अपराध

करौँडो मूल्यको चरेस सहित पाँच पक्राउ

विराटनगर, ६ फागुन । अन्तर्राष्ट्रिय बजारमा करोडौँ मूल्य पर्ने ठूलो परिमाणका लागुपदार्थ चरेससहित पक्राउमा परेका पाँच जनालाई आज अपराह्न प्रहरीले सार्वजनिक गरेको छ ।  विराटनगरको एक होटलबाट सूचनाको आधारमा बिहीबार अपराह्न ५१ किलो ४०० ग्राम चरेससहित पक्राउमा परेका मकवानपुरको टिस्टुङ–५ बस्ने १८ वर्षीय प्रतापसिंह गोले र १९ वर्षीय वुद्ध बम्जन, काभ्रेपलाञ्चोकको नयाँगाउँ देउपुर–४ बस्नेद्वय वर्ष १८ को राम गुरुङ, वर्ष १७ को अरुण गुरुङ र…विस्तृत समाचार »

छत्तिस वर्षपछि अभियुक्त जेल चलान

रुकुम, ४ फागुन । जिल्ला अदालत रुकुमले हत्याका फरार एक अभियुक्तलाई ३६ वर्षपछि जेल चलान गरेको छ । जिल्लाको चुनवाङ–४ भेडिडाँडामा २०३७ साल कात्तिक ३ गते भएको चार जनाको सामूहिक हत्याकाण्डका अभियुक्त रुँघा–६ का धनबहादुर खत्रीलाई अदालतले ३६ वर्षपछि जेल चलान गरेको हो ।  घटनाका मुख्य अभियुक्त रुघाँ–६ कै मनबहादुर खत्री भने अझै बेपत्ता रहेको बताइएको छ । उनीहरुले एकै परिवारका चारजनाको हत्या गरेका थिए…विस्तृत समाचार »

हराएकी युवती मृत फेला

धनगढी, ४ फागुन । धनगढी उपमहानगरपालिका–१२ जगेडाबाट छ दिनअघि बेपत्ता भएको भनिएकी १६ वर्षीया अञ्जली सिंहलाई मङ्गलबार मृत फेला पारिएको छ ।  हत्या गरेर घर नजिकै खाल्डोमा पुरिएको अवस्थामा प्रहरी टोलीले मङ्गलबार अञ्जलीको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अर्जुन चन्दले बताए  ।  यही माघ २७ गतेदेखि छोरी बेपत्ता रहेकाले खोजी गरिदिन युवती पक्षबाट मङ्गलबार जिल्ला प्रहरी कार्यालय कैलालीमा निवेदन…विस्तृत समाचार »

होटल तथा रेस्टुराँमा सत्र जना बालश्रमिक

इलाम, २ फागुन । इलाम नगर क्षेत्रका छ दर्जनभन्दा बढी होटल तथा रेस्टुराँमा १७ जना बालबालिका जबर्जस्ती श्रममा लगाइएको भेटिएका छन् ।  जिल्ला बालकल्याण समितिको संयोजनमा नगर क्षेत्रमा रहेका ७९ वटा होटल तथा रेस्टुराँमा गरिएको अनुगमनमा १४ वर्ष माथि र १८ वर्षमुनि उमेर भएका १७ जना बालबालिका बालश्रमिकको रूपमा रहेको पाइएको सहायक प्रमुख जिल्ला अधिकारी सुजन फागोले बताए ।  दुई जना १४ वर्षमुनिका बालबालिका समेत श्रमिकको…विस्तृत समाचार »

पेन्सन वितरणको आवरणमा फैलँदो भारतीय रक्षा सञ्जाल

•सरोजराज अधिकारी: १२ नोभेम्बर २०१६ । नेपाल भ्रमणमा रहेका भारतीय सेनाध्यक्ष दलवीरसिंह सुहागले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटमा भने, “बुटवलमा पेन्सन पेइङ अफिस (पेन्सन वितरण कार्यालय–पीपीओ) स्थापना सम्बन्धमा हामीले धेरै अघि राखेको प्रस्ताव स्वीकृत गरिदिनुपर्यो ।” सुहागभन्दा १० दिनअघि नेपाल भ्रमणमा आएका भारतीय राष्ट्रपति प्रणव मुखर्जीले पनि दाहालसँगको २ नोभेम्बर २०१६ को भेटमा यो विषयमा चर्चा गरेका थिए । झट्ट सुन्दा सामान्य लाग्न सक्छ यो…विस्तृत समाचार »

बाबुले प्रहार गरेको खुकुरीबाट छोराको मृत्यु

कैलाली, २६ माघ । कैलालीको घोडाघोडी नगरपालिकामा ७२ वर्षीय बुबाले खुकुरी प्रहार गरेपछि छोराको मृत्यु भएको छ । गएराति ११.३० बजे घोडाघोडी नगरपालिका–१ रामपुरका बाबु राजमली रोकायको खुकुरी प्रहारबाट उनका ४३ वर्षीय छोरा कर्ण रोकायको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।  बाबु छोराबीच जग्गाको विषयमा विवाद हुँदा बाबुले प्रहार गरेको खुकुरीबाट छोरा घाइते भएका थिए । घाइते छोरालाई उपचारको लागि घोडाघोडी अस्पताल…विस्तृत समाचार »

चाइनिज पेस्तोलसहित एक प्रक्राउ

कोहलपुर (बाँके), २४ माघ । चाइनिज पेस्तोलसहित नेपालगन्ज उपमहानगरपालिका–८ बस्ने सद्दाम पठानलाई प्रहरीले प्रक्राउ गरेको छ ।  भारतीय क्षेत्रबाट नेपालगन्जतर्फ भित्र्याइँदै गरेको चाइनिज पेस्तोलसहित उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको छ । ' नेपाल भारतको सीमा क्षेत्र जमुनाहाबाट एक थान पेस्तोल र पेस्तोलमा लाग्ने तीन थान गोलीसहित पठानलाई आइतबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक वीरबहादुर थापाले जानकारी दिए ।  उनले भने ,“पठानको…विस्तृत समाचार »

हत्यामा संलग्न दुई सार्वजनिक

बागलुङ, २४ माघ । जिल्लाको कुश्मीसेरा–५ का ४५ वर्षीय कृष्णबहादुर थापाको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँका ३३ वर्षीय भीमबहादुर थापामगर र २५ वर्षीय विष्णु थापामगर रहेका छन् ।  गत बुधबार राति कुश्मीसेरा–८ तिनहरेमा मृतक थापाको शव फेला परेपछि प्रहरीले अनुसन्धान थालेको थियो । मादकपदार्थ सेवनपछि भएको झगडामा लाठी प्रहारबाट थापाको मृत्यु भएको प्रहरी…विस्तृत समाचार »

दलित मन्दिर प्रवेश गरेको भन्दै पाँच हजार जरिवाना

रामेछाप, २४ माघ । रामेछाप जिल्लाको बेताली गाविसमा दलितले मन्दिर प्रवेश गरेको भन्दै स्थानीय एक दलितलाई मन्दिरका पुजारीले रु पाँच हजार जरिवाना गराई तत्काल रुद्री लगाएर मन्दिर चोख्याएका छन् ।  बेताली–३ मा रहेकोे शेराकाली महाङ्कालथान मन्दिरमा शनिबार सोही वडाका कृष्णकुमार विकले पूजा गरेको भन्दै मन्दिरका पुजारीद्वय वेताली–३ का छत्रबहादुर बुढाथोकी र भीमबहादुर बुढाथोकीले ज्यानै मार्ने सम्मको धम्की दिई उक्त रकम असुलेका हुन् ।  स्थानीयवासीले मन्दिरमा…विस्तृत समाचार »

छ जनालाई थुनामा राख्न आदेश

ताप्लेजुङ, २१ माघ – ताप्लेजुङको खोक्लिङमा गत महिना भएको वनरक्षक गणेशबहादुर शाहीको हत्या प्रकरणका मुख्य अभियुक्त मानिने सबिन लिम्बूसहित ६ जना विरुद्ध जिल्ला अदालत ताप्लेजुङले थुनछेक आदेश जारी गरेको छ ।    महिना दिनअघि हत्या गरिएका वनरक्षक शाहीको हत्या प्रकरणमा मुख्य अभियुक्त भनिएका सबिन लिम्बूसहित ६ जनालाई पुर्पक्षका लागि बिहीबार थुनामा राख्न आदेश जारी गरिएको हो ।    जिल्ला न्यायाधीश अशोककुमार बस्नेतको इजलासले खोक्लिङ–८ का…विस्तृत समाचार »

horoscope

Redbull

YetiAirlines

Kumari jobs

NLG Life Insurance

राजनीति

प्रधानमन्त्रीले अचानक वालुवाटार बोलाएपछि मोर्चाको बैठक सुरु 

प्रधानमन्त्री दाहालले साँझ ७ बजेको समयमा छलफलका लागि भन्दै अचानक वालुवाटार बोलाएपछि पोजिसन क्लियर गर्न मोर्चाको बैठक बसेको हो । प्रधानमन्त्री दाहाललाई चुनाव घोषणाबाट पछाडि फर्काउने विषयमा छलफल गरिने मोर्चाका नेताहरुले वताएका छन् । 

चन्दलाई बढुवा गर्ने मुद्दामा बुधबार सुनुवाइ हुने

काठमाडौँ, ८ फागुन । सर्वोच्च अदालतले नेपाल प्रहरीका महानिरीक्षकमा जयबहादुर चन्दलाई बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय तत्कालका लागि कार्यान्वयन नगराउन दिएको अल्पकालीन अन्तरिम आदेश बुधबारसम्म जारी रहने भएको छ । 
 

कांग्रेस माओवादीको निश्कर्ष– मोर्चाले भने झैं संविधान संशोधन गरेर मात्र चुनाव असम्भव 

सत्तारुढ कांग्रेस माओवादीको आइतबारको बैठकमा भने संविधान संशोधन गरेर मात्रै चुनाव घोषणा गर्ने हो भने चुनावै नहुने अवस्था आउन सक्ने निश्कर्ष निकालिएको हो । 

विश्व

टेक्सासमा फेरि हजारौँ जनताको जुलुस प्रदर्शन

हाउस्टन, ८ फागुन । संयुक्त राज्य अमेरिकाको दक्षिणी राज्य टेक्सासको डाल्लास महानगरमा करिब एक हजार सात सय जनाले विरोध जुलुस प्रदर्शन गरेका छन् ।

चीन र अर्जेन्टिनाका राष्ट्रपतिबीच बधाइ साटासाट

बेइजिङ्ग, ८ फागुन । चीन र दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिनाबीच दौंत्य सम्बन्ध स्थापना भएको ४५ औं बार्षिकोत्सवका दिन चीनका राष्ट्रपति सि जिनपिङ्ग तथा अर्जेन्टिनाका राष्ट्रपति मोरिसियो माक्रिले आज एक आपसमा बधाई ज्ञापन गरेका छन् । 

समुद्री सम्पत्तिको लडाइँ

न्यूर्योक, ७ फागुन – समुद्रमा परिवर्तन आइरहेको छ तर त्यो सकारात्मक भने होइन । वैज्ञानिक प्रमाणले समुद्र उजाड, तातो र बढी अम्लीय बन्दै गएको देखाउँछ, जसबाट समुद्रीय जीवन गम्भीर दवाबमा पर्न गएको छ । तर समाचार राम्रो पनि छ : प्रमाणले यो पनि देखाउँछ कि समुद्र पुनर्जीवित हुनसक्छ र त्यसको परिणामलाई साकार तुल्याउन विश्व सहमत पनि भइसकेको छ । 

विचार

ओली डक्ट्रिन, प्रचण्ड र पाँच बुँदे रोडम्याप 

प्रचण्डजी ‘चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरी’को दशामा छन् । असक्षमताको पगरी गुथेर फर्कनुको अर्को बाटो उनीसामु देखिन्न । दक्षिणपन्थीहरुको बैसाखी टेकेर नौनीको लिस्नो मार्फत बालुवाटार छिरेको नतिजा आगोमा पग्लदा सडकमा नै हुने अवस्थामा आइपुग्ने भयो ।

एरिका नाम गरेकी फिजियो थेरापिष्टलाई त्रिभुवनको सूचना चोर्न अंग्रेजले खटाएका थिए

त्रिभुवन सौखिन खालका मान्छे थिए, त्यही कारण धेरै ठाउमा प्रयोग पनि भए । एरिका भन्ने एकजना अंग्रेज फिजिओथेरापिष्ट त्रिभुवनको साथमा थिइन् । अंग्रेजहरुले एरिका मार्फत सूचना चोर्ने र त्रिभुवनलाई गलाउने काम गरे ।
 

सुन्दरीजल जेलबाट मध्यरातमा बीपीलाई नारायणहिटी ल्याइएको कुरा किन आउँदैनन् ?

नेपालमा अत्यावश्यक ठानिएको पूर्व–पश्चिम राजमार्ग शिलान्यास गर्न बीपीलाई केले रोक्यो ? उनकै कार्याकालमा कोदारी राजमार्ग निर्माणको प्रस्ताव आएको थियो । तर, उनले आर्थिक रुपमा आवश्यक नभएको भन्दै प्रस्तावलाई इन्कार गरे । यद्यपी कुनै औपचारिक शिक्षा नलिएका, आफ्नो सम्पूर्ण किशोर जीवन राणाकालीन दरवारको खोपीमा विताएका राजा महेन्द्रले नै यी दुवै काम किन गर्नु पर्यो होला ?

Loading...
Top