सर्लाही, २१ मंसीर–  सर्लाहीको बागमती नगरपालिका– १ मिलन चोकस्थित पूर्व पश्चिम लोकमार्गमा अज्ञात समुहले राखेको बम सेनाले डिस्पोज गरेको छ । 

बिहान एकै स्थानमा सय मिटरको अन्तरमा २ वटा प्रेसर कुकर बम फेला परेको हो । लोक मार्गमा स्थानीयले शंकास्पद बस्तु देखेपछि प्रहरीलाई खवर गरेका थिए । शंकास्पद बस्तु बम नै रहेको प्रहरीले जनाएको छ । 


जिल्लामा अहिलेसम्म शान्त र सौहाद्रपुर्ण वातावरणमा मतदान भईरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय सर्लाहीले जनाएको छ ।