सूचना प्रविधि

‘सुविसु क्यान इन्फोटेक’ सुरु

काठमाडौँ, १३ माघ - सूचना प्रविधिको क्षेत्रमा विकास भएका नयाँ प्रविधिबारे सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले ‘सुविसु क्यान इन्फोटेक–२०१७’ मेला आजदेखि सुरुभएको छ ।  कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ (क्यान महासङ्घ)को आयोजनामा काठमाडौँको भृकुटीमण्डपको प्रदर्शनी कक्षमा सुरु भएको २३औँ संस्करणको क्यान इन्फोटेक मेला आगामी माघ १८ गतेसम्म चल्नेछ ।  विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि सम्बन्धित कम्पनीको सहभागिता रहने मेलामा २२२ कक्ष रहेका छन् ।…विस्तृत समाचार »

युवा वैज्ञानिक भवीन्द्रको नयाँ खोज ‘दुर्यान्तर’

धु्रवसागर शर्मा बेनी (म्याग्दी), १२ माघ - विगत १८ वर्षदेखि युवा वैज्ञानिक भवीन्द्र कुँवरले थालेको खोज, अध्ययन अनुसन्धान, परीक्षण र विश्लेषणबाट ‘दुर्यान्तर’ नामक भौतिक शास्त्रीय परिमाण प्रमाणित गरेका छन् ।  विगत पाँच वर्षदेखि भौतिकशास्त्र पुनर्निर्माण अभियान र काठमाडौँ रिसर्च एन्ड पब्लिकेसन्सको सहयोगमा हुँदै आएका फरकफरक स्थलमा गरिएका विभिन्न चरणका परीक्षण र काठमाडौँ रिसर्च एन्ड पब्लिकेसन्सको रिसर्च सेक्सनमा १२ दिन लगाएर गरिएको पछिल्लो पुनः जाँचपछि उक्त परिमाणको…विस्तृत समाचार »

गोरखाका ७० ठाउँमा सिस्मोमिटर जडान

गोरखा, माघ १२ – गत वर्ष भूकम्पको केन्द्रबिन्दु रहेको गोरखा जिल्लाका विभिन्न ठाउँमा भूकम्प मापन यन्त्र सिस्मोमिटर जडान गरिएको छ ।  जापानको टोकियो विश्वविद्यालयको सहयोगमा त्रिभुवन विश्वविद्यालय, भुगर्भबिज्ञान विभागले सिस्मोमिटर जडान गरेको हो । जिल्लाको आरुघाट, आर्खेत, लापुबेशी, घ्याम्पेशाल, चनौटे, बालुवा, बारपाक, लाप्राक र हंशपुरमा सिस्मोमिटर जडान गरिएको छ । गोरखाका विभिन्न भागमा अझै पनि भूकम्प जाने सम्भावना कायमै रहेकोले त्यसको अध्ययन गर्न सिस्मोमिटर जडान…विस्तृत समाचार »

जलविद्युत्मा लगानी गर्ने हो ? अब घरमै बसेर अनलाइन फारम भरौ

रमेश लम्साल काठमाडौँ, २५ पुस - मुलुकको जलविद्युत् क्षेत्रमा लगानी गर्दै हुनुहुन्छ, अब तपार्इंलाई लाइनमा बस्ने झन्झट हुने छैन । लगानीकर्ताले सहज रुपमा नै घरमा बसेर नै आफूले के कति रकम जलविद्युत्मा लगानी गर्ने हो सोको प्रतिबद्धता व्यक्त गर्न सक्नेछन् । जनताले लगानी गर्न चाहेको रकम विभिन्न जलविद्युत् आयोजनामा सरकारले लगानी गर्नेछ । कति वर्षमा कति प्रतिफल आउँछ सोको जानकारीसमेत सरकारले दिनेछ ।  नागरिकले सहज रुपमा जलविद्युत्…विस्तृत समाचार »

राहदानी फारम अब मोबाइल एप्सबाटै

काठमाडौँ, १९ पुस - नयाँ राहदानी बनाउने सोचमा हुनुहुन्छ ? चिन्ता नगर्नुहोस् । आवेदन फारम अब आफ्नै मोबाइल फोनबाट भर्न सकिने भएको छ । चौँथो पुस्ताको मोबाइल सेवा प्रारम्भ भएको दुई दिनपछि एप्पलको आइओएस र एन्ड्रोइड मोबाइलबाट राहदानी फारम भर्ने र निवेदन दर्ता गराउने सुविधा उपलब्ध भएको छ । सेवाग्राहीको माग र आवश्यकतालाई दृष्टिगत गरी राहदानी विभागले त्यस्तो व्यवस्था गरेको हो । सूचना प्रविधिको उपयोग…विस्तृत समाचार »

थ्रिजी भन्दा १० गुणा छिटो चल्ने फोर जी सेवा आजबाट सुरु

काठमाडौं १७ पुस  –नेपाल टेलिकमले आजबाट चौथो पुस्ताको इन्टरनेट सेवा फोर जी सुरु गरेको छ ।  फोर जी सेवा सुरु भएपछि टेलिकमका ग्राहकहरुले ३२ दशमलव ४ एबिपिएसको गतिमा इन्टरनेट चलाउन सक्ने टेलिकमले जानकारी दिएको छ । अहिले सफ्टलन्च मात्र गरेको टेलिकमले केहिसमयपछि ८० एमबिपिएसको गतिमा इन्टरनेट चलाउन सक्ने गरी काम भइरहेको जनाएको छ। फोरजी सेवा चलाउनको लागि प्रयोगकर्तासँग ‘ कम्प्याटिबल ’ सिम हुनुपर्छ’ तर अहिले भएका…विस्तृत समाचार »

फोनबाटै गर्भ परीक्षण गराउन निम्ता दिँदै दाङका स्वास्थ्य चौकी

दाङ, १५ पुस - दाङमा गर्भवती महिलालाई गर्भ परीक्षण गराउन फोनबाटै निम्ता आउने गरेको छ । दाङको धनौरी गाविसका महिलालाई स्वास्थ्य चौकीबाटै यसरी ‘गर्भवती चेक जाँच गराउने समय आएपछि गर्भवती महिलालाई हजुरको गर्भ जाँच गर्ने दिन आयो भनेर फोनबाट बोलाउने गरेको स्वास्थ्य चौकीका निमित्त प्रमुख मोहन रावतले बताए ।  गर्भवती महिलालाई पाँचपटक स्वास्थ्य चौकीले फोन गर्ने गर्दछ । गर्भवती भएको चार महिना, छ महिना, आठ महिना,…विस्तृत समाचार »

सौर्य बत्तीले बागलुङका सडक झिलीमिली

बागलुङ, १२ पुस - सडक बत्तीको अभावमा रातिमा अँध्यारा देखिने बागलुङ नगरका मुख्य सडक अहिले झिलीमिली बनेका छन् । नगरलाई चौबीसै घन्टा उज्यालो राख्न सौर्य सडक बत्ती जडान भएपछि बजारको आकर्षण नै बदलिएको छ । स्थानीय विकास मन्त्रालय, बागलुङ नगरपालिका र उपभोक्ताको संयुक्त लगानीमा हालसम्म एक सयवटा सौर्य सडक बत्ती जडान भइसकेका छन् ।  पहिलो चरणमा १६९ वटा सौर्य बत्ती जडान गर्ने योजना नगरपालिकाले बनाएको छ…विस्तृत समाचार »

बजेट र जनसरोकारका सूचना चाहियो ? अब अनलाइनबाटै माग्नुहोस्

•प्रकाश सिलवाल काठमाडौँ, ७ पुस - राष्ट्रिय सूचना आयोगले विभिन्न १८ जिल्लामा सुरु गरेको अनलाइन प्रणालीबाट हालसम्म ८०० नागरिकले सूचना मागेका छन् । बजेट र जनसरोकारका हिसाबले चासो हुने छ वटा मन्त्रालयका जिल्ला कार्यालयका सूचना माग्न र दिन तथा सूचना नपाइए पुनरावेदन गर्न इन्टरनेटबाटै सहज भएपछि सूचनाको हकको प्रयोग बढेको हो । आयोगले तयार गरेको सफ्टवेयर र अनलाइनमा आयोगको वेबसाइट एनआइसि डट जीओभी डट एनपी बाट अनलाइनमा सूचना…विस्तृत समाचार »

टेलिकमको रणनीतिक साझेदार सम्झौता

काठमाडौँ, ७ पुस - नेपाल टेलिकमले गुणस्तरीय सेवा प्रदान गर्नका लागि रणनीतिक साझेदार परामर्शदातासँग सम्झौता गरेको छ ।  टेलिकममा रणनीतिक साझेदार नियुक्ति, कार्यान्वयनलगायत आवश्यक कार्यमा परामर्श दिनका लागि बेलायतको एनालाइसिस मेसोन लिमिटेडसँग सम्झौता गरिएको हो । बोलपत्रमार्फत छनोट भएको उक्त कम्पनीसँग मङ्गलबार सम्झौता भएको टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिए ।  सम्झौतापत्रमा नेपाल टेलिकमका तर्फबाट प्रबन्ध निर्देशक कामिनी राजभण्डारी र एनालाइसिस मेसोनको तर्फबाट रोहन धमिजाले हस्ताक्षर…विस्तृत समाचार »

horoscope

Redbull

YetiAirlines

Kumari jobs

NLG Life Insurance

राजनीति

सर्वदलीय बैठकमा मधेसी मोर्चा अनुपस्थित

काठमाडौँ, १० फागुन । स्थानीय तहको निर्वाचनको मिति घोषणा भएको सन्दर्भमा संविधान संशोधन प्रस्तावलाई संसद्मा छलफल गराउने विषयमा सर्वदलीय बैठक अहिले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँबानेश्वरमा जारी छ । 

निर्वाचनमा भाग लिऔँ, आफ्नो हैसियत नापौँ – वरिष्ठ नेता नेपाल

काठमाडौँ, १० फागुन । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले निर्वाचन क्षेत्र निर्धारण आयोग तुरुन्त गठन गर्न सरकारसँग माग गरेका  छन् । 
 

क्याम्पसमा अध्ययन गर्दासम्म मात्र स्ववियुमा रहने

काठमाडौँ ,१० फागुन । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) मा निर्वाचित पदाधिकारी र सदस्यहरु क्याम्पसमा अध्ययनरत रहँदा मात्र पदमा बस्न पाउने भएका छन् । 
 

विश्व

पाकिस्तानी अदालतमा आक्रमण, चार जनाको मृत्यु

इश्लामाबाद, १० फागुन । पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा पर्ने चार्सद्धा जिल्लामा रहेको एक स्थानीय अदालतमा आत्मघाती बम आक्रमण हुँदा कम्तीमा छ जनाको मृत्यु भएको छ । 
 

डोनाल्ड ट्रम्पद्वारा नयाँ सुरक्षा सल्लाहकार नियुक्त

वासिङटन, १० फागुन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकारमा लेफ्टिनेन्ट जनरल हर्वर्ट म्याकमास्टरलाई नियुक्त गरेका छन्  । 

९३ वर्ष पुग्दा पनि राष्ट्रपति मुगावे अवकाश लिन अनिच्छुक

हरारे, ८ फागुन– जिम्बाबेका राष्ट्रपति रोबर्ट मुगाबे, मङ्गलबार ९३ वर्ष पुग्दै छन् र उनले आफूलाई स्वीकार्य प्रतिस्थापक फेला नपरेकाले आफूले शक्ति परित्याग गर्ने योजना नबनाएको बताएका छन् । 

विचार

ओली डक्ट्रिन, प्रचण्ड र पाँच बुँदे रोडम्याप 

प्रचण्डजी ‘चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरी’को दशामा छन् । असक्षमताको पगरी गुथेर फर्कनुको अर्को बाटो उनीसामु देखिन्न । दक्षिणपन्थीहरुको बैसाखी टेकेर नौनीको लिस्नो मार्फत बालुवाटार छिरेको नतिजा आगोमा पग्लदा सडकमा नै हुने अवस्थामा आइपुग्ने भयो ।

एरिका नाम गरेकी फिजियो थेरापिष्टलाई त्रिभुवनको सूचना चोर्न अंग्रेजले खटाएका थिए

त्रिभुवन सौखिन खालका मान्छे थिए, त्यही कारण धेरै ठाउमा प्रयोग पनि भए । एरिका भन्ने एकजना अंग्रेज फिजिओथेरापिष्ट त्रिभुवनको साथमा थिइन् । अंग्रेजहरुले एरिका मार्फत सूचना चोर्ने र त्रिभुवनलाई गलाउने काम गरे ।
 

सुन्दरीजल जेलबाट मध्यरातमा बीपीलाई नारायणहिटी ल्याइएको कुरा किन आउँदैनन् ?

नेपालमा अत्यावश्यक ठानिएको पूर्व–पश्चिम राजमार्ग शिलान्यास गर्न बीपीलाई केले रोक्यो ? उनकै कार्याकालमा कोदारी राजमार्ग निर्माणको प्रस्ताव आएको थियो । तर, उनले आर्थिक रुपमा आवश्यक नभएको भन्दै प्रस्तावलाई इन्कार गरे । यद्यपी कुनै औपचारिक शिक्षा नलिएका, आफ्नो सम्पूर्ण किशोर जीवन राणाकालीन दरवारको खोपीमा विताएका राजा महेन्द्रले नै यी दुवै काम किन गर्नु पर्यो होला ?

Loading...
Top