–मोहन राई, धनकुटा
काठमाडौँ, ४ मङ्सिर - 
खगराज बरालको पछिल्लो पुस्तक सिकाइ र सहयोग पढन पाइयो । बरालले शिक्षासंँग सम्बन्धित र साहित्यिक (गीति संग्रह) समेत गरी एक दर्जनभन्दा बढी पुस्तकहरू प्रकाशन गरिसकेका छन् । उनको लेखन शैली अत्यन्त सरल र सरस तथा विषयवस्तुमा सैद्धान्तिक मात्र नभएर व्यावहारिक  रूपबाट समेत खारिएको हुँदा पठनका लागि छनौटमा पर्ने गर्छन, मैले पनि अधिकांश पुस्तकहरू पढ्ने गरेको छु र केही सङ्ग्रहीत पनि छन् ।

    सिकाइ र सहयोग पुस्तक विभिन्न २५ बिषय शीर्षकमा लेखिएको विभिन्न विचार, अनुभव, अनुभूति सिकाइको संगालो हो । यी विषय हरू स्वयम्ले आफ्नो जीवनमा भोगेका अनुभवबाट सिर्जित रचना हुन् । ती व्यक्तिगत अनुभव हरूले सबैलाई मार्गदर्शन गरेको छ । अत्यन्त चित्त बुझ्ने तरिकाले प्रस्तुत भएको छ र कतिपय आफैसंँग पनि मेल खाने विषयवस्तुहरू छन् । यस पुस्तकबाट मुख्य तीन सन्देश प्राप्त हुन्छ ः एक, हाम्रो मौलिक पराम्पराको उजागार, दुई, पेसागत अनुभवका आधारमा भएको सिकाइको हस्तान्तरण र तीन, वैदेशिक अनुभवबाट भएको सिकाइ र सम्प्रेषण । त्यसैले यो पुस्तक सबैका लागि उपयोगी छ, जस्तै ः अभिभावक, शिक्षक, विद्यार्थी, कर्मचारी, व्यवस्थापक र नीति निर्माता आदि सबैका लागि । 

    पुस्तकको पहिलो शीर्षक ‘बाल अधिकार र हाम्रो व्यवहार’ हो । यस शीर्षकमा हाम्रो समाजमा बालअधिकारको कुरा त गरिने तर वास्तवमा कार्यान्वयनको पक्ष कमजोर देखिने विषयलाई उठाइएको छ । विशेष गरी सार्वजनिक यातायात, सार्वजनिक स्थल तथा विद्यालय तथा घरमा समेत बालबालिकाको विषयलाई ख्याल भएको पाइँदैन, जस्तै ः बालबालिकाले बसको सिटमा बस्न नपाउने,  पानी खान धारा अत्यन्त अग्लो हुने, चर्र्पीको चुकुल खोल्न र बन्द गर्न नसक्ने, घरमा बालबालिकाले मन परेको खान नपाक्ने र पाहुना आउँदा खुसी हुनुपर्ने । अझ कतिपय घरमा रातिको खान अबेला बनाउँदा बालबालिका भोकै सुत्ने गरेका पाइन्छ । यस्ता घटना हामीले हाम्रो छरछिमेकमा कति देखेका छांै । यस शीर्षकमा यस विषयको उजागर गरी सुधारका लागि सुझाइएको छ । दोस्रो शीर्षक ‘संस्कृत संस्कार र संस्कृति’ मा चीनिया इन्जिनियर र कोरियाली ड्राइवरको कुराको प्रसङ्गबाट उठाइएको छ । हाम्रो पूर्वीय सभ्यता उत्कृष्ट भएको उल्लेख गर्दै श्रीमद्भागवत गीताको श्लोकहरू हाम्रा जीवनका मार्गदर्शन हुन् भन्ने बोध गराइएको छ । हाम्रो भाषाको उद्गम पनि संस्कृतबाट भएकाले नेपालीले जुनसुकै भाषा सजिलै सिक्न सक्ने कुराको उदाहरण प्रस्तुत छ । वास्तवमा हामीले गर्व गर्ने विषय पनि यही हो जस्तो लाग्छ । ‘सिकाउने आºनै काइदामा’ शाकाहारी र मांशाहारीको शरीरको बनावट र आºनो तर्कलाई मजबुत बनाउने तरिकाको उल्लेख भएको छ जाइकाको स्वयम्सेवकले दिएको तर्कबाट । यी कुरा सत्य पनि हुन् ।

    ठाउँ अनुसार शब्दका अर्थ फरक फरक हुने भएकोले यसको ख्याल गर्नु पर्ने सन्देश ‘बुझाइमा अर्थ र अनर्थ’ भन्ने शीर्षकमा प्रष्ट पारिएको छ । विदेशका राम्रा उत्पादन कम्पनीले नामकै कारणले आलोकप्रिय भएका उदाहरण निकै सान्दार्भिक छन् । सार्वजनिक यातायातमा भएको घटनको उदाहरण दिदै अधिकांश क्षेत्रमा पद्धतिको विकास नभएकाले सबैले ठगिन परेको तीतो अनुभव पढ्न पाइन्छ । भारतको गोरखपुरमा सावर्जनिक यातायातको पद्धतिलाई अनुकरणीय भएको उल्लेख भएको छ भने एउटै सवारी साधनमा एकै घरका मानिस यात्रा गर्न नहुने मान्यतालाई ‘पुर्खाको विश्वास’ शीर्षकमा समेटिएको छ । 

    ’लैङ्गिक समाज र जापानी परिवेश’ शीर्षकमा लैङगिक सवालमा पुरुष मात्रै राजा हुन पाउने प्रावधानले जापान जस्तो विकसित देशमा पनि लैङ्गिक विभेद कायम भएको देखाउँछ भने जापानी हरू आपूmलाई सरोकार नभएको विषयमा कानुनी उपचार नखोज्ने परिपाटीले अनावश्यक कानुनी अड्चनमा अल्मलिनु नपर्ने भएकाले नेपालको सन्दर्भमा यस्तो परिपाटीबाट नेपाली नागरिकले सिक्नुपर्नेे अनुकरणीय पक्ष हो । 

    ‘जेनेभा बसाइमा हाम्रो सिकाइ’ भन्ने शीर्षकमा आº्नो लागि चाहिने सबै मसिना मसिना कुरा हरूको बन्दोबस्तीका साथ यात्रामा जानुपर्ने कुरालाई सम्झाइएको छ । सरसफाइ तथा व्यवस्थापन सफल व्यक्तिको परिचय हो । यसमा स्वयंले भोगेको अनुभव यात्रा टोलीका सदस्यले तारिफ गरेको बिषय निकै रोचक छ । 
    ‘लैंगिक पक्ष र परिवेश’ शीर्षकमा घरायसी काम, तरकारी लगाउने कामलगायतका घरका काम महिलाको मात्र हो भन्ने सोचमा परिवर्तन गर्न जरुरी छ भन्ने सन्देश छ । स्वयम् लेखकको भोगाइबाट पनि यो प्रष्ट भएको हुन्छ । यस पुस्तकमा मलाई सबभन्दा राम्रो लागेको विषय नाता ‘सम्बोधन अनुभव र अनुभूति’ हो । अहिले विकृति भनौ कि सभ्य, आº्नो श्रीमान्लाई बाबा, श्रीमतीलाई ममी, काका, मामा सबैलाई अन्कल भन्ने अभ्यास र हजुरबालाई बा वा बुवा र हजुरआमालाई आमा भन्दा नेपाली परिवेशका साईनो सम्बोधनका शब्द लोप हुन आटेका जस्ता बिषयले सबैलाई झक्झकाएको छ ।

    ‘यात्राबाट सिकेको कुरामा’ भुटानको अनुभव भुटानको, पोशाक प्रतिको सम्मान र कुनै काम गर्दा पालना गर्नुपर्ने आचारसंहिता वास्तवमा मनन योग्य छ । ‘नकारात्मक सोच प्रगतिको बाधक’ पढेर नेपालमा मात्र होइन, काम गर्नेलाई नकारात्मक  रूपमा हेर्ने, कुरा काट्ने प्रवृत्ति सबैतिर व्याप्त छ तर काम गर्न छोड्न हुदैन भन्ने सन्देश दिएको छ । विशेष गरी अहिलेका बालबालिका हरूले लैङ्गिकता र व्यवहारोपयोगी सीप सिक्न अत्यन्त जरुरी छ । मानव जीवनलाई सरल र सहज बनाउन यो सीप चाहिन्छ, जस्तैः खान बनाउने, सरसफाइ गर्ने जुत्तामा पालिस गर्ने, टाँक खुस्केको लगाउने जस्ता सीप हरू अत्यन्त आवश्यक हुन्छन । हेर्दा साना लाग्ने तर यसको प्रभाव ठूलो हुन्छ भन्ने सन्देश यसमा छ ।

     ‘खानपान र हाम्रो चलनमा’ पुरानो खेतीपाती प्रणाली खाने तरिका, बनाउने तरिका धेरै वैज्ञानिक भएको तर अहिले यो चलन हराउँदै गएकामा लेखकले चिन्ता व्यक्त गर्दै यस्ता सकारात्मक कुराको निरन्तरता हुनुपर्ने कुरामा जोड दिएका छन् । यसमा इजिप्टको भ्रमणमा खानको प्रसङ्ग निकै रोचक छ । बानी त कस्तो राम्रो भन्ने शीर्षकमा राम्रो बानी भन्ने प्रशंसा तर आपूmले अनुसरण नगर्ने प्रति निकै राम्रो तरिकाले अबदेखि प्रशंसा नगर्न सुझाएका छन् लेखकले । 

    ‘परामर्शदाता र अङ्सत सोच’मा परामर्श दाताले नेपालीलाई बिश्वास नगरेको तीतो यथार्थ र तराई प्रदेशमा भएको बालबिबाह दाइजो प्रथा जस्ता संस्कार विद्यालय अनुगमन गर्दा देखेको व्यक्त भएको छ । ‘क्षतिपूर्ति दावीमा अनौठो प्रवृति’ हामीले देखे भोगेको कुराको विस्तृत  रूपमा उल्लेख भएको छ गाईवस्तु छाडा छाड्नेलाई कार्वाही हुनुपर्छ । 

    ‘आचारण र व्यवहार’ शीर्षकमा मानिसको लवाइखवाइले पार्ने प्रभावको उल्लेख छ । कसरी शिष्ट बन्ने, भन्ने आफू ठूलासँंग कसरी बोल्ने, अभिवादन कसरी गर्ने, नमस्कार कसरी गर्ने जस्ता उपयोगी सन्देश छन् यस शीर्षकमा । निम्ता र निम्तारुको वर्गीकरण साह्रै घत लाग्यो । आपूmले वर्र्गीकरण गरेर मात्र यस्ता कार्यक्रममा सहभागी हुने सन्देश अत्यन्त उपयोगी छ । 

    ‘कार्यक्रम औपचारिक प्रसङ्ग अनौपचारिक’मा हामीले ठीक सटिक तरिकाले कार्यक्रम चलाउन सकेका छैनौैं । औपचारिक कार्यव्रmम सञ्चालनमा पुरानै पद्धति छ, अनावश्यक लामो, मञ्चमा आसन ग्रहण गर्नमै बढी समय लाग्ने, मुख्य विषयवस्तुमा समय कम हुने हाम्रो पराम्परा नै छ । यस कार्यलाई सुधार गर्नका लागि सुझाव दिइएको छ । 

    ‘आनुवांशिकताको प्रभाव’ विषयले अहिलेका बालबालिकालाई राम्रो सन्देश दिन्छ । अभिभावकलाई आºना बालबालिका हरूलाई नाता सम्बन्धको बारेमा अनिवार्य जानकारी दिनुपर्ने सुझाव दिएको छ । पशुपक्षी र चराचुरुङ्गीमा समेत बर्जित हाडनाता सम्बन्ध अझ मानिसमा के होला ? यसमा कृषि विज्ञ पनेरु र विदेशी डानियलको कुरा घत लाग्दो छ ।

     ‘अनुभव र उपयोग’ शीर्षकमा आफू बाल्यकाल हँुदाको अनुभवलाई चाखिलो तरिकाले बबलगमको बट्टाको बारेमा आपूmले समस्या समाधान गरिदिएको विषय रोचक किसिमले प्रस्तुत गरिएको छ । त्यसै गरी कुनै शाब्दिक समस्या अर्थसँंग सम्बन्धित होस् वा शुद्ध शुद्धिसँंग सम्बन्धित होस् यसको समाधान समाधानका लागि आºनो कार्यकक्षमा नेपाली र अङ्ग्रेजी शब्दकोश राख्ने सुझाव लेखकले दिएका छन् । वास्तवमा यसले हामीलाई पनि सजग बनाएको र शुद्ध लेख्न प्रेरित गरेको छ । अन्त्यमा संस्कृत भाषामा लेखिएका र विभिन्न ग्रन्थहरूमा दिइएका सन्देश हरू कालजयी  रूपमा उल्लेख गरिएको छ ।  मलाई पनि संस्कृतका श्लोक अत्यन्त मन पर्छन् । सस्कृत भाषालाई देवभाषा पनि भनिन्छ । यस भाषालाई देवताको भाषा अर्थात देववाणी । मानिसलाई सतमार्गमा लगाउन प्रेरित गर्ने यी भाषामा लेखिएका सबै श्लोक मर्मस्पशी छन । 

    यस पुस्तकका पच्चीसओटा शीर्षकमा दुईसय एकचालीस पृष्ठभित्र विवधि विषय भेट्टाउन सकिन्छ । हरेक पाठ शीर्षकले एउटा एउटा सन्देश छोडेका छन् । बालदेखि वृद्धसम्मका लागि पढ्न योग्य पुस्तक सरल भाषा शैलीमा प्रस्तुत भएकाले यो पुस्तक पठनीय र सङ्ग्रणीय छ । लेखक बरालको मार्गदर्शक कलम निरन्तर चलोस् । लेखकलाई यति महत्वपूर्ण पुस्तक पाठकसमक्ष प्रस्तुत गरिदिएकामा हार्दिक धन्यवाद र आगामी दिनमा यस्तै पठनीय पुस्तक लेखनको शुभकामना भन्दै श्रीमद्भागवत गीताको पञ्चम अध्यायको एक श्लोक यहाँ राख्ने अनुमति मागेँ ।
“विद्याविनयसंपन्ने ब्राह्मणे गवि हस्तिनी ।
शुनि चैव श्वपाके च पण्डिताः समदर्शिनः ।।”