्फोट भएको छ । चाँगुनारायण नगरपालिकाको दुवाकोटमा काठमाडौ मेडिकल कलेज नजिकै ३ बजे राती सिलिण्डर बम बिष्फोट हुँदा राष्टिय प्रजातन्त्र पार्टीका नेता माधव खत्रीको घरमा क्षति भएको भक्तपुर प्रहरीले जनाएको छ ।


नेता खत्रीको घरको शिशा फुटेको प्रहरीको भनाइ छ । स्थानीय तहको निर्वाचन आउन दुई दिन बाँकी रहदा बिभिन्न समुहले आतंक फैलाउने उदेश्यले बिभिन्न स्थानमा बम राखेको भेटिएको प्रहरीले जनाएको छ ।


यसअघि विहिबार राती नैे लोकन्थलीमा पनि सिलिण्डर बम राखेको तर त्यसलाई नेपाली सेनाले निष्कृय बनाएको प्रहरीले जनाएको छ ।