अपराध

केन्द्रीय कारागारका कैदीको मृत्यु

काठमाडौं, १८ मंसिर– हत्या अभियोगमा केन्द्रीय कारागारमा कैद भुक्तान गरिरहेका मकवानपुरका ५७ वर्षीय सुकबहादुर बम्जनको मृत्यु भएको छ। अचानक निमोनिया भएको लक्षण देखिएपछि उनलाई मंसिर १६ गते उपचारका लागि वीर अस्पताल लगिएको थियो ।  प्रहरीका अनुसार वीर अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको हो । उनी कर्तव्यज्यान मुद्दामा लामो समयदेखि केन्द्रीय कारागारमा कैद भुक्तान गरिरहेका थिए । मकवानपुर मार्खु–३ घर भएका बम्जनमाथि व्यक्ति हत्या गरेको…विस्तृत समाचार »

अवैध २ किलो सुनसहित युवक पक्राउ

काठमाडौं, १६ मंसिर – प्रहरीले अवैध २ किलो सुन र १ हजार युरोसहित एक जनालाई सोमबार काठमाडौबाट पक्रेको छ । काठमाडौंको वौद्ध फूलवारीको एक किरानापसलबाट अवैध सुन र युरो सहित सोलुखुम्बु लोखिम घर भई महांकाल बस्ने ४० वर्षका दालाक्पा शेर्पा पक्राउ परेका प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सिआईबीले जनाएको छ । उनीबाट बरामद भएको ८ टुक्रा सुनको तौल २ किलो रहेको हो । अवैध विदेशी मुद्रा…विस्तृत समाचार »

​नक्कली नम्बरप्लेट बनाई मोटरसाइकल बिक्री गर्ने ३ जना पक्राउ

काठमाडौं,  १६ मंसिर – नक्कली नम्बर प्लेट बनाएर मोटरसाइकल बिक्री गर्ने तीनजनालाई प्रहरीले पक्रेको छ । प्रहरीले मकवानपुर बुढीचौर ३ का ३३ वर्षका मिनराज तितुङ, हेटौंडा नगरपालिका ५ का ३१ वर्षका नकुल सापकोटा र वीरगंज उपमहानगरपालिका ६ का ३७ वर्षका महमद सुर्खेद अलिलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।  उनीहरुले भारतबाट भन्सार छली ल्याएका मोटरसाइकल यातायात व्यवस्था कार्यालय नारायणीबाट अन्य ठाउँमा सरुवा…विस्तृत समाचार »

युवती बलात्कार गर्ने दुई युवा पक्राउ

काठमाडौं, १४ मंसिर– बाँकेको साईगाउँ–९ का १८ वर्षीय कल्लु राई र १८ वर्षकै सीताराम राईले स्थानीय एक युवतीलाई पालैपालो बलात्कार गरेका छन् । उनीहरुले शुक्रबार राति ११ बजे १८ वर्षीया युवतीलाई कलात्कार गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।  बलात्कारको अभियोगमा प्रहरी चौकी साईगाउँले कल्लु र सीतारामलाई पक्राउ गरेको छ । प्रहरी चौकीमा जाहेरी प्राप्त हुनासाथ त्यसतर्फ खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो…विस्तृत समाचार »

​धारिलो हतियार प्रहारबाट बुहारीको हत्या

ताप्लेजुङ, ११ मंसिर  – आफ्नै बुहारीलाई धारिलो हतियार प्रहार गरी मारेको अभियोगमा  ताप्लेजुङको लिवाङ–८ का ६३ वर्षका हर्कबहादुर पाङ्वो लिम्बु पक्राउ परेका छन् । बुधबार राती साढे १० वजे घरायसी विवादमा उनले ३६ वर्षकी बुहारी इन्द्रकुमारीलाई धारिलो हतियार प्रहार गरेका थिए । गम्भीर घाइते ईन्द्रकुमारीको उपचारका लागि जिल्ला अस्पताल लैजाँदै गर्दा बिहीबार विहान साढे २ वजे मृत्यु भएको हो । यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले…विस्तृत समाचार »

​दुई अपहरणकारी पक्राउ

कास्की, ११ मंसिर  – अपहरणमा संलग्न दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ । कास्की लामाचौर गाविसका सचिव थानेश्वर ढुंगानालाई कात्तिक २६ गते उनकै घर पोखरा उपमहानगरपालिका–४ रामकृष्णटोल नजिकैबाट अपहरण गर्ने हेम्जा–६ का ३३ बर्षका ढाकाराम अधिकारी र वीरगंज घर भई पोखरा आलुमाईला चोक बस्ने २० वर्षका अश्विन सुरेखालाई पक्रेको हो । उनीहरुले ढुंगानालाई पोखरा उपमहानगरपालिका–४ को नवीन उच्च मावि नजिक रहेको नेवाः भुटु नामक क्याफेको…विस्तृत समाचार »

भन्सार छलेर ल्याएका मोवाइलसहित २ भारतीय पक्राउ

काठमाडौँ,  ११ मंसिर  –भन्सार छली ल्याएका विभिन्न कम्पनीका ९० थान मोवाइलसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । भारत मोतिहारी घर भएका ३० बर्षका अमितकुमार गुलाही र नयाँ दिल्ली घर भएका ६६ बर्षका बिन्दर सिंहलाई अवैध रुपमा ल्याइएको मोवाइल, ३ लाख नेपाली रुपैयाँ र ४ हजार ५ सय भारतीय  रुपैयाँसहित प्रहरीले पक्राउ गरेको हो ।  काठमाडौँ महानगरपालिका–१४ कलंकीस्थित सत्य तन्दुरी भोजनालय एण्ड गेष्ट हाउसको कोठा…विस्तृत समाचार »

​साथीको अश्लिल भिडियो वेवसाइटमा राख्ने युवक पक्राउ

काठमाडौँ, ७ मंसिर – आफुसँगै पढ्ने केटीसाथीको अश्लिल भिडियो र फोटोलाई वेवसाइटमा राख्ने एक युवकलाई प्रहरीले पक्रेको छ । अश्लिल भिडियो र फोटो वेवसाइटमा राखेर महिला साथीको चरित्र हत्या गर्न खोज्ने काठमाडौँ महानगरपालिका क्षेत्रपाटीका २७ वर्षका निरज शाक्यलाई महानगरीय अपराध महाशाखाको  टोलीले मंसिर ५ गते पक्राउ गरेको हो ।  उनलाई विद्युतीय करोवार ऐन अन्तर्गतको मुद्दामा कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौँमा पठाइएको प्रहरीले जनाएको छ…विस्तृत समाचार »

​प्रहरी कारबाहीमा मष्ट वान्टेड मारिए

भैरहवा, ७ मंसिर – रुपन्देहीमा प्रहरी कारबाहीमा मष्ट वान्टेड सूचीमा रहेका एक भारतीय नागरिक मारिएका छन् । शनिबार रुपन्देहीको विष्णुपुरा ५ मा प्रहरी कारबाहीमा भारतीय नागरिक सरफराज खानको मृत्यु भएको हो । उनी अपहरण, हत्या जस्ता अपराधमा संलग्न रहेको प्रहरीले जनाएको छ । भारतबाट हतियार लिएर आएको र विष्णुपुरामा रहेको सूचनाको आधारमा सादा पोसाकमा खटिएका प्रहरीले पिछा गर्दै जाँदा फायरिङ गरी भाग्न खोजेकाले जवाफी कारबाही…विस्तृत समाचार »

​एटिएम कार्ड चोरेर लाखौं रुपैयाँ निकाल्ने विदेशी पक्राउ

काठमाडौं, मंसिर ४ – एटिएम कार्ड पिन सहित चोरी गरेर बिभिन्न बैंकबाट लाखौं रुपैयाँ निकालेको आरोपमा प्रहरीले टर्किस नागरिक २४ वर्षका मेहमाट गुलेनलाई पक्रेको छ । प्रहरीले उनको साथबाट २६ लाख नेपाली रुपैयाँ, ५ हजार अमेरिकी डलर र एटिएम कार्ड फ्रर्ड गर्न प्रयोग गरेका बिभिन्न सामान बरामद गरेको छ । काठमाडौंको दरवारमार्ग स्थित होटल उडल्याण्डमा बस्ने गुलेनलाई प्रहरीले विशेष सुराकीको आधारमा ठमेलबाट पक्रेको हो । गेलेनले…विस्तृत समाचार »

horoscope

Redbull

YetiAirlines

Kumari jobs

NLG Life Insurance

राजनीति

प्रधानमन्त्रीद्वारा चुनावमा भाग लिन सबै पक्षलाई आग्रह

‘राजनीतिक सहमतिका आधारमा संविधान संशोधन प्रस्ताव टेबुल गरेर प्रक्रिया अगाडि बढाएको छ । संशोधन गरेरै चुनाव गर्न सरकार प्रतिवद्ध थियो’ प्रधानमन्त्री दाहालले भने, ‘निर्वाचनसँग अलिकति पनि नझस्किन आग्रह गर्छु । संविधान संशोधनका लागि पनि प्रतिवद्ध छु ।’

मोर्चाले सरकारलाई दिएको समर्थन बुधवारबाट फिर्ता लिने !

‘संविधान संशोधन बिना कुनै पनि चुनावमा हामी सहभागि हुँदैनौं भन्ने भोलिको वार्तामा जानकारी गराएर फर्कन्छौं’ उनले भने, ‘आजकै पोजिसन यदि सरकारको हो भने भोलिदेखि नै सरकारलाई दिएको समर्थन फिर्ता हुन्छ ।’ 

देशवासीका नाममा प्रधानमन्त्री पुष्पकमल दाहालको सम्बोधन (लाइभ)

काठमाडौं, १७ फागुन- प्रधानमन्त्री पुष्पकमल दाहालले देशवासीका नाममा गरेको सम्बोधनको अडियो लाइभ ।

विश्व

जापानी सम्राट तथा साम्राज्ञी विदेश भ्रमणमा

टोक्यो, १७ फागुन । जापानका सम्राट तथा साम्राज्ञी भियतनाम तथा थाइल्याण्डको एक साताब्यापी औपचारिक विदेश भ्रमणमा निस्किएका छन्  । 

विनादर्ता बैंकिङ कारोबार गर्ने आठ सय चिनियाँ पक्राउ

बेइजिङ (चीन), १७  फागुन । चीनले स्वदेशी मुद्रालाई बाहिर जान नियन्त्रण लिने प्रयासस्वरुप गरेको कारबाहीमा विनास्वीकृति बैंकिङ कारोबार गर्दै आएका करिब ८०० जनालाई पक्राउ गरेको चीनको गृह मन्त्रालयले जनाएको छ । 

डुङ्गा दुर्घटनामा कम्तीमा आठको मृत्यु

चेन्नाई (भारत) १६ फागुन । दक्षिण भारतमा आइतबार भएको एक डुङ्गा दुर्घटनामा कम्तीमा आठ व्यक्तिको मृत्यु भएको छ । सो घटनामा आठ स्वदेशी पर्यटकको डुबेर मृत्यु भएको छ भने, अन्य १७ जनालाई सकुशल उद्धार गरिएको छ । 

विचार

कार्यकर्तामा शक्ति भर्दै एमाले

|| हरि चन्द ‘अग्निपुन्ज’ ||  बदलिदो परिबेशमा  बिकसीत राजनीतिक घटनाक्रमबाट विकास हुने अन्तर-द्वन्द र प्रतिस्पर्धामा खरो रुपमा उत्रनलाई राजनीतिक विकासक्रम र त्यससंग सम्बन्धित मुलभूत समस्याहरुलाई बुझ्न जरुरि हुन्छ |

बाबुरामजी ! तपाईंको समर्थक बनेकामा पछुतो भो 

नयाँ संविधानले तल्लो तहमा वितरण गरेको अधिकार जनताका घरदैलोकै प्रतिनिधिमार्फत कार्यान्वयन गर्ने काम भाँड्न तपाईं अग्रसर हुनुहुन्छ, कसका लागि ? कसका लागि तपाईं यसो गर्दै हुनुहुन्छ, मान्छेले नभन्लान् तर, भनेनन् भन्दैमा बुझेका छैनन् भन्ने नठान्नुस् । तपाईं कसका लागि यो गर्दै हुनुहुन्छ ? त्यो तथ्य सबैका घाँटीघाँटीसम्म आएर अंड्किएको छ ।

नेपाललाई मरुभूमि र बिहार हरभरा बनाउने यस्तो छ भारतको नदिजोड परियोजना

नरेन्द्र मोदी सार्क सम्मेलनमा नेपाल आउँदा मोदीका सुरक्षा सल्लाकार अजित दोभाल तत्कालीन राष्ट्रपति रामवरण यादवसँग खुल्लै रुपले तराईमा थोरै प्रदेश चाहिन्छ र त्यसमा पनि चुरे सहितको चाहिन्छ भनेर माग नै राखेका थिए । 
 

Loading...
Top