काठमाडौं, १८ मंसिर– काठमाडौं क्षेत्र नं ४ स्थित चपलीमा बम विष्फोट भएको छ । बम विष्फोट भएको स्थान नजिकै कांग्रेसको चुनावीसभा भइरहेको थियो । 
विष्फोटमा ६ जना घाइते भएको जनाइएको छ ।

विष्फोटपछि कांग्रेस उम्मेदवार गगन थापा पनि घाइते भई अस्पताल लगिएका छन् । घाइतेहरु सबैको अवस्था सामान्य छ । थापाको चुनाबी कार्यक्रमा भइरहेको केही स्थान पर चपलीको माटो कोलनीमा बम विष्फोट भएको हो।