भक्तपुरको कौशलटारमा न्यु सयपत्री नेपाल(इलेक्ट्रोनिक पसल)की सञ्चालक ममता भेटुवालले एक प्रसंगमा भनेकी थिइन्, उनको पसलमा एकजना मेकानिकले केही काम भए मिलाई दिनुन दिदी भनेका थिए रे । उनले पनि एकजना ग्राहक टिभी बिग्रिएर मेकानिक खाज्दै पसलमा आए । उनले दुवैलाई जोडाइ दिइन् । 

मेकानिक भोलिपल्ट विहान टुप्लुक्क पसलमा देखा परे र रु.२०० हातमा राखेर ‘दिदी यो तपाईलाई’ भनेर दिन खोजे । ममता अल्मलिइन र सोधिन के को पैसा ? मेकानिकले भने हिजो तपाईले काम दिलाई दिनु भएको थियो नि । उनले फेरी थपे पुरानो भुक्के टिभि रहेछ धेरै लिन मिलेन त्यसैले तपाईलाई यति मात्रै भाग लगाएँ । ममताले पैसा लिन मानिनन् र भनिन् ग्राहकलाई राम्रो सेवा दिनु, ठिक्क पैसा लिनु मलाई दिनु पर्दैन । तपाईले गरेको कामको पैसा तपाई नै राख्नु होला । 

रामचन्द्र उप्रेती 

यो घटनाको महत्वपुर्ण पाटो रु.२०० हँुदै होइन । ती मेकानिकले यो कुरा कहाँबाट सिके ? किन नमागेको पैसा दिन उनी तयार भए ? यो महत्वको विषय हो । उनलाई यो समाजले सिकायो र संस्कार बन्दै गयो । कमिसन नदिए काम पाइदैन भन्ने विश्वास बलियो हुदै गयो । 

केही समय पहिले जिल्ला शिक्षा कार्यलयमा काम विशेषले गएका शिक्षकले बिना झन्झट आप्mनो काम सकिदिएका त्यो कार्यलयका कर्मचारीलाई पैसा दिन खोज्दा उनले लिन मानेनन रे । उनको मनमा काम सकियो जस्तो नै लागेन रे । केही नपुगे जस्तो भइरह्यो भनेका थिए । 

जागिर खान पहुँचवालालाई घुस दिने एक जनाको तर्क सुनेको छु । उनीहरु भन्ने गर्छन्, म काम गर्ने उमेरको पाँच वर्ष त्यत्तिकै बेरोजगार भएँ । अब एक वा दुई वर्षको पैसा जागिर पाउन दिदा खासै नोक्सानि हुदैन । यस्तो पैसा नदिदा पछि पनि बेरोजगार हुइन्छ । यी माथिका घटना समाजका प्रतिनिधि पात्र मात्र हुन् । यी र यस्ता सबै कामले सामाजिक मान्यता पाउदै गयो । यसको माथिल्लो रुप हो वाइड बडी, मेलम्ची, नोट छपाई, इम्बोस नम्बर, गरिव परिचय पत्र आदि आदि ।   
    
अर्को एउटा प्रसंग पनि उल्लेख गरौं । यो प्रदेश सरकारसँगको कुरा हो । एउटा संस्थाले आफ्नो भवन निर्माण र कार्यक्रमका लागि सरकारसँग रु.२५ लाखको मागपत्र पेश ग¥यो । कार्यलयमा प्रस्ताव पेश गरेर मात्रै केही हुदैन भन्ने प्राय सबैलाई थाहा छ । त्यसैले सरकारमा पहुँच राख्ने शक्तिशाली व्यक्तिका ढोकामा पुगे । आफ्नो प्रस्तावबारे जानकारी गराए । अनुरोध गरे । आश्वासन पाए । केही दिन पछि उनलाई भेटन सरकारका तर्पmबाट दुत बनेर कोही आए र भने तपाईको प्रस्ताव परेको रहेछ । यसमा अलिक मिलाउनु पर्ने भयो । उत्सुकताका साथ प्रस्तावकले सोधे के गर्नु पर्नेभयो ? दुतले भने ‘तपाईहरुको कार्यक्रम राम्रो छ तर पैसा निकै कम माग्नु भएको रहेछ । यो कामका लागि १ करोडको प्रस्ताव पेश गर्नुपर्छ । पैसा छुट्याउन सकिन्छ । उत्साहित हुदै प्रस्ताव पेश गर्नेले सोधे त्यत्रो पैसा आउछ त ? दुतले भने आउछ । तर त्यो काम गर्न उपभोक्ता समिति बनाउनु पर्छ । उपभोक्ता समितिमा तपाईहरु बसिदिनु पर्छ । काम ठेकेदारले गर्छन् । ठेकेदार हामी छान्छौं । ठेकेदारले कागज मिलाएर ल्याउछन् तपाईहरुले सही गरिदिनु पर्छ । पैसा सबैलाई भाग लाउनु पर्छ । नखाने को छ र ? २५ लाखको ठाउँमा १ करोड मागेपछि काम ५० लाख जतिको त भइनै हाल्छ । यसमा तपाईहरुलाई पनि राम्रै हुन्छ । प्रस्तावक झसँग भए । साथीहरुसँग सल्लाह गर्छु भने । सल्लाह हुदाँ पैसा नल्याउने निर्णय भयो । किनकि त्यहाँ हुने अनियमितताको कानुनि भागिदार र साछी उनीहरुले बन्नुपर्ने प्रष्ट थियो ।

यस्ता दुतहरु सरकारका उच्च ओहदावालको वरिपरि घुम्छन् । चाकडी गर्छन् । शक्तिमा भएकाहरुको वर्गिकरण गर्छन् । क कसलाई रिझाउन सकिन्छ को को बाट सतर्क हुनुपर्छ । उनीहरु हिसाव लगाउछन् । 

सरकारको सबैभन्दा ठुलो चुनौती बर्तमान सत्ता र शक्तिको वरिपरि भएका र पहुँच राख्नेहरुसँग भएको भ्रष्ट मनोबृत्तिलाई नियन्त्रण गर्नु हो । यसको शुरुवात आफुबाट गर्नुपर्छ । उच्च पदस्थबाट, पहुँच राख्नेहरुबाट गर्नुपर्छ । प्रधानमन्त्रीले पटक पटक भन्नुभएको छ भ्रष्टचारीलाई मुख नहेरी कार्वाही गर्छु ।

ट्याक्टर किन्ने किसानले बैंकलाई लगानी गरि दिए वापट कमिसन दिने चलन अपन सेक्रेट बनेको छ । यस्तो कमिशन बैंक तथा वित्तिय संस्थाले बिक्रेताबाट अशुल्छन् र बिक्रेताले क्रेतासँग । दलाली रकम बाख्रो बेच्दा होस् वा गोरु बेच्दा दिनै पर्छ । घरजग्गा दलाल त देखाएरै खान्छन् । ग्राहकको पछि लागेर आएको व्यक्तिलाई कमिशन दिनै पर्ने वाध्यता व्यवसायीमा थपिदै गएको छ । 

सायद यस्तो कुनै संस्था, संघ, कार्यलय, विभाग, व्यक्ति छैन जसले सरकारको लागि होस वा संघसस्थाका लागि समान वा सेवा किनबेच गर्दा कमिशनको सर्त नराखेको होस् । धेरै समान वा सेवाको किनबेच आवश्यकताका लागिभन्दा कमिशनका लागि गरिन्छ । 

कसैले कुनै काममा सार्वजनिक वा संस्थागतरुपमा कमिशनको लेनदेन नगरिकन सेवा वा बस्तुको खरिदबिक्रि गरेको छ भनेर समाज पत्याउन तयार छैन । भुँडी नभएको को छ र ? मुख नभएको को छ र ? भन्ने मान्यताले समाजमा जरा गाडेको छ । यो हाम्रो समाजको मुल समस्या बनेको छ । अर्थात भ्रष्टिकरणको जरा समाजमा व्याप्त भएको छ । समाजले भ्रष्टिकरणलाई मान्यता प्रदान गर्दै गएको छ । यो सबैभन्दा खतरा हो । व्यक्ति व्यक्तिले लुकेर बदमासी गर्नु सामान्य कुरा हो । त्यो थाहा पाउदा दण्डित हुने गर्छ । तर यस्तो प्रबृत्तिलाई समाजले स्विकार गर्दैजानु सामान्य कुरा होइन । 

प्रधानमन्त्री केपी ओलीले देशवासीका नाममा नयाँ वर्षको शुभकामना दिने क्रममा भन्नुभयो भ्रष्ट आचरण नेपालीको परम्परा होइन । यो ठिक हो । परम्परा होइन तर बर्तमान हो भन्दा हुने अवस्था छ । सरकारको सबैभन्दा ठुलो चुनौती बर्तमान सत्ता र शक्तिको वरिपरि भएका र पहुँच राख्नेहरुसँग भएको भ्रष्ट मनोबृत्तिलाई नियन्त्रण गर्नु हो । यसको शुरुवात आपूmबाट गर्नुपर्छ । उच्च पदस्थबाट, पहुँच राख्नेहरुबाट गर्नुपर्छ । प्रधानमन्त्रीले पटक पटक भन्नुभएको छ भ्रष्टचारीलाई मुख नहेरी कार्वाही गर्छु । 

प्रधानमन्त्री स्वयमबाट जानेर कुनै गलत कार्य हुने अवस्था छैन भन्न सकिन्छ । तर कहिलेकाही प्रधानमन्त्रीलाई पनि गुमराहमा पारेर नीतिमा चिप्ल्याउन सक्छन् । केही दिन अघि प्रधानमन्त्री स्वयमले भन्नुभयो चिनी कारखानाका  मालिकले मलाई झुक्याएको थाहा पाएँ । 

मालपोत र नापी कार्यलयमा कसरी भ्रष्टचार हुन्छ सबैलाई जग जाहेर छ । पहिला मालपोत र नापीमा सरुवा हुन पाउँ भनेर मरिहत्ते गर्नेहरु अहिले घटेका छन् रे । कारण सरकारले यहाँको अनियमितता नियन्त्रण गर्न प्रयास गरेको छ । अख्तियारका आँखा परेका छन् । त्यसैले एकवर्ष भित्रमा धेरै कर्मचारी समातिएका छन्, निलम्वनमा परेका छन् । अहिले मालपोत कर्मचारीको अभाव झेलिरहेको छ । 

बस्तु वा सेवाको आपुर्तिकर्ता र सरकारका मानिसको हिमचिम, निर्माणकार्यमा संलग्न ठेकेदार र सरकारका मानिसको हिमचिम उदेक लाग्दो छ । सरकार प्रमुखको हैसियतले प्रधानमन्त्री केपी शर्मा ओलीको सबैभन्दा ठुलो चुनौति कमाउधन्धा र कमिशनका लागि लिप्त भएका नेता, मन्त्री एवं उच्च पदस्थ कर्मचारीको यस्तो हिमचिमको जालो तोडनु पर्ने भएको छ । यसमा केही प्रगति पनि हुदैछ । विगतमा भ्रष्टहरुको शान निकै उच्च थियो । भ्रष्टहरु सोझासिधालाई कार्वाही गर्ने हैसियतमा थिए । 

यस्तालाई जोगाउने पनि थिए र यस्ताले जोगाउथे पनि । तर अहिले जोगाउने गरि कसैले ठेक्कालिन सक्ने अवस्था छैन । बिना कमिशन, बिना लेनदेख कामगर्न  बिर्सिएकाहरूको दिनचर्या फेरिएको छ । त्यस्ताहरु लगभग कुनै काम नगरी दिन, महिना बिताउने, बहाना बनाएर काम सार्ने, अड्को थाप्ने, खोचे थाप्ने, अरुको थाप्लोमा दोष थुपार्ने र सरकारलाई असफल पार्ने मनसाय हाबी छ । अलि पुराना कर्मचारीमा अब जसोतसो जोगिएर पेन्सन सहितको अवकास लिने ध्याउन्नमा छन् । 

बिना कमिशन, बिना लेनदेख कामगर्न  बिर्सिएकाहरूको दिनचर्या फेरिएको छ । त्यस्ताहरु लगभग कुनै काम नगरी दिन, महिना बिताउने, बहाना बनाएर काम सार्ने, अड्को थाप्ने, खोचे थाप्ने, अरुको थाप्लोमा दोष थुपार्ने र सरकारलाई असफल पार्ने मनसाय हाबी छ ।

नयाँ उर्जावान र क्षमता भएका कर्मचारीले बानि सुधार्न सके भने तिनका लागि सुनौलो अवसर छ । तर चाट्ने बानि छाडेनन् भने ती कतिखेर समातिने हुन भन्न सकिदैन । 

कुनै पनि तहमा काम कर्मचारीले गर्ने हुन् । सरकारको रुपमा जिम्वेवारीमा बस्ने जनप्रतिनिधिले पहिला कर्मचारीलाई जिम्वेवार र जवाफदेही बनाउन काम गर्नुपर्छ । यो काम सजिलो त छैन तर असम्भव पनि छैन । त्यसका लागि सबैभन्दा पहिला आपूmलाई लोभबाट मुक्त गर्नुपर्छ, आप्mनो क्षमताको विकास गर्नुपर्छ । 

समाजको घोर सत्रु परिश्रम विनाको धन हो । यो कमिशनको रुपमा, घुसको रुपमा, उपहारको रुपमा प्राप्छ हुन्छ । यसको उद्देश्य भनेको नीतिविधि भत्काएर आपूmले पनि सजिलो कमाई गर्ने र त्यसका लागि सहयोग गर्नेलाई पनि पैसा दिने गरिन्छ । यो प्रबृत्तिले परिश्रमको कमाईलाई अबमुल्यन गर्छ । परिश्रमीलाई हेला गर्छ ।  जसले काम गर्छ, जसले परिश्रम गर्छ उबाट दवावमा पारेर, अक्करमा पारेर, कमिशन  घुस र उपहार लिने गरिन्छ । जब समाजले यसलाई सामान्य मान्छ तब समस्या गहिरो बन्दै जान्छ ।

कसैले कुनै काममा सार्वजनिक वा संस्थागतरुपमा कमिशनको लेनदेन नगरिकन सेवा वा बस्तुको खरिदबिक्री गरेको छ भनेर समाज पत्याउन तयार छैन । भुँडी नभएको को छ र ? मुख नभएको को छ र ? भन्ने मान्यताले समाजमा जरा गाडेको छ । यो हाम्रो समाजको मुल समस्या बनेको छ ।

टेलिभिजन मर्मत गर्ने एउटा साधारण ज्यामीले आपूmले पाएको ज्याला मध्येबाट रु.२००। उपहार वा कमिसन बुझाउन समाजले सिकायो । यो चलनलाई स्विकारेर बाच्न सिक्यो । यो कुनै सामान्य कुरा होइन । तर सबैलाई सामान्य लाग्छ । समस्या नै यही हो । त्यसैकारण जताततै कमिशन र घुसको जालो छ । सुखी नेपाली र समृद्ध नेपालको चाहना पुरा गर्न सरकारले यो चुनौतिको चाड. भत्काउनु पर्छ ।