फरक पाटो

विष्णु ढकालसँग चितासंवादः लास जलाउनेको कस्तो होला मन ? 

•बिनु पोखरेल एक तमासको भदौरे घाम, यसै पनि आँत सुक्नेगरी चर्केको छ । अलि परबाट केहीको संख्यामा लास लिएर मलामी आए शंख बजाउँदै । मलामीले ब्रह्मनालमा लास विसाए । आफन्त र परिवार सम्हलीनसक्नु गरी रुँदै थिए । कोही सम्झउँथे, कोही आफै रुँन्थे । कोही मृत्यु संस्कारमा चाहिने सामानको जोहो गर्दै थिए । भदौरे बागमती भरी भएर बगेको थियो । केहीबेर अघिसम्म टिला टिप्दै गरेका बालबालिका…विस्तृत समाचार »

ज्येष्ठ नागरिक महोत्सवमा वृद्धाको संवाद : 'राष्ट्रपतिलाई त सबै कुरा थाहा रैछ हौ !' 

  -रामशरण बजगाईं विराटनगर, ६ कात्तिक । ‘हजुरबुवा नङ लामो रैछ, काटिदिउँ ?’ विराटनगर– १२ का ७५ वर्षीय महोम्मद मियाँलाई एक स्वयंसेवकले यस्तो भन्दा उनको अनुहार खुसीले एकछिन धपक्कै बल्यो । छातीसम्मै झरेको लामो दाह्री केहीबेर मुसारेजस्तो गरेर उनले आफ्ना हात तेस्र्याए, स्वयंसेवकले नङ काटिदिइन् ।  मनमोहन स्मृति प्रतिष्ठानले विराटनगरमा शनिबार आयोजना गरेको ज्येष्ठ नागरिक महोत्सवमा भाग लिन उनी विराटनगरबाटै सहभागी थिए । महोत्सवको शिविरमा…विस्तृत समाचार »

१२० बर्षीया वृद्दाको चिन्ता : १२ मध्ये ९ छोराछोरी मरिसके, मलाई काल आएन

  जाजरकोट, ४ कात्तिक । यहाँको भेरीमालिका नगरपालिका–६ की भीमा वली अहिले एक सय २० वर्षको भइन् । आफूले जन्माएका १२ छोराछोरीमध्ये नौ छोराछोरीको मृत्यु भइसकेको छ तर भीमा वली भने जीवितै छिन् ।  एक सय २० वर्षीया भीमा वलीले अझै पनि आफूले पोलेको मकै र भुटेको भट्ट (भटमास) खान सक्छिन् । आँखा नदेख्ने र कान नसुन्ने वलीको बोल्नलाई भने कुनै समस्या देखिएको छैन । ६…विस्तृत समाचार »

राष्ट्रपति भण्डारीकि छोरी र पूर्वराष्ट्रपति यादवका नातिबीच इंगेज्मेन्ट

  काठमाडौं, १ कात्तिक-गणतन्त्र नेपालका प्रथम राष्ट्रपति ड. रामवरण यादव र वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको परिवार साइनोमा जोडिएको छ । राष्ट्रपति भण्डारीकी कान्छी छोरी निशाकुसुमको विवाह प्रथम राष्ट्रपति यादवका नाति अभिषेक यादवसँग हुन लागेको हो । आइतबार बिहान राष्ट्रपति निवास शीतल निवासमा उनीहरूको इंगेज्मेन्ट (टीकाटालो) भएको छ ।   अभिषेक पूर्वराष्ट्रपति यादवकी भतिजी एवं महोत्तरीबाट निर्वाचित सांसद किरण यादवका छोरा हुन् । विद्यालय तहदेखिका सहपाठी अभिषेक र…विस्तृत समाचार »

किशोरीहरुसामु यसरी खुलिन् राष्ट्रपति भण्डारी 

  काठमाडौं, २० असोज–बालिका ‘राष्ट्रपति’ सञ्जु महर्जनले ‘बालिका संसद’ समक्ष सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि त्यसको एक प्रति राष्ट्रपति विद्यादेवी भण्डारीलाई हस्तान्तरण गरिन् । राष्ट्रिय किशोरी सञ्जालले देशभरका बालिकाहरुको समस्यावारे विमर्श गर्न बुधवार राष्ट्रपति भवन शीतल निवासमै बालिका संसदको बैठक राखेका थिए । संसदमा राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, मन्त्री र सांसद सबैको भूमिकामा बालिकाहरु नै थिए र यी सबै दृश्य राष्ट्रपति विद्यादेवी भण्डारी गम्भीरतापूर्वक हेरिरहेकी…विस्तृत समाचार »

विश्वमै पहिलो पटक रानी मौरी प्रतियोगिता नेपालमा हुँदै

  काठमाडौं, १४ असोज–नेपालमा पहिलोपल्ट वैज्ञानिक मौरी सम्मेलन आयोजना हुने भएको छ । ग्लोबल वार्मिङ जलवायु परिवर्तनका कारण ले मौरीको उत्पादकत्वमा परेको प्रभाव र एसियाली मुलुकमा मौरीको व्यसायिकता विषयमा यो सम्मेलन हुने भएको हो ।  हाइल्याण्ड एग्रिकल्चर रिसर्च एण्ड डेभलेपमेन्ट इन्टरप्राइजेज ९हार्डेन० को आयोजनामा हुने सम्मेलनमा व्यवसायिक किट विकास निर्देशनालयको विशेष सहयोग रहने आयोजक समितिले जनाएको छ । उक्त सम्मेलन आगामी कात्तिक ७ गतेदेखि हायात…विस्तृत समाचार »

रोल्पाकी रसिला भन्छिन्,- गाउँकै दिदि सभामुख बनेर देश चलाउँदा आफूलाई भने घर चलाउनै गाह्रो !

कविता उपाध्याय लिबाङ (रोल्पा), ११ असोज-“गाउँकै दिदी ओनसरी घर्तीमगरले व्यवस्थापिका–संसद्को सभामुख बनेर देशको जिम्मेवारी सम्हालीरहँदा आफूलाई घर चलाउनै गाह्रो छ” जङ्कोट–१ माडीचौर रोल्पाकी रसिला केसीले भनिन् । कक्षा ६ उत्तीर्ण भएसँगै १६ वर्षको कलिलो उमेरमा वैवाहिक बन्धनमा बाँधिएकी केसीलाई आजभोलि अध्ययन बीचमै रोकिएकोमा निकै ठूलो पछुतो परेको छ । ओनसरी दिदीले जस्तै देश चलाउन नसके पनि पढेको भए जागिर खाएर आफ्नो खुट्टामा उभिने थिएँ, उनले भनिन्…विस्तृत समाचार »

के गर्दैछिन् रेडियो नेपालकी यी चर्चित बूढीआमै !

  •बिनु पोखरेल रेडियो नेपालको कृषि कार्यक्रममा ‘तपाईंको जेटिए र बुढीआमाको गन्थन’को अन्त्यमा बृद्धा आवाजमा उनी भन्थिन्– ‘हरिशरणम.... !’ कृषि कार्यक्रममा हरिको शरण लिएर जेटिएसँग संवाद गर्ने यी बुढीआमै अहिले पशुपतिनाथ नजिकै कोहि आफन्तको घरमा आश्रय लिएर बसेकी  छिन् ।  उनी कसैको आश्रहमा रहेपनि रेडियो नेपालमा बुढ्यौली आवाजमा लक्ष्मी भुसालले भन्ने यही शब्द अहिले पनि अधिकांश किसान सम्झिरहन्छन् । रेडियो नेपालको कृषि कार्यक्रममा कृषिका समस्यावारे प्रश्न राखेर जेटिएसँग…विस्तृत समाचार »

धुमधामले मनाइयो कछुवाको ५० औँं जन्मदिवस !

  सिड्नी (अस्ट्रेलिया), ४ असोज । अस्ट्रेलियाको पर्थ महानगरमा अवस्थित पर्थ चिडियाखानामा राखिएको ग्यालाप्यागोस जातको सेर्रो नामको एउटा भीमकाय कछुवाको ५० औं जन्मदिवस धुमधामका साथ मनाइयो ।  उक्त भाले कछुवा ४९ वर्ष पूरा गरी ५० औंँ वर्षमा प्रवेश गरेको चिडियाखानाकी प्रमुख इमिली ट्रेनरले बताइन् । जन्मदिवस समारोहमा उक्त कछुवालाई अत्यन्त मनपर्ने सुन्तला, फर्सी, मेवा, किबि, भूइँऐँसेलु (स्ट्रबेर्री), तरबुजा जस्ता फलफूलबाट बर्थडे केक तयार पारिएको थियो । …विस्तृत समाचार »

भेष बदलेर मन्त्री ट्याक्सीमा चढ्दा,,,

काठमाडौं, ४ असोज-अन्तर्राष्ट्रिय विमानस्थलका ट्याक्सीचालकले पर्यटकलाई ठग्ने गुनासो बढेपछि आइतबार राति पर्यटनमन्त्री जीवनबहादुर शाहीले छड्के गरेका छन् । पर्यटकको भेषमा विमानस्थलदेखि ठमेलसम्म ट्याक्सी चढेका उनलाई पनि चालकले  ठग्न खोजेको खबर आजको नयाँ पत्रिकामा छापिएको छ । दौरा सुरुवाल लगाएर झन्डावाल गाडीमा राति विमानस्थल पुगेका मन्त्री शाही सीधै भिआइपी कक्षको भित्री कोठमा पसे ।   र, कालो पाइन्ट, सेतो टिसर्ट, ह्याट र कालो चस्मामा सजिएर  पर्यटकको भेषमा…विस्तृत समाचार »

horoscope

National Reconstruction Authority

Redbull

YetiAirlines

NLG Life Insurance

राजनीति

विज्ञहरुले भने– अहिलेको संविधान संशोधन पास भए नेपाल रहंदैन 

‘७० वर्षको उमेरमा भक्ति थापाजस्ता हाम्रा पूर्खाले रगत दिएर बनाएको नेपाललाई केही दलालहरुले विदेशीका पाउमा चढाउने काम गरेका छन्’ बस्न्यातले भने, ‘यहाँका मैथिली, भोजपुरी र अवधी भाषा मासेर स्थापित गरिएका हिन्दीभाषीहरु नेपाली होइनन् । हिन्दीभाषीलाई नै नेपाली भनेर नेपाल समाप्त पार्ने प्रयास भएको छ ।’ 

संशोधन थाँती राखे समझदारी हुने - सचिव ज्ञवाली

बाबियाचौर (म्याग्दी), ८ माघ - नेकपा (एमाले)का सचिव प्रदीप ज्ञवालीले संशोधन प्रस्ताव थाँती राखेर राजनीतिक समझदारी कायम गर्न सकिने बताएका छन् । 

स्थानीय निर्वाचनको मिति चाँडो घोषणा गर –रामचन्द्र पौडेल

काठमाडौँ, ७ माघ –व्यवस्थापिका–संसद्को आजको बैठकमा प्रमुख दलका नेता तथा सांसदले अविलम्ब स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्न सरकारसँग माग गरेका छन् । 

विश्व

नाइजेरियाली विश्वविद्यालयमा आत्मघाती बम आक्रमण, छ जनाको मृत्यु

अबुजा नाइजेरिया, माघ – नाइजेरियाको उत्तरपूर्वी राज्य ब्रनोको राजधानी मैदुगुरीमा सोमबार एक विश्वविद्यालयमा आत्मघाती बम विस्फोट गराइँदा कम्तिमा छ जनाको मृत्यु भएको यहाँको प्रहरीले जनाएको छ । 

घटनामा १५ जना घाइते भएको बताइएको छ

बङ्गलादेशमा हत्याका आरोपमा छब्बीसलाई मृत्युदण्ड  

ढाका, ३ माघ – बङ्गलादेशको एक अदालतले सत्ताधारी अवामी लिगका राजनीतिज्ञहरूले राजनीतिक प्रतिद्वन्द्वीको हत्या गर्न मुलुकको उच्च सुरक्षा निकायलाई कसरी उपयोग गरे भनि सुनुवाइ गरेपछि २६ व्यक्तिलाई सोमबार मृत्युदण्डको निर्णय सुनाएको छ । 

रुसले अति शक्तिशाली लामोदूरीको क्षेप्यास्त्र परीक्षण ग¥यो

मस्को, ४ माघ – रुसले जल तथा जमिन दुबै स्थानबाट प्रहार गर्न सकिने, अति शक्तिशाली, लामोदूरीको क्षेप्यास्त्रको आज परीक्षण प्रक्षेपण गरेको छ । 

विचार

सीके राउतसँग बाबुराम–प्रचण्डको बिखण्डनवादी कनेक्सन

||  रामशरण बजगाईं/विजय ढकाल  || सतहमा हेर्दा यो बिषय सामान्य र अपत्यारिलो लाग्छ । इरान हुँदै पाकिस्तान पुगेको मानिस कसरी नेपालको तराइसँग जोडियो भन्ने प्रश्न उठ्न सक्छ । हामीलाई पनि त्यस्तै लाग्थ्यो । तर हालसालै भारतीय काश्मिरकी  मुख्यमन्त्री महबूबा मुफ्तीले गरेको एउटा खुलासाले हामीलाई झस्कायो । 

नेपाल–भारत सम्बन्धमा ओली फर्मुला के हो ?

|| रामशरण बजगाईं/विजय ढकाल || 
बाबुरामले त प्रधानमन्त्री बन्नासाथ भारतसँगको सम्बन्धमा जुवा खेल्न छुट मागे । सत्ताको चाबी दिल्लीलाई बुझाएर नेपालमा घोषणा गरे 'चाबी अन्तै रहेछ,' 'नेपाल भारतमा मर्ज वा सब्मर्ज हुन सक्छ ।'  फेरि पनि उनै  बाबुराम सोध्छन्– भारतसँग सम्बन्ध सुधार्ने ओली फर्मुला  के हो ? 

‘ओलीजम भर्सेस माथुरजम’ खडा गर्ने हो बाबुरामजी ? 

रामशरण बजगाईं/विजय ढकाल

बाबुराम भट्टराई  र उनले तालिम दिएका चेला चपेटाहरु काठमाडौं र दिल्लीबाट जयशंकरलाई सूचना दिंदै थिए– ‘कोइरालाको कार्यालयबाटै भारत बिरोधी गतिविधि संचालित छ ।’ 

Loading...
Top