कला / मनोरञ्जन

देउसी खेल्दै छमछमी नाचे कलाकार

कृष्ण पौड्याल – काठमाडौ, ५ कात्तिक – हिन्दु नेपालीको दोश्रो ठूलो पर्व तिहारको अवसरमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले देउसीभैलो कार्यक्रम गरेको छ । काठमाडौको अनामनगरमा भएको देउसीभैलोमा अग्रज कलाकार नारायण रायमाझी, दुर्गा रायमाझी, शर्मिला गुरुङ, शीला आले, शंकर विसी लगायतका करिव एक सय ५० जना कलाकार सहभागी थिए । अनामनगरको ब्लुमिङ स्कुलमा खेलिएको देउसीभैलोबाट करिब पाँच लाख रुपैयाँ संकलन भएको प्रतिष्ठानका अध्यक्ष चन्द्र शर्माले…विस्तृत समाचार »

दिउँसो देउसी खेल्नुको के अर्थ ?

विनोद ढकाल  सरकारले शान्ति सुरक्षालाई ध्यानमा राख्दै बेलुकी ७ बजेसम्म मात्र देउसी भैलो खेल्न दिएको समय संशोधन गरेर ९ बजेसम्म पुर्‍यायो । नेपाल विद्युत प्राधिकरणले पनि तिहारमा झिलिमिली पार्न बिजुली नपुग्ने भन्दै साँझमा दीपावली गरेमा बत्ति काटिदिने चेतावनी नै दियो । बहुसंख्यक हिन्दु समुदायले मनाउने दोस्रो ठूलो पर्व तिहारका गतिविधि नियन्त्रण गर्ने गरी आएका यी दुई सूचनाले धेरै नागरिकलाई निराश पारेको छ । सामाजिक सञ्जालमा…विस्तृत समाचार »

दीयाले बिहेमै गरिन् छोरी जन्माउने घोषणा

मुम्बई, ३ कात्तिक (एजेन्सी) : भारतीय अभिनेत्री दीया मिर्जा आफ्ना व्यावसायिक साझेदार साहिल साँघासँग हालै विवाह बन्धनमा बाँधिएकी छन् । विवाह समारोहमै उनले आफूले तत्कालै एउटी छोरीलाई जन्म दिन चाहेको खुलासा पनि गरिन् । विवाह मण्डपमा मन्त्र पढ्दै पण्डितले भने– म कामना गर्छु, तिमी चाँडै नै एक छोराकी आमा बन । तर, पण्डितको उक्त आशीर्वादको दीया र साहिल दुवैले एकैपटक आपत्ति जनाउँदै आफूहरुले छोरा होइन…विस्तृत समाचार »

धर्मराज थापाको शोक पुस्तिकामा के लेखे नेताहरुले ?

जनकवि केशरी धर्मराज थापाको निधनप्रति निरन्तर शोक ब्यक्त भइरहेको छ । उहाँका छोराछोराहरु किरिया बसेको स्थल पशुपतिमा पुगेर बिभिन्न राजनीतिक दलका नेता, साहित्यकार, बिभिन्न क्षेत्रका विशिष्ट ब्यक्तिहरुले मौखिक र लिखित रुपमा थापाप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना दिइरहेका छन् । पशुपतिस्थित किरियाघरमा राखिएको शोक पुस्तिकामा यसरी शोक र समवेदना प्रकट गरिएको छः लोक साहित्य र सङ्गीत सङ्कलन तथा प्रवर्धनमा आजीवन समर्पित रहेर गीतमा सामाजिकता भित्र्याउने काम…विस्तृत समाचार »

अभिनेत्री गरिमा पन्त भन्छिन् ‘फिल्ममा टिक्नलाई आइटम डान्स नै चाहिदैन’

नेपाली चलचित्रमा छोटो अवधिमै सफलता र चर्चा कमाउन सफल अभिनेत्री हुन् गरिमा पन्त । अघिल्लो वर्ष चलचित्र झोलामा गरेको अभिनयबाट चर्चा कमाएकी उनी यतिबेला बर्जर पेन्टकी ब्राण्ड एम्बेस्डर बनेर देश दौडाहामा छिन् । उनी युनिसेफद्वारा बालबालिकाका लागि सञ्चालित ‘सुनौला हजार दिन’ अभियानमा पनि संलग्न छिन् । यसै सिलसिलामा दाङ पुगेकी गरिमाले चक्रपथ अनलाइनसँग टेलिफोनमा गरेको संवाद : अचेल के गर्दै हुनुहुन्छ ? म बर्जर पेन्टकी…विस्तृत समाचार »

​१५ ठाउँमा डेरा सरेँ : प्रमोद खरेल

नेपाली संगीत क्षेत्रमा पछिल्लो समय व्यस्त र चर्चित गायक हुन्, प्रमोद खरेल । उनले गाएको ‘म विना कसैकसैलाइ मुश्किल छ पोखरामा’, ‘हंगामा भो’,  ‘मलाइ जसले पनि किन रुवाउँछ’, ‘याद गर्न पनि’, जस्ता पप गीत चर्चित छन् । उनी आधुनिक, शास्त्रीय, तथा पाश्र्वगायन पनि पनि उत्तिकै चिनिएका छन् । देश विदेशमा हुने सांगितिक कार्यक्रममा उनको माग बढ्दो छ । हालसम्म दुई हजार भन्दा धेरै गीतमा स्वर…विस्तृत समाचार »

संगीतमा पर्दा पछाडिका नायक श्याम

कृष्ण पौड्याल प्रविधिले हिजोआज धेरै कामलाई सजिलो बनाइदिएको छ । संगीत क्षेत्र यसबाट अछुतो रहने कुरै भएन । पहिले जस्तो सबै वाद्यवादन टोलीलाई एकैपटक भेला पारेर गीत गाउनुपर्ने बाध्यता अहिले छैन । वाजागाजा, स्वर र धुनहरु पछि थप्न र मिसाएर राम्रो गीत बनाउन सकिन्छ । त्यसैले एउटा राम्रो गीत तयार पार्नका लागि मिक्सिङको महत्वपूर्ण भूमिका हुन्छ । शब्द, स्वर, संगीत, संगीत संयोजन गरी गीत तयार…विस्तृत समाचार »

​जनकवि धर्मराज थापाको निधन

काठमाडौ, २८ असोज – जनकवि केशरी धर्मराज थापाको मंगलबार निधन भएको छ । मस्तिष्कघातबाट पीडित थापाको मंगलबार विहान आफ्नै निवासमा ९१ वर्षको उमेरमा निधन भएको हो । पोखरा बाटुलेचौरमा वि. सं. १९८१ सालमा जन्मिएका थापाको पार्थिव शरीरलाई मंगलबार नै नेपाल प्रज्ञा प्रतिष्ठानमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो । उहाँलाई श्रद्धाञ्जली दिन प्रधानमन्त्री सुशील कोइराला, बिभिन्न राजनीतिक दलका नेताहरु, मन्त्रीहरु तथा कलाकार तथा गायक गायिकाहरु प्रज्ञा…विस्तृत समाचार »

​साहरा दिएन सारंगीले

कृष्ण पौड्याल काठमाडौ, २५ असोज – बालाजुमा डेरामा बस्ने डम्बर गन्धर्व बिहान ८ बजे नै सारङ्गी बेच्न ठमेल बजार आइपुग्नुहुन्छ । काठमाडौको पर्यटकीय क्षेत्र ठमेलको चोक र गल्लीमा घुमिरहने उहाँको ध्यान विदेशी पर्यटकतिर हुन्छ । पर्यटक देख्नासाथ पछि लाग्ने डम्बरले जानी–नजानी अंग्रजीमा नेपाली लोकबाजा सारङ्गी किन्न आग्रह गर्नुहुन्छ । एकछिन अनुरोध गर्दा पनि वास्ता नगरेमा फेरि अर्को पर्यटक खोज्नतिर लाग्नुहुन्छ । बेलुका ८ वजेसम्म ठमेल…विस्तृत समाचार »

​नेपाली फिल्म: कला छ पैसा छैन

नेपालमा वर्षमा सरदर एक सयवटा चलचित्र बन्छन्, तिमध्ये एक दर्जनजतिले मात्र लगानी उठाइरहेका हुन्छन् । तर पछिल्लो समयमा युवा चलचित्रकर्मीले बनाएका फरक धारका चलचित्र ब्यवसायिक रुपमा पनि सफल भएका छन् । यसवर्षको एनसेल लिटरेचर फेष्टिवलमा फरक धारको नेपाली चलचित्र बनाउने र ब्यापारिक रुपमा पनि सफल भएका तीन जना युवा निर्देशक छलफल भएको थियो । कान्तिपुरका पत्रकार यज्ञशले सञ्चालन गरेको छलफलमा चलचित्र कर्कशका निर्माता तथा निर्देशक…विस्तृत समाचार »

horoscope

National Reconstruction Authority

Redbull

YetiAirlines

NLG Life Insurance

राजनीति

स्थानीय निर्वाचनको मिति चाँडो घोषणा गर –रामचन्द्र पौडेल

काठमाडौँ, ७ माघ –व्यवस्थापिका–संसद्को आजको बैठकमा प्रमुख दलका नेता तथा सांसदले अविलम्ब स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्न सरकारसँग माग गरेका छन् । 

नेपाल बिखण्डन गर्ने पटना बैठकको संसदमा चर्काे विरोध 

‘केही समय अगाडि भारतको पटनामा राष्ट्रिय एकता, समाजिक सद्भाव, अखण्डता र सुरक्षामा आँच आउने किसिमले नेपालका केही राजनीतिक दल तथा समुहका प्रतिनिधिहरुले बैठक–भेला गरेको भन्ने कुरा सुन्नमा आएकोले मैले त्यसबारे प्रधानमन्त्री तथा अन्य चार दलका जिम्मेवार नेताहरुको ध्यानाकर्षण गराउँदै सत्यतथ्य माग गरेकोमा प्रधानमन्त्री स्वयंले गम्भीर अनुसन्धान गरी यथार्थ विवरण जानकारी गराउनुको साटो त्यस विषयलाई हल्का र राजनीतिक दाउपेचमा उपयोग गर्ने प्रयत्न गरेको देखियो’ रावलले संसद बैठकमा भने, ‘मैले उक्त विषयलाई गम्भीर र भरपर्दाे जानकारीको आधारमा मात्र प्रधानमन्त्री लगायतका शीर्ष नेताहरुको ध्यानाकर्षण गराएको स्पष्ट पार्न चाहन्छु ।’ 

संशोधनको प्रस्ताव नै परिमार्जन हुनुपर्छ– अध्यक्ष ठाकुर

विराटनगर, ७ माघ – तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले परिमार्जनसहित संविधान संशोधनको प्रस्ताव पारित हुनुपर्ने बताएका छन् । 

विश्व

नाइजेरियाली विश्वविद्यालयमा आत्मघाती बम आक्रमण, छ जनाको मृत्यु

अबुजा नाइजेरिया, माघ – नाइजेरियाको उत्तरपूर्वी राज्य ब्रनोको राजधानी मैदुगुरीमा सोमबार एक विश्वविद्यालयमा आत्मघाती बम विस्फोट गराइँदा कम्तिमा छ जनाको मृत्यु भएको यहाँको प्रहरीले जनाएको छ । 

घटनामा १५ जना घाइते भएको बताइएको छ

बङ्गलादेशमा हत्याका आरोपमा छब्बीसलाई मृत्युदण्ड  

ढाका, ३ माघ – बङ्गलादेशको एक अदालतले सत्ताधारी अवामी लिगका राजनीतिज्ञहरूले राजनीतिक प्रतिद्वन्द्वीको हत्या गर्न मुलुकको उच्च सुरक्षा निकायलाई कसरी उपयोग गरे भनि सुनुवाइ गरेपछि २६ व्यक्तिलाई सोमबार मृत्युदण्डको निर्णय सुनाएको छ । 

रुसले अति शक्तिशाली लामोदूरीको क्षेप्यास्त्र परीक्षण ग¥यो

मस्को, ४ माघ – रुसले जल तथा जमिन दुबै स्थानबाट प्रहार गर्न सकिने, अति शक्तिशाली, लामोदूरीको क्षेप्यास्त्रको आज परीक्षण प्रक्षेपण गरेको छ । 

विचार

सीके राउतसँग बाबुराम–प्रचण्डको बिखण्डनवादी कनेक्सन

||  रामशरण बजगाईं/विजय ढकाल  || सतहमा हेर्दा यो बिषय सामान्य र अपत्यारिलो लाग्छ । इरान हुँदै पाकिस्तान पुगेको मानिस कसरी नेपालको तराइसँग जोडियो भन्ने प्रश्न उठ्न सक्छ । हामीलाई पनि त्यस्तै लाग्थ्यो । तर हालसालै भारतीय काश्मिरकी  मुख्यमन्त्री महबूबा मुफ्तीले गरेको एउटा खुलासाले हामीलाई झस्कायो । 

नेपाल–भारत सम्बन्धमा ओली फर्मुला के हो ?

|| रामशरण बजगाईं/विजय ढकाल || 
बाबुरामले त प्रधानमन्त्री बन्नासाथ भारतसँगको सम्बन्धमा जुवा खेल्न छुट मागे । सत्ताको चाबी दिल्लीलाई बुझाएर नेपालमा घोषणा गरे 'चाबी अन्तै रहेछ,' 'नेपाल भारतमा मर्ज वा सब्मर्ज हुन सक्छ ।'  फेरि पनि उनै  बाबुराम सोध्छन्– भारतसँग सम्बन्ध सुधार्ने ओली फर्मुला  के हो ? 

‘ओलीजम भर्सेस माथुरजम’ खडा गर्ने हो बाबुरामजी ? 

रामशरण बजगाईं/विजय ढकाल

बाबुराम भट्टराई  र उनले तालिम दिएका चेला चपेटाहरु काठमाडौं र दिल्लीबाट जयशंकरलाई सूचना दिंदै थिए– ‘कोइरालाको कार्यालयबाटै भारत बिरोधी गतिविधि संचालित छ ।’ 

Loading...
Top