ब्रजेश झा, विभागीय प्रबन्धक,साल्ट ट्रेडिङ्ग कर्पोरेशन

सरकारले निर्देशन दिएको कुरा हामीले दिन मिल्दैन भन्न त सक्दैनौं ।  तर सरकारले साल्ट टे«डिङ्गमा भएको घाटा पूर्ति गरिदिन पर्छ । हामीेले चिनीको मुल्य घट्यो भन्ने मिडियाबाट थाहा पाएको हो, हामीलाइ विधिवत पत्र आएको पनि छैन ।    

 

दसैँ र तिहार जस्ता दुई ठूला चाड नेपालीहरूको घरघरमा भित्रिसकेको छ । अन्य समयको तुलनामा दसैँ र तिहारमा बढी किनबेच खाद्यान्न सामाग्रीकै हुन्छ ।  बजारमा महंगो मूल्यमा बिक्री हुँदै आएको चिनीको मूल्य घटाउन सार्वजनिक लेखा समितिले एक साता अघि निर्देशन पनि दिएको छ । तर निर्देश गरिएको ६३ रुपैयाँ चिनीको मूल्य तोकेदेखि नै सरकारको सार्वजनिक संस्थान साल्ट्र टेडिङ्गग कर्पोरेसनबाट चिनीको बिक्री रोकिएको छ । चिनीको मूल्य घटाउन सरकारले दिएको निर्देशन किन लागु हुन सकिरहेको छैन । यिनै विषयमा चक्रपथ डटकमका लागि कविता अधिकारीले साल्ट ट्रेडिङ्ग कर्पोरेशनका विभागीय प्रबन्धक ब्रजेश झासँग गरेको कुराकानी । 
 
चाडबाडलाई लक्षित गरेर साल्ट्र टेडिङ्ग कर्पोरेशनले के कस्ता योजना ल्याएको छ ?
साल्ट्र ट्रेडिङ्ग कर्पोरेशनले २०६६ सालदेखी निरन्तर रूपमा दशैको केही दिन अगाडिबाट नै सुपथ मूल्य पसल राख्दै आएको छ । सर्वसाधारण ग्राहकलाई ध्यानमा राखेर सुरु गरिएको यो पसल यसबर्षपनि सुरु भइसकेको छ । सहुलियत पसलमा दसैँ तिहार र छठ सम्म सुपथ मूल्य सामान पाइन्छ । यसपालि पनि असोज १२ देखी कार्तिक २७ सम्मको लागि काठमाडौँको विभिन्न ८ स्थानमा र उपत्यका बाहिर २४ स्थानमा साल्ट ट्रेडिङ्ग कर्पोरेशनले सहुलियत दरको पसल सञ्चालन गरिरहेका छ । 


सहुलियत पसलमा कतिजति सहुलियत मूल्यमा सामान पाइन्छन्, धेरै नै छुट हुन्छ र ?
छुट भन्ने कुरा थोरै पाउनुपनि धेरै नै हो । अझ धेरै सामान खरिद गर्दा त फाइदा हुने नै भयो । कुनै आइटममा एक रुपैयामात्रै हुँदा पनि धेरै नै छुट भए जस्तै हुन्छ । अझ हामीले जनतालाई पायक पर्ने ठाउँमा पनि सेवा सकियोस् भन्ने उदेश्यले घुम्ती सेवा पनि दिएका छौं । साल्ट टे«डिङ्ग कर्पोरेशनले विभिन्न चार स्थानमा घुम्ती सेवा दिइरहेको छ । 


यति ठुलो जनसंख्या भएको काठमाडौमा चार स्थानमा राखिएको घुम्ती सेवाबाट सम्भव छ त सेवा पुरयाउन ? अनि काठमाडौ बाहिरका लागि के छन् योजना । 
घुम्ती सेवा थोरै भएपनि हामीलाई जो कोही ग्राहकले फोन गरेर फलानो ठाउँमा साल्ट्र ट्रेडिङ्गको सेवा चाहियो भनेर सम्पर्क गरेको खण्डमा हामी जुनसुकै स्थामा पनि सेवा पठाउन सक्छौ । तर त्यहाँ छेउछाउका बस्तीबाट डिमान्ड हुन पर्‍यो ।  हाम्रो सेवा त्यस ठाउँमा पुग्दा कतिजतिलाई लाभ मिल्छ,  त्यसको जानकारी हामीले पनि राख्छौ । यसैका आधारमा हामीले भरसक सबैलाई सहुलियत सेवा दिने कोसिस गरिरहेका छौ । 
उहाँहरूले काठमाडौ बाहिर पनि अञ्चल कार्यालय वा केन्द्रीय कार्यालयमा फोन गरेर  सामान लिन सक्नुहुनेछ । 


साल्ट ट्रेडिङको सहुलियत मेलामा के के सामान पाइन्छ ?
यो सरकारको योजना अन्र्तगत गरिएको कार्यक्रम हो । हामी कहाँ गेडागुडी, दाल चामल, चिनी मर मसला, तेल, मैदा, पिठो, सुजीका भेराइटी पाइन्छन् । साल्ट ट्रेडिङ्गमा आएको सामानको क्वालिटि मापन भएको हुन्छ । चिनी, तेल सबैको क्वालिटी चेक गरेर हामीले सामान राख्दछौ । साल्ट टे«डिङ्गका पसलमा किन्दा मिसावट हुँदैन पोलिस हुँदैन, रङ्ग भेटिँदैन, टुक्रा हुँदैन त्यसको ग्यारेन्टी छ ।  त्यसमा ढुक्क भए हुन्छ । हामीले खानका लागि टर्किस तेल बेचिरहेका छौ । त्यो गुणस्तरीय मापन भएको हुन्छ । गुणस्तरियतामा हाम्रो कुनै कम्प्रोमाइज हुँदैन । कुनैपनि अन्न वालीको डेट हुन्छ । दालमा कुनै पनि पोलिस गरिएको हुँदैन । 


कसरी ग्यारेन्टी गर्ने  कि साल्ट्र ट्रेडिङ्गको सामान बाहिर बजारको भन्दा सस्तो छ भनेर ?
उस्तै उस्तै त हुन्छ । तर हाम्रोमा क्वालिटी राम्रो हुन्छ । साल्ट ट्रेडिङ्गमा महंगो भन्ने हुँदैन । जस्तो साइट, टुक्रा, पोलिस गरे नगरेको, हरेक चिजको क्वालिटि मेनटेन हुन्छ ।


तर तपाईहरुले बेच्दै गरेको चिनीभन्दा सस्तो दरमा बाहिर किन्न पाइएको छ । यो कसरी सम्भव भयो र साल्ट्र  ट्रेडिङ्गमा किन भएन  ?
सेल्स प्रमोसनको हिसाबले चिनीको दाम घटाएर कुनै स्कीम ल्याएको छ भने त्यसमा हामीले भन्नु केही छैन । मैले पनि सुनेको छु । कतिपय डिपार्टमेन्ट स्टोरले ५९÷६० मा पनि चिनी बिक्री गरिरहेका छन । त्यो चिनी तपाई आफै बुझ्नुहोस् । त्यसको डेट सकिएको पाइएको छ । र त्यो लो क्वालिटिको पनि हो । किन भने अहिलेको बजार मूल्य अनुसार चिनी जसले सस्तो मूल्यमा बेचिरहनु भएको छ त्यतिमा पाइने चिज होइन ।  चिनी गुलियो गुलियो मात्रै भन्दै छौ । चिनीको फरक खानेले बुझेनौ ? चिनी र चामलको गुणस्तरियतमा फरक हुन्छ ।


तर बाहिर बजारमा सस्तो रेटमा चिनी दिन सक्ने तपाइहरुले चाहि किन दिन नसक्ने ?
अहिले सस्तो भनिएको चिनी पाकिस्तान सरकारले विशेष छुट दिएको समयमा चिनी नेपाल भित्रियो । हामीले स्थानीय नै चिनी किन्ने भनेर टेन्डर गर्यौ । पछिल्लोपटक टेन्डर गर्दा टेन्डरमा कोही पनि भाग लिन आउनुभएन । हामीले पुन दोस्रो पटक फेरि टेण्डर गर्यौ तर टेण्डर भर्न कोही पनि आएनन । दुईदुई चोटी टेण्डर गर्दा कसैले सहभागिता जनाएन भने हामीले क्लिियर बुझनु पर्‍यो नी । स्थानीय मिलले हामीलाइ चिनी दिन मान्नु भएन । त्यसपछि हामीले अल्टरनेटिभ हेर्यौ र भारतबाट खरिद गर्यौ र केहीमात्रा मगायौ । २४ सय ५८ मेट्रिक टन चिनी अहिलेपनि बिरगञ्ज भरसारमा रोकिएको छ । असोज ६ गते त्यहाँ चिनी आइपुगेको थियो । हाल १७ हजार ५ सय म्याट्रिक टन चिनी हामीसँग स्टक छ । तर हाम्रो चिनीको मापदण्ड अन्तराष्ट्रिय मापदण्डको भएकाले चिनीको मूल्य पनि त्यही अनुसारको छ । सल्फर मानवीय स्वास्थका लागि हानिकारक हो । त्यही भएकाले हामीले सल्फर फ्रि चिनी ल्याएका छांै । उच्च  गुणस्तरको चिनी छ । बाहिरबाट आएको चिनीको क्वालिटी कम छ ।  त्यो ढुक्क हुनुस् । नभए त्यो सम्भव हुँदैन । 


भनेपछि अस्ति सार्वजनिक लेखा समितिले चिनीको मूल्य घटाएर ६३ रुपैयामा बेच्नु भनेको छ  । त्यतिमा दिन सकिदैन ?
सरकारले निर्देशन दिएको कुरा हामीले दिन मिल्दैन भन्न त सक्दैनौं ।  तर सरकारले साल्ट टे«डिङ्गमा भएको घाटा पूर्ति गरिदिन पर्छ । हामीेले चिनीको मूल्य घट्यो भन्ने मिडियाबाट थाहा पाएको हो, हामीलाइ विधिवत पत्र आएको पनि छैन । पत्र आएको खण्डमा बोर्डबाट निर्णय गराएर मात्रै बिक्रिमा जान्छ ।
किनभने हामीले बेच्ने मूल्य भएको ७० देखी ७५ हो । त्यही भएर अस्ति अस्ति बेच्दै आएको चिनी एक साता भयो सार्वजनिक लेखा समितिको निर्देशन आएपश्चात अहिले बिक्री बन्द छ । 


भनेपछि चाडबाडको मुखैमा चिनीको बिक्री रोकिएको छ ?
हो, अहिले सहुलियत पसलमा चिनी बिक्री भएको छैन । किनभने मन्त्रालयबाट आधिकारिक पत्र नआएकाले पनि चिनी बिक्री बितरण गर्न नसकिएको हो । 


चाडबाडमा सबैभन्दा बढी डिमान्ड के को हुन्छ ?
सबै खाद्यान्नको हुन्छ, तर दसैँ तिहारमा अलि बढी चिनी किन्ने ग्राहकहरु आउनुहुन्छ । हामीसँग अहिले १७ हजार ५ सय मेट्रिक टन स्टक चिनी छ । नेपालको टोटल डिमान्ट दुइलाख पचास हजार मेट्रिक टन मोटामोटी हो । दशैमा अलिक बढी खपत हुने हो । व्यापारीहरुसँग पनि भएकाले उहाँहरूले पनि निकाल्नु हुन्छ भन्ने आश छ । त्यो बाहिर निस्कियो भने चिनीको अभाव हुँदैन । तर उहाहरुले बाहिर निकाल्न परयो लुकाउन भएन । 


साल्ट्र ट्रेडिङ्गको सुपथ बजार कहिले सम्म रहन्छ ? चाडबाड सकिएपछि पनि चिनीको मूल्य बढला घटला वा सुपथ मूल्यमा दिइरहुनहुन्छ ? 

यो योजना कार्तिक २७ गतेसम्मको लागि मात्रै हो । त्यसपछि त स्टक मिनिमाइज कम हुदै गयो भने तिहारपछि बजारमा चिनीको स्टक न्युन हुने र नयाँ उत्पादन आउने सम्भावना कम हुँदा चिनीको मूल्य बढने सम्भावना हुन्छ । मंसिर पुसमा चिनीको मूल्य बढने सम्भावना हुन्छ । सरकारले नुनका लागि हामीलाई दिएको हो । नुनमा कुनैपनि समस्या हुँदैन । बाँकी बिज्नेस आइटम हाम्रो दिएको जिम्मेवारीभित्र पदैन त्यति भएर मूल्य घटने बढ्ने भइरहन्छ ।