राजनीति

सहमति गर्न दलका अध्यक्षहरुलाई जिम्मा

काठमाडौं, १३ कात्तिक – एकीकृत नेकपा–माओवादीले प्रधानमन्त्री सुशील कोइरालाको उपस्थितिमा मात्रै संविधान लेखनका विषय टुङ्गो लाग्ने अडान राखेपछि बिहीबार बसेको प्रमुख तीन दलको बैठक बिना निष्कर्ष सकिएको छ ।  शान्ति कोषको सचिवालय बबरमहलमा बसेको नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत नेकपा माओवादीको संयुक्त बैठकमा  संविधानका विवादित विषयमा छलफल भएपनि माओवादीले कांग्रेसका सभापति पनि सहभागी हुनुपर्ने अडान राखेको एमालेका उपाध्यक्ष वामदेव गौतमले जानकारी दिए । विवादित…विस्तृत समाचार »

​कांग्रेस एमालेको निर्णय ‘प्रक्रियाबाटै भएपनि माघ ८ मा संविधान’

काठमाडौं, १३ कात्तिक – सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेले कात्तिक १५ गतेभित्र एकीकृत नेकपा माओवादीसँग संविधानका विवादित विषयमा सहमति नभए प्रक्रियामा जाने निर्णय गरेका छन् । बिहीबार प्रधानमन्त्री निवास वालुवाटारमा बसेको दुई दलको बैठकले माघ ८ गते संविधान जारी गर्न कात्तिक १५ गतेसम्म विवादित सहमति नभए प्रक्रियामा जाने निर्णय गरेको हो ।  राज्य पुनर्संरचना, शासकीय स्वरुप, न्याय प्रणाली र निर्वाचन पद्धतिमा समान धारणा तय…विस्तृत समाचार »

मन्त्रिपरिषद् बैठकमा २ लाखको खाजा

काठमाडौं, १३ कात्तिक– प्रधानमन्त्री सुशील कोइराला अहिले संसारभर गरिब र मितव्ययी सरकार प्रमुखका रुपमा चर्चित छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमले कोइरालालाई खुव महत्व दिएर मितव्ययी प्रधानमन्त्रीका रुपमा चित्रित्र गर्दै समाचार प्रसारण गरेका थिए । तर, तिनै कोइराला सरकार प्रमुख रहेको मन्त्रिपरिषद्ले खाना र खाजामा मात्रै लाखौं रुपैयाँ खर्च गर्दै आएको छ ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले बिल भुक्तानीका लागि बुधबार सार्वजनिक गरेको विवरणअनुसार विभिन्न मितिमा…विस्तृत समाचार »

​दुई घण्टामै सहमति हुने आश्वासन पाएको छु : सभामुख

काठमाडौं, १३ कात्तिक – सभामुख सवासचन्द्र नेम्वाङले दलहरुका वीचमा दुई घण्टामै सहमति हुने आश्वासन आफूले पाएको बताएका छन् ।  बुधबार चक्रपथ डटकमसँंग कुरा गर्दै उनले संविधान निर्माणका विषयमा दलहरुका वीचमा निरन्तर भएका बैठक सकारात्मक र गम्भीर रहेको पनि बताए । ‘बैठक सकारात्मक र गम्भीर रहेपनि निर्णय भने हुन सकेको छैन, अब बैठक होइन निर्णय गर्नुस् भनेको छु’ नेम्वाङले भने । आफुसँंग भएका पटक पटकका भेटमा…विस्तृत समाचार »

​चक्रपथलाई सभामुखको शुभकामना

काठमाडौं, १२ कात्तिक – सभामुख सुवासचन्द्र नेम्वाङले संविधान निर्माण प्रक्रियालाई सकारात्मक निश्कर्षमा पु¥याउन चक्रपथ डटकमले प्रभावकारी भूमिका खेल्न सकोस भन्ने शुभकामना दिनुभएको छ ।  बुधबार सिंहदरवारस्थित आफ्नै कार्यकक्षमा चक्रपथ डटकमसँंग कुरा गर्दै उहाँले भन्नुभयो, ‘नवस्थापित सञ्चारमाध्यम चक्रपथ डट कमलाई संविधान निर्माण प्रक्रियालाई रचनात्मक र सकारात्मक भएर योगदान दिन सकोस् ।’  उहाँंले चक्रपथको उत्तरोउत्तर प्रगति र प्रभावकारी सफलताको कामना पनि व्यक्त गर्नुभयो । उहाँंले भन्नुभयो ‘सत्य,…विस्तृत समाचार »

​भारतीय मन्त्री गड्करी नेपाल आउँदै

काठमाडौं, ११ कात्तिक  सत्तारुढ भारतीय जनता पार्टीका पूर्व अध्यक्ष तथा यातायात तथा परिवहन मन्त्री नितिन गड्करी कात्तिक २५ (नोभेम्बर ११) मा नेपाल आउने भएका छन् । नेपाल उद्योग परिसंघको अगुवाइमा नेपाल सरकार, निजी क्षेत्रका विभिन्न संघसंस्थाका साथै अन्तर्राष्ट्रिय संघसंस्था र विकास साझेदारको सहकार्यमा हुने ‘नेपाल पूर्वाधार सम्मेलन’ मा उनी आउन लागेका हुन् ।  नेपाल भ्रमणका क्रममा गड्करीले राजनीतिक भेटवार्ता समेत गर्नेछन् । श्रोतका अनुसार, उनले…विस्तृत समाचार »

​तिब्बत सरकार प्रमुखले भने ‘जुनसुकै ढाँचाको संघीयता स्वीकार छ’

काठमाडौं, ११ कार्तिक – चीनले नेपालका दलहरुको सहमतिमा तय गरिने जुनसुकै ढाँचाको संघीय स्वरुपप्रति आफ्नो समर्थन रहेको जनाएको छ । नेपाल भ्रमणमा रहेका चीनको स्वशासित क्षेत्र तिब्बतका सरकार प्रमुख लियो साङ जियाङ सुनले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको टोलीसँग मंगलवार वार्ता गर्दै संघीयताप्रति चीनको विरोध नरहेको प्रष्ट पारेका हुन् ।  ‘संघीयताको मामिलामा हाम्रो पूर्ण समर्थन छ । नेपालका दलहरुले जे÷जस्तो संघीयतामा सहमति गर्छन्, त्यसमा…विस्तृत समाचार »

​एमालेले बनायो मन्त्रीसँग भेटघाटको कार्यतालिका

काठमाडौं, ११ कात्तिक – नेकपा एमाले संसदीय दलले पार्टीका मन्त्रीहरु र सभासदवीच नियमित भेटघाटको कार्यतालिका सार्वजनिक गरेको छ । पार्टीका मन्त्री र सभासदवीच सुमधुर सम्बन्ध स्थापित गर्ने तथा मन्त्रीहरुलाई थप प्रभावकारी काम गर्न दवाव दिने उद्देश्यले यस्तो निर्णय गरेको हो ।  संसदीय दलले भेटघाटका लागि कात्तिक १७ गतेदेखि कात्तिक २८ गतेसम्मको कार्यतालिका मंगलबार सार्वजनिक गरेको छ । एमाले प्रमुख सचेतक अग्नि खरेलका अनुसार एमाले सभासदहरुले…विस्तृत समाचार »

​चीनले दियो माओवादीलाई सय थान कम्प्युटर उपहार

काठमाडौं, ११ कात्तिक – चीन सरकारले एकीकृत नेकपा माओवादीलाई एक सय थान कम्प्युटर सहयोग गरेको छ । तिब्बत सरकारका प्रमुख लियो साङ जियाङ सुन नेतृत्वको टोलीले मंगलबार एकीकृत नेकपा (माओवादी)लाई कम्प्युटर हस्तान्तरण गरेको हो ।  चिनियाँ पक्षले एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता पनि गरेको छ । भेटका अवसरमा निर्धारित समयमा संविधान जारी भएर नेपाल शान्ति र समृद्धिको बाटोमा अगाडि बढ्ने आशा व्यक्त…विस्तृत समाचार »

एकल जातीय संघीयता हुँदैन : रावल

काठमाडौ, ११ कात्तिक – नेकपा (एमाले)का उपाध्यक्ष भीमबहादुर रावलले देशमा एकल जातीय पहिचान सहितको सङ्घीयता भएको संविधान बनाउन नहुने बताएका छन् ।  नुवाकोट सदरमुकामा विदुरमा आयोजित पत्रकार भेटघाटमा नेता रावलले एकल जातीयताले देशमा अस्थिरता बढाउने र अर्को द्वन्द्वको स्थिति आउने भन्दै प्रदेशको नामाङ्कन र सीमाङ्कन राष्ट्रले थेग्न सक्ने गरी जैविक विविधताका आधारमा निर्माण गरिनुपर्ने बताए ।  जातीय सङ्घीयता र शासकीय स्वरुपमा एमाओवादी अस्पष्ट रहँदा सहमति…विस्तृत समाचार »

horoscope

National Reconstruction Authority

Redbull

YetiAirlines

NLG Life Insurance

राजनीति

स्थानीय निर्वाचनको मिति चाँडो घोषणा गर –रामचन्द्र पौडेल

काठमाडौँ, ७ माघ –व्यवस्थापिका–संसद्को आजको बैठकमा प्रमुख दलका नेता तथा सांसदले अविलम्ब स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्न सरकारसँग माग गरेका छन् । 

नेपाल बिखण्डन गर्ने पटना बैठकको संसदमा चर्काे विरोध 

‘केही समय अगाडि भारतको पटनामा राष्ट्रिय एकता, समाजिक सद्भाव, अखण्डता र सुरक्षामा आँच आउने किसिमले नेपालका केही राजनीतिक दल तथा समुहका प्रतिनिधिहरुले बैठक–भेला गरेको भन्ने कुरा सुन्नमा आएकोले मैले त्यसबारे प्रधानमन्त्री तथा अन्य चार दलका जिम्मेवार नेताहरुको ध्यानाकर्षण गराउँदै सत्यतथ्य माग गरेकोमा प्रधानमन्त्री स्वयंले गम्भीर अनुसन्धान गरी यथार्थ विवरण जानकारी गराउनुको साटो त्यस विषयलाई हल्का र राजनीतिक दाउपेचमा उपयोग गर्ने प्रयत्न गरेको देखियो’ रावलले संसद बैठकमा भने, ‘मैले उक्त विषयलाई गम्भीर र भरपर्दाे जानकारीको आधारमा मात्र प्रधानमन्त्री लगायतका शीर्ष नेताहरुको ध्यानाकर्षण गराएको स्पष्ट पार्न चाहन्छु ।’ 

संशोधनको प्रस्ताव नै परिमार्जन हुनुपर्छ– अध्यक्ष ठाकुर

विराटनगर, ७ माघ – तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले परिमार्जनसहित संविधान संशोधनको प्रस्ताव पारित हुनुपर्ने बताएका छन् । 

विश्व

नाइजेरियाली विश्वविद्यालयमा आत्मघाती बम आक्रमण, छ जनाको मृत्यु

अबुजा नाइजेरिया, माघ – नाइजेरियाको उत्तरपूर्वी राज्य ब्रनोको राजधानी मैदुगुरीमा सोमबार एक विश्वविद्यालयमा आत्मघाती बम विस्फोट गराइँदा कम्तिमा छ जनाको मृत्यु भएको यहाँको प्रहरीले जनाएको छ । 

घटनामा १५ जना घाइते भएको बताइएको छ

बङ्गलादेशमा हत्याका आरोपमा छब्बीसलाई मृत्युदण्ड  

ढाका, ३ माघ – बङ्गलादेशको एक अदालतले सत्ताधारी अवामी लिगका राजनीतिज्ञहरूले राजनीतिक प्रतिद्वन्द्वीको हत्या गर्न मुलुकको उच्च सुरक्षा निकायलाई कसरी उपयोग गरे भनि सुनुवाइ गरेपछि २६ व्यक्तिलाई सोमबार मृत्युदण्डको निर्णय सुनाएको छ । 

रुसले अति शक्तिशाली लामोदूरीको क्षेप्यास्त्र परीक्षण ग¥यो

मस्को, ४ माघ – रुसले जल तथा जमिन दुबै स्थानबाट प्रहार गर्न सकिने, अति शक्तिशाली, लामोदूरीको क्षेप्यास्त्रको आज परीक्षण प्रक्षेपण गरेको छ । 

विचार

सीके राउतसँग बाबुराम–प्रचण्डको बिखण्डनवादी कनेक्सन

||  रामशरण बजगाईं/विजय ढकाल  || सतहमा हेर्दा यो बिषय सामान्य र अपत्यारिलो लाग्छ । इरान हुँदै पाकिस्तान पुगेको मानिस कसरी नेपालको तराइसँग जोडियो भन्ने प्रश्न उठ्न सक्छ । हामीलाई पनि त्यस्तै लाग्थ्यो । तर हालसालै भारतीय काश्मिरकी  मुख्यमन्त्री महबूबा मुफ्तीले गरेको एउटा खुलासाले हामीलाई झस्कायो । 

नेपाल–भारत सम्बन्धमा ओली फर्मुला के हो ?

|| रामशरण बजगाईं/विजय ढकाल || 
बाबुरामले त प्रधानमन्त्री बन्नासाथ भारतसँगको सम्बन्धमा जुवा खेल्न छुट मागे । सत्ताको चाबी दिल्लीलाई बुझाएर नेपालमा घोषणा गरे 'चाबी अन्तै रहेछ,' 'नेपाल भारतमा मर्ज वा सब्मर्ज हुन सक्छ ।'  फेरि पनि उनै  बाबुराम सोध्छन्– भारतसँग सम्बन्ध सुधार्ने ओली फर्मुला  के हो ? 

‘ओलीजम भर्सेस माथुरजम’ खडा गर्ने हो बाबुरामजी ? 

रामशरण बजगाईं/विजय ढकाल

बाबुराम भट्टराई  र उनले तालिम दिएका चेला चपेटाहरु काठमाडौं र दिल्लीबाट जयशंकरलाई सूचना दिंदै थिए– ‘कोइरालाको कार्यालयबाटै भारत बिरोधी गतिविधि संचालित छ ।’ 

Loading...
Top