काठमाडौं, २३ मंसिर । आज मन्त्रिपरिषदको बैठक बस्ने भएको छ ।  प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट फर्किएपछि पहिलोपटक  आज मन्त्रिपरिषदको बैठक बस्न लागेको हो  । बैठक अपरान्ह ४ :०० बजे बोलाइएको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटा  जानकारी दिनुभयो ।

एपेन्डिसाइटिसको शल्यक्रियापछि दश दिन अस्पताल बसेर फर्कनुभएका प्रधानमन्त्री ओली  विस्तारै काममा लाग्न थाल्नु भएको छ ।  १४ दिनअघि प्रधानमन्त्रीलाई अचानक स्वास्थ्यमा समस्या आएपछि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो ।

चार दिनअघि अस्पतालबाट डिस्चार्ज हुनु भएका प्रधानमन्त्रीले यसबीचमा सीमित व्यक्तिहरुसँग मात्र भेटघाट गर्नुभएको छ  ।