काठमाडौँ, ६ असोज - प्राईम्याक्स सर्भिस सेन्टरले आफ्नो सर्विस ल्याबको स्तर उन्नती गरी अब नेपालमा नै विश्वस्तरिय गुणस्तर र उच्चस्तरिय प्रविधिका साथ क्याननका लेन्सहरु (Canon EF200mm "L" सम्म) को मर्मत सेवा सुचारु गरेको छ ।

प्राईम्याक्सले सो सेवा सुबिधा प्रदान गर्न आफ्नो ईन्जिनियरहरुलाई बैदेशिक प्रशिक्षण प्रदान गराई दक्ष जनशक्तिको समेत  निर्माण गरिसकेको जनाएको छ । प्राईम्याक्स सर्भिस सेन्टर नेपालको लागि क्याननको एक मात्र आधिकारिक सर्भिस सेन्टर हो ।

त्यस्तै प्राईम्याक्स सर्भिस सेन्टरमा आउने सबै क्यामरा तथा लेन्सहरुलाई सफ्टवेयरद्वारा क्यानन जापानले निरिक्षण र नियमन गरी क्यानन जापान सरह नै सेवा सुबिधा प्रदान गर्न सक्ने स्तरको बनाएको छ  ।

एसिया भरीमै क्याननकै प्रत्यक्ष स्वमित्व नभए पनि "FULL DSLR” मर्मत गर्ने थोरै मात्र सर्भिस सेन्टरहरु मध्ये प्राईम्याक्स सर्भिस सेन्टर पनि एक हो  ।