काठमाडौं, २८ पुस– शुक्रवारको मन्त्रिपरिषद् बैठकबाट पनि सरकारले प्रदेश प्रमुख र प्रदेशका मुकामहरु नतोकेपछि नयाँ सरकार गठन र राष्ट्रियसभा चुनाव अझै पछि सार्ने संकेत देखिएको छ । ढिलोगरी राष्ट्रियसभा चुनाव २४ माघमा गर्ने भनी तोकेको सरकारले प्रदेशका अस्थायी मुकाम र प्रदेश प्रमुख अझै तोकेको छैन । 

प्रतिनिधिसभाको निर्वाचन भएको डेढ महिना वितिसक्दा पनि निर्वाचन आयोगले राष्ट्रियसभा चुनाव हुनुपर्ने भन्दै प्रतिनिधिसभाको नतिजा अड्काएको छ । सरकारले प्रतिनिधिसभाको निर्वाचन परिणाम अझै पर धकेल्न आफैं कानुनी र राजनीतिक अड्चन खडा गर्दै आएको छ । प्रधानमन्त्री शेरबहादुर  देउवाले आजैको मन्त्रिपरिषद् बैठकबाट प्रदेशका अस्थायी मुकाम र प्रदेश प्रमुख चयन गर्ने भनिएको थियो । तर, तत्काल यी निर्णय नगर्ने मनस्थितिमा प्रधानमन्त्री देउवा पुगेका छन् ।

सरकारले शुक्रवारको मन्त्रिपरिषद् बैठकबाट साल कात्तिक २७ गते धनकुटामा तत्कालीन राजदल गणबाट ज्यान लिएका १६ जनालाई शहीद धोषणा गर्नै निर्णय गरेको छ । धनकुटाको छिन्ताङ काण्डका रुपमा चिनिने उक्त घटनामा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापालाई दोषी वताईंदै आएको छ । तर, थापाका छोरा सुनिलबहादुर थापा रहेको क्याविनेटले छिन्ताङ काण्डमा मारिएकालाई सहिद घोषणा गरेको हो ।