अर्थ

​लगानीका लागि अनुकुल वातावरण : उर्जा मन्त्री ज्ञवाली

काठमाडौं, १६ कात्तिक – उर्जा मन्त्री राधा ज्ञवालीसँंग कोरियाली विद्युत उत्पादक कम्पनी (कोसेप) का कार्यकारी उपाध्यक्ष जोङ सेउक बु, महाप्रवन्धक यी बो सिउकसहितको टोलीले आइतबार भेटवार्ता गरेको छ । भेटका क्रममा मन्त्री ज्ञवालीले नेपाल राजनीतिक स्थिरतातर्फ अगाडि बढेको तथा नेपाल र भारतका वीच विद्युत व्यापार सम्झौता भइसकेकाले लगानीको वातावरण बन्दै गएको बताउनुभयो । उहांँले वर्तमान सरकारले लगानीका लागि अनुकुल सुरक्षित र सोहार्दपूर्ण वातावरण तयार पारेको…विस्तृत समाचार »

​सडक कामदारका लागि मेगा बैंक, डोलिडार र आइएलओबीच सम्झौता

काठमाडौं, १६ कात्तिक – नेपालका बिभिन्न ३३ जिल्लामा सञ्चालित राष्ट्रिय ग्रामीण यातायात सुदृढीकरण कार्यक्रमका लागि मेगा बैंक, स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग (डोलिडार) र अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) बीच त्रिपक्षीय सम्झौता भएको छ । आइतबार मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह, डोलिडारका महानिर्देशक जीवनकुमार श्रेष्ठ र आइएलओका निर्देशक जोश असालिनोले सम्झौतापत्रमा सम्झौतामा हस्ताक्षर गरे ।  डोलिडारको राष्ट्रिय ग्रामीण यातायात सुदृढीकरण कार्यक्रम अन्र्तगत…विस्तृत समाचार »

​निलम्बन विरुद्ध निरौला सर्वोच्चमा

काठमाडौं, १५ कात्तिक – नेपाल पर्यटन बोर्डका निलम्बित कामु कार्यकारी प्रमुख सुवास निरौलाले आफ्नो निलम्बन अवैधानिक भन्दै सर्वोच्च अदालतमा रिट दिएका छन् । सदस्य सचिव विना बसेको नेपाल पर्यटन बोर्डको सञ्चालक समितिको बैठकको निर्णय अवैधानिक हुने भन्दै उनले शुक्रबार सर्वोच्चमा रिट दिएका हुन् । बिहीबार पर्यटन बोर्ड सञ्चालक समितिका अध्यक्ष पर्यटन सचिव सुरेसमान श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले निरौलालाई निलम्बन गर्ने निर्णय गरेको थियो । सञ्चालक…विस्तृत समाचार »

​तत्काल गाडीभाडा नबढ्ने

काठमाडौं, १४ कात्तिक – शनिबारदेखि लागू हुने गरी बढाउन लागिएको गाडीभाडा तत्काल नबढ्ने भएको छ । भौतिक योजना तथा यातायात मन्त्रालयले गाडीभाडाका विषयमा अध्ययन गर्न विहीबार वैज्ञानिक भाडा अध्ययन समितिलाई जिम्मा दिएको छ । सात दिनमा समितिको प्रतिवेदन आएपछि यस विषयमा निर्णय गर्ने मन्त्रालयका सचिव तुलसीप्रसाद सिटौलाले बताए । प्रधानमन्त्री सुशील कोइरालाले पनि बिहीबार भौतिक योजना तथा यातायात मन्त्री विमलेन्द्र निधिलाई तत्काल गाडी भाडा नबढाउन…विस्तृत समाचार »

​नेपाल दक्षिण एसियामा दोस्रो लगानी गन्तव्य

काठमाडौं, १३ कात्तिक– विश्व बैंकले बुधबार सार्वजनिक गरेको एक प्रतिवेदनमा दक्षिण एसियाली देशमध्ये नेपाल दोस्रो उत्कृष्ट लगानी गन्तव्य रहेको उल्लेख छ । विश्व बैंकको 'डुइङ बिजनेस २०१५' प्रतिवेदनअनुसार दक्षिण एसियामा श्रीलंकापछि नेपाल उत्कृष्ठ लगानी गन्तव्य हो ।  प्रतिवेदनमा दक्षिण एसियाका माल्दिभ्स, भुटान, पाकिस्तान, भारत, बंगलादेश र अफगानिस्तानमा भन्दा नेपालमा लगानी गर्न सहज रहेका उल्लेख छ। बैंकले व्यवसायका लागि चाहिने ११ क्षेत्रका नीतिगत सुधार एवं व्यवसायमैत्री वातावरणका आधारमा…विस्तृत समाचार »

​पर्यटन बोर्डबाट निरौला निलम्बित

काठमाडौं, १३ कात्तिक – नेपाल पर्यटन बोर्डका कायम मुकायम कार्यकारी प्रमुख सुवास निरौला निलम्बित भएका छन् । बिहीबार बसेको पर्यटन बोर्डको सञ्चालक समितिको बैठकले उनलाई निलम्बन गर्ने निर्णय गरेको हो । निरौलाले करोडौं रुपैयाँ भ्रष्ट्राचार गरेकाले निलम्बन गरेर छानबिन गर्न संसदको सार्वजनिक लेखा समितिले निर्देशन दिएको एक हप्तापछि बोर्ड बैठकले उनलाई निलम्बन गरेको हो । सार्वजनिक लेखा समितिले कात्तिक ५ गते बसेको बैठकले निरौलालाई कात्तिक…विस्तृत समाचार »

​गाडीभाडा तत्काल नबढाउन निर्देशन

काठमाडौं, ११ कात्तिक – ब्यवस्थापिका संसदको उद्योग वाणिज्य तथा उपभोक्ता हित संबन्ध समितिले तत्काल गाडीभाडा नबढाउन निर्देशन दिएको छ । इन्धनको मूल्य घट्दै गएको र मूल्य वृद्धिका लागि अपनाइने अरु मापदण्डको वैज्ञानिकता र औचित्यबारे अध्ययन गर्नुपर्ने भन्दै समितिले भाडा नबढाउन निर्देशन दिएको हो । समिति अन्तर्गतको आपूर्ति तथा उपभोक्ता हित सम्बन्धी उपसमितिको बुधबार बसेको बैठकले प्राविधिक र सरोकारवालाहरुको प्रतिवेदनपछि मात्रै भाडा वृद्धिको निर्णय लिन भौतिक…विस्तृत समाचार »

​पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने बाटो खुल्यो

काठमाडौ, ११ कात्तिक – पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउनका लागि नेपाल नागरिक उड्ययन प्राधिकरण र चिनियाँ कम्पनीबीच भएको सम्झौतालाई सोमबार मन्त्रीपरिषद बैठकले अनुमोदन गरेको छ । प्राधिकरण र चाइना सिएएमसी इन्जिनियरिङ जेठ ८ गते भएको सम्झौतालाई मन्त्रीपरिषदले अनुमोदन गरेपछि पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउने बाटो खुलेको छ । मन्त्रीपरिषदले सम्झौता अनुमोदन गरेपछि पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बन्ने पक्का भएको संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री दीपकचन्द्र…विस्तृत समाचार »

​साझा यातायातको कार्यकारी अधिकृतमा बुढा नियुक्त

काठमाडौं, ११ कात्तिक – साझा यातायात सञ्चालक समितिले कार्यकारी अधिकृतमा मेकानिकल इन्जिनियर शेरबहादुर बुढालाई नियुक्त गरेको छ । काठमाडौं विश्वविद्यालयबाट मेकानिकल इन्जिनियरिङमा स्नातकोत्तर गरी सडक विभागमा १४ वर्ष काम गरेर अवकाश लिएकाबुढालाई कात्तिक १ गतेदेखि लागू हुने गरी नियुक्त गरिएको साझा यातायातले जनाएको छ । अध्यक्ष कनकमणि दीक्षितले बुढाको सीप र स्थापित प्रतिबद्धताको कारण सार्वजनिक यातायातमा उच्च मापदण्डका साथ सुधार गर्ने साझाले यात्रुलाई अझै सुविधा…विस्तृत समाचार »

​आहा ! मन लोभ्याउने मनास्लु (तस्बिरहरु सहित)

विनोद ढकाल  – अक्टोबर महिना पर्यटनको ‘पिक सिजन’ मानिन्छ । यस वर्ष अत्याधिक हिमपातका कारण नेपालको प्रमुख पदयात्रा गन्तब्य अन्नपूर्ण फेरोमा धेरै पर्यटक र नेपाली सहयोगीले ज्यान गुमाउनुपर्‍यो । कहिलेकाँही हुने दुखद् घटनालाई छाड्ने हो भने नेपालका पदयात्रा गन्तब्यहरु विश्वमा नै राम्रा मानिन्छन् । विशेषगरी युरोपेली पर्यटकले बढी रुचाउने मनास्लु क्षेत्र पनि नेपालको उत्कृष्ट पदयात्रा गन्तब्य हो । गोरखाको उत्तरी क्षेत्रमा पर्ने मनास्लु पदयात्रा, हिमाल आरोहण,…विस्तृत समाचार »

horoscope

National Reconstruction Authority

Redbull

YetiAirlines

NLG Life Insurance

राजनीति

स्थानीय निर्वाचनको मिति चाँडो घोषणा गर –रामचन्द्र पौडेल

काठमाडौँ, ७ माघ –व्यवस्थापिका–संसद्को आजको बैठकमा प्रमुख दलका नेता तथा सांसदले अविलम्ब स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्न सरकारसँग माग गरेका छन् । 

नेपाल बिखण्डन गर्ने पटना बैठकको संसदमा चर्काे विरोध 

‘केही समय अगाडि भारतको पटनामा राष्ट्रिय एकता, समाजिक सद्भाव, अखण्डता र सुरक्षामा आँच आउने किसिमले नेपालका केही राजनीतिक दल तथा समुहका प्रतिनिधिहरुले बैठक–भेला गरेको भन्ने कुरा सुन्नमा आएकोले मैले त्यसबारे प्रधानमन्त्री तथा अन्य चार दलका जिम्मेवार नेताहरुको ध्यानाकर्षण गराउँदै सत्यतथ्य माग गरेकोमा प्रधानमन्त्री स्वयंले गम्भीर अनुसन्धान गरी यथार्थ विवरण जानकारी गराउनुको साटो त्यस विषयलाई हल्का र राजनीतिक दाउपेचमा उपयोग गर्ने प्रयत्न गरेको देखियो’ रावलले संसद बैठकमा भने, ‘मैले उक्त विषयलाई गम्भीर र भरपर्दाे जानकारीको आधारमा मात्र प्रधानमन्त्री लगायतका शीर्ष नेताहरुको ध्यानाकर्षण गराएको स्पष्ट पार्न चाहन्छु ।’ 

संशोधनको प्रस्ताव नै परिमार्जन हुनुपर्छ– अध्यक्ष ठाकुर

विराटनगर, ७ माघ – तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले परिमार्जनसहित संविधान संशोधनको प्रस्ताव पारित हुनुपर्ने बताएका छन् । 

विश्व

नाइजेरियाली विश्वविद्यालयमा आत्मघाती बम आक्रमण, छ जनाको मृत्यु

अबुजा नाइजेरिया, माघ – नाइजेरियाको उत्तरपूर्वी राज्य ब्रनोको राजधानी मैदुगुरीमा सोमबार एक विश्वविद्यालयमा आत्मघाती बम विस्फोट गराइँदा कम्तिमा छ जनाको मृत्यु भएको यहाँको प्रहरीले जनाएको छ । 

घटनामा १५ जना घाइते भएको बताइएको छ

बङ्गलादेशमा हत्याका आरोपमा छब्बीसलाई मृत्युदण्ड  

ढाका, ३ माघ – बङ्गलादेशको एक अदालतले सत्ताधारी अवामी लिगका राजनीतिज्ञहरूले राजनीतिक प्रतिद्वन्द्वीको हत्या गर्न मुलुकको उच्च सुरक्षा निकायलाई कसरी उपयोग गरे भनि सुनुवाइ गरेपछि २६ व्यक्तिलाई सोमबार मृत्युदण्डको निर्णय सुनाएको छ । 

रुसले अति शक्तिशाली लामोदूरीको क्षेप्यास्त्र परीक्षण ग¥यो

मस्को, ४ माघ – रुसले जल तथा जमिन दुबै स्थानबाट प्रहार गर्न सकिने, अति शक्तिशाली, लामोदूरीको क्षेप्यास्त्रको आज परीक्षण प्रक्षेपण गरेको छ । 

विचार

सीके राउतसँग बाबुराम–प्रचण्डको बिखण्डनवादी कनेक्सन

||  रामशरण बजगाईं/विजय ढकाल  || सतहमा हेर्दा यो बिषय सामान्य र अपत्यारिलो लाग्छ । इरान हुँदै पाकिस्तान पुगेको मानिस कसरी नेपालको तराइसँग जोडियो भन्ने प्रश्न उठ्न सक्छ । हामीलाई पनि त्यस्तै लाग्थ्यो । तर हालसालै भारतीय काश्मिरकी  मुख्यमन्त्री महबूबा मुफ्तीले गरेको एउटा खुलासाले हामीलाई झस्कायो । 

नेपाल–भारत सम्बन्धमा ओली फर्मुला के हो ?

|| रामशरण बजगाईं/विजय ढकाल || 
बाबुरामले त प्रधानमन्त्री बन्नासाथ भारतसँगको सम्बन्धमा जुवा खेल्न छुट मागे । सत्ताको चाबी दिल्लीलाई बुझाएर नेपालमा घोषणा गरे 'चाबी अन्तै रहेछ,' 'नेपाल भारतमा मर्ज वा सब्मर्ज हुन सक्छ ।'  फेरि पनि उनै  बाबुराम सोध्छन्– भारतसँग सम्बन्ध सुधार्ने ओली फर्मुला  के हो ? 

‘ओलीजम भर्सेस माथुरजम’ खडा गर्ने हो बाबुरामजी ? 

रामशरण बजगाईं/विजय ढकाल

बाबुराम भट्टराई  र उनले तालिम दिएका चेला चपेटाहरु काठमाडौं र दिल्लीबाट जयशंकरलाई सूचना दिंदै थिए– ‘कोइरालाको कार्यालयबाटै भारत बिरोधी गतिविधि संचालित छ ।’ 

Loading...
Top