फरक पाटो

क्यान्सरलाई जितेका भक्तराज आचार्यले भने : म मरे पनि देशका लागि केपी ओली बाँच्नु पर्छ

  •बिनु पोखरेल काठमाडौं, १२ मंसिर– दुई दाँत मात्रै मुखमा बाँकी छन्, हातका औंलाका सबै नङ झरेका छन् । बोली प्रष्ट छैन । बोल्न समेत अप्ठ्यारो छ । बिगत २३ बर्षदेखि ठोस खान सक्दैनन् । झोलीलो कुरा पनि अरुले नै खुवाईदिनपर्छ, त्यो पनि सुताएर । पिसाब पनि नियन्त्रण हुँदैन । आगन्तुकसँग भेटघाट र सम्बादसँग कुनै रुची छैन ।   २३ वर्षअघि जिब्रोको क्यान्सर भएर जिब्रो काटिएका…विस्तृत समाचार »

साझा बसमा सिंहदरबार गए प्रधानमन्त्री

  काठमाडौं, १२ मंसिर–प्रधानमन्त्री पुष्पकमल दाहाल साझा बसमा चढेर सिंहदरबार गएका छन् । साझाले ल्याएको ३० वटा नयाँ बसको उद्घाटन गर्न ललितपुरको पुल्चोक पुगेका प्रधानमन्त्री त्यहीँबाट बस चढेर सिंहदरबार गएका हुन् । उनीसँगै केहि मन्त्री तथा सचिव पनि बसमा चढेर सिंहदरबार गएका छन् । विस्तृत समाचार »

लालचन्द्रलाई ४५ वर्षदेखि एउटै कुर्सी प्यारो !

रामबहादुर थापा बागलुङ, ८ मङ्सिर । कुनै कृत्रिम रङ्गले होइन, बस्दा–बस्दा कुर्ची टिलिक्क टल्कने भएको छ । चिल्लो, पुतली पनि लर्कलाजस्तो ! ४५ वर्षसम्म लगातार प्रयोगमा आउँदा कुर्ची सायद पातलियो पनि होला, साह्रै हलुङ्गो भएको छ ।  उसबेला ठोकेका काँटी खुकुलो हुँदा कुर्ची लरखराउँछ पनि । तर उक्त कुर्ची अझै एक पसल मालिकको ‘प्रियवस्तु’मा पर्छ । यतातिरको ज्यादै बलियो मानिने सिर्मुको कुर्ची । ५२ वर्षदेखि…विस्तृत समाचार »

अमेरिकन मितले बनाइदिए गन्धर्वको घर

प्रशन्न पोखरेल घ्याम्पेशाल (गोरखा), ७ मङ्सिर । गाउँघरतिर अनुहार मिल्ने अर्को व्यक्तिसँग मित बोल्ने गरिन्छ । मित लगाएपछि एकले अर्कोको घरमा आउजाउ गर्ने प्रचलन रहन्छ । मितले चाहे भने मितलाई दुःख परेका बेला कतिसम्म सहयोग गर्न सक्छन् भन्ने उदाहरण गोरखाको मसेलस्थित घ्याम्पेशालमा भेटिन्छ ।  भूकम्पले मितको घर क्षति भएको थाहा पाएका अमेरिकाका ब्यान्डेनले आफ्ना मित ठाकुर गन्धर्वको घर बनाइदिएका छन् । मसेल–९ लामाचौरमा करिब रु…विस्तृत समाचार »

१७ वर्षे दुलाहा, ७१ वर्षे दुलही !

  एजेन्सी, ५ मंसिर-हामीले समयसमयमा केही दम्पतीको कथा पढ्दै आएका छौँ जसले हामीलाई अचम्ममा पार्छन् । तर, यस्ता समाचार आउन छाड्दैनन् । अहिले इन्टरनेटमा त्यस्तै भाइरल भएको एउटा दम्पतीको कथा छ । यो दम्पती लन्डनको हो । यो दम्पतीबारे मानिसहरूले अहिले अत्यन्त धेरै चासो दिइरहेका छन् ।   यसको कारण हो, दुईको उमेर । यीमध्ये केटाको उमेर १७ वर्ष हो भने केटीको ७१ वर्ष ।…विस्तृत समाचार »

यी हुन् लामो दुरीमा गाडी हाँक्ने नेपालकै पहिलो महिला ड्राइभर

  छोटो दुरीमा मात्रै महिलाले भाडाका सवारी चलाइरहेका बेला मोरङ मधुमल्ला तोरीबारीकी लक्ष्मी पाण्डेले नयाँ उदाहरण प्रस्तुत गरेकी छिन् । उनले झापा-काठमाडौं यात्रा गर्नेहरुलाई गन्तव्यमा पुर्‍याउने जिम्मेवारी सम्हालेकी छिन् ।   हाल झापाको दमकमा बस्दै आएकी लक्ष्मी झापा-काठमाडौं रुटमा सञ्चालन हुने मे १ ज २१६३ नम्बरको टाटा सुमो चलाउँछिन् । उनी सम्भवतः लामो दुरीमा सवारी चलाउने नेपालकै पहिलो महिला चालक हुन्  ।   गत असोज…विस्तृत समाचार »

पराजयपछि हिलारीको भावुक सम्बोधन : मन पीडाले भरिएको छ

  काठमाडौं, २५ कात्तिक-हो, मन पीडाले भरिएको छ । निर्वाचन परिणामसँगै मैले डोनाल्ड ट्रम्पलाई बधाई दिएँ र देशका लागि सँगै मिलेर काम गर्ने बताएँ । ट्रम्प सबै अमेरिकनको सफल राष्ट्रपति हुन्छन् भन्ने मेरो अपेक्षा छ । हामीले यति धेरै मिहिनेत गरेको यो नतिजाका लागि थिएन, म माफी चाहन्छु हामीले यो चुनाव जितेनौँ । हामी सबै मिलेर जुन चुनावी अभियान सम्पन्न गर्‍यौँ, त्यसमा आफूलाई कृतज्ञ महसुस…विस्तृत समाचार »

समुद्री किनारमा भेटिएको त्यो पर्स, एक रोमाञ्चकारी कहानी

रमेशकुमार आचार्य अर्जेन्टिना, एउटा यस्तो देश— नेपालबाट ठीक विपरीत दिशामा रहेको, यो धर्तीको पश्चिमी दूरदराजको मुलुक । कतिपय अर्थमा नेपालसँग मिल्दोजुल्दो विकासको अवस्था, र कतिपय रुपमा विकासमा निकै अघि बढिसकेको पनि ।  अक्सर नेपालमा कहिले काहिँ होड पनि चल्ने गर्छ । नेपाली युवाहरुका लागि एउटा यस्तो मिथक पनि हो अर्जेन्टिना— जब विश्वकपको मैदानमा उत्रिरहेका हुन्छन् अर्जेन्टिनी म्याराडोनाहरु, अनायास फ्यान बन्नेहरुको घुँइचो उत्रिन्छ । के सबै…विस्तृत समाचार »

गाउँ ब्युँझाउने एउटी कटुवाल्नी

•बिनु पोखरेल  दसैंको टीकाको भोलिपल्ट थियो । म बुहारी धन्दामा थिएँ । पिठ्युँमा ठूलो धोक्रो बोकेकी एक बृद्धा आँगनको डिलैमा आएर घरतिर मुन्टो फर्काएर कराइन्– मास्टरनी ! ए मास्टरनी, कता जानु भा छ ? हजुर को हुनुहुन्छ ? ठूली बुहारी हो कि ? धुवाँले खाएका भाँडा माझ्दै गरेकी मतिर हेर्दै उनले भनिन्– मास्टरनी कता जानुभएछ ? पानी दिनुहुन्छ कि ? मैले हाँस्दै रछानबाटै उठेर नमस्कार…विस्तृत समाचार »

जब मुखर्जीले जहाजबाट सगरमाथा हेरे,,,

  काठमाडौं, २० कात्तिक–२८ हजार अमेरिकी डलरमा चार्टर गरिएका बुद्ध एयरका दुइटा विमानमध्ये शुक्रबार जनकपुरका लागि उडेको एउटा एटीआर विमान काठमाडौंबाट बिहान १० बजेर २६ मिनेटमा सिन्धुपाल्चोक हुँदै उत्तरतर्फ लाग्यो । जसमा थिए, भारतीय राष्ट्रपति प्रणव मुखर्जी । उक्त उडानको उद्देश्य थियो, मुखर्जीलाई दोलखामा पर्ने गौरीशंकरदेखि संखुवासभामा पर्ने मकालु हिमाल देखाउने ।   मुखर्जीलगायत जहाजमा सवार अतिथि यात्रुहरूले गौरीशकंर हेर्दै गर्दा ककपिटबाट क्याप्टेन रञ्जन शर्माले…विस्तृत समाचार »

horoscope

Redbull

YetiAirlines

Kumari jobs

NLG Life Insurance

राजनीति

सर्वदलीय बैठकमा मधेसी मोर्चा अनुपस्थित

काठमाडौँ, १० फागुन । स्थानीय तहको निर्वाचनको मिति घोषणा भएको सन्दर्भमा संविधान संशोधन प्रस्तावलाई संसद्मा छलफल गराउने विषयमा सर्वदलीय बैठक अहिले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँबानेश्वरमा जारी छ । 

निर्वाचनमा भाग लिऔँ, आफ्नो हैसियत नापौँ – वरिष्ठ नेता नेपाल

काठमाडौँ, १० फागुन । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले निर्वाचन क्षेत्र निर्धारण आयोग तुरुन्त गठन गर्न सरकारसँग माग गरेका  छन् । 
 

क्याम्पसमा अध्ययन गर्दासम्म मात्र स्ववियुमा रहने

काठमाडौँ ,१० फागुन । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) मा निर्वाचित पदाधिकारी र सदस्यहरु क्याम्पसमा अध्ययनरत रहँदा मात्र पदमा बस्न पाउने भएका छन् । 
 

विश्व

पाकिस्तानी अदालतमा आक्रमण, चार जनाको मृत्यु

इश्लामाबाद, १० फागुन । पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा पर्ने चार्सद्धा जिल्लामा रहेको एक स्थानीय अदालतमा आत्मघाती बम आक्रमण हुँदा कम्तीमा छ जनाको मृत्यु भएको छ । 
 

डोनाल्ड ट्रम्पद्वारा नयाँ सुरक्षा सल्लाहकार नियुक्त

वासिङटन, १० फागुन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकारमा लेफ्टिनेन्ट जनरल हर्वर्ट म्याकमास्टरलाई नियुक्त गरेका छन्  । 

९३ वर्ष पुग्दा पनि राष्ट्रपति मुगावे अवकाश लिन अनिच्छुक

हरारे, ८ फागुन– जिम्बाबेका राष्ट्रपति रोबर्ट मुगाबे, मङ्गलबार ९३ वर्ष पुग्दै छन् र उनले आफूलाई स्वीकार्य प्रतिस्थापक फेला नपरेकाले आफूले शक्ति परित्याग गर्ने योजना नबनाएको बताएका छन् । 

विचार

ओली डक्ट्रिन, प्रचण्ड र पाँच बुँदे रोडम्याप 

प्रचण्डजी ‘चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरी’को दशामा छन् । असक्षमताको पगरी गुथेर फर्कनुको अर्को बाटो उनीसामु देखिन्न । दक्षिणपन्थीहरुको बैसाखी टेकेर नौनीको लिस्नो मार्फत बालुवाटार छिरेको नतिजा आगोमा पग्लदा सडकमा नै हुने अवस्थामा आइपुग्ने भयो ।

एरिका नाम गरेकी फिजियो थेरापिष्टलाई त्रिभुवनको सूचना चोर्न अंग्रेजले खटाएका थिए

त्रिभुवन सौखिन खालका मान्छे थिए, त्यही कारण धेरै ठाउमा प्रयोग पनि भए । एरिका भन्ने एकजना अंग्रेज फिजिओथेरापिष्ट त्रिभुवनको साथमा थिइन् । अंग्रेजहरुले एरिका मार्फत सूचना चोर्ने र त्रिभुवनलाई गलाउने काम गरे ।
 

सुन्दरीजल जेलबाट मध्यरातमा बीपीलाई नारायणहिटी ल्याइएको कुरा किन आउँदैनन् ?

नेपालमा अत्यावश्यक ठानिएको पूर्व–पश्चिम राजमार्ग शिलान्यास गर्न बीपीलाई केले रोक्यो ? उनकै कार्याकालमा कोदारी राजमार्ग निर्माणको प्रस्ताव आएको थियो । तर, उनले आर्थिक रुपमा आवश्यक नभएको भन्दै प्रस्तावलाई इन्कार गरे । यद्यपी कुनै औपचारिक शिक्षा नलिएका, आफ्नो सम्पूर्ण किशोर जीवन राणाकालीन दरवारको खोपीमा विताएका राजा महेन्द्रले नै यी दुवै काम किन गर्नु पर्यो होला ?

Loading...
Top