प्रशासन

सिँचाइकोे कुलो पुग्ने भएपछि स्थानीयवासी हर्षित

मेलम्ची, २५ पुस –सिन्धुपाल्चोक जिल्लाको सिप्पालकाभ्रे गाविसमा सिँचाइका लागि कुलो बन्ने भएपछि स्थानीय बासिन्दा हर्षित बनेका छन् ।    सदरमुकामबाट सबैभन्दा नजिक रहेर पनि विकट बस्तीका रुपमा चिनिएको जिल्लाको सिम्पालकाभ्रेमा झुप्लिपा खोला सिँचाइ आयोजना निर्माण हुन लागको हो । भूकम्पबाट क्षतिग्रस्त सिन्धुपाल्चोकमा पुनः निर्माणको काम चलिरहँदा पानीबिना काकाकुल बनेको सिम्पालवासीका लागि सिँचाइको कुलो सँगसँगै खानेपानी पनि पुग्ने भएपछि यतिबेला उनीहरु उत्साहित भएका हुन् । झुप्लिपा…विस्तृत समाचार »

लोकमान सिंह कार्की अख्तियार प्रमुख हुन सर्वोच्चबाट अयोग्य ठहर

काठमाडाैं, २४ पुस - अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख लोकमान सिंह कार्की सर्वोच्च अदालतबाट प्रमुख रहन अयोग्य ठहर भएका छन्। न्यायाधीशत्रय इश्वर खतिवडा, आनन्दमोहन भट्टराई र अनिल सिन्हाको संयुक्त इजलासले कार्कीलाइ आइतबार पदको लागि अयोग्य ठहर गरेको हो।   साथै सर्वोच्चले अब योग्यता पुगेकालाई अख्तियार प्रमुखमा नियुक्त गर्न संवैधानिक परिषद् र राष्ट्रपति कार्यालयको नाममा परमादेशको आदेश दिएको छ ।विस्तृत समाचार »

यस्तो छ सीइओ ज्ञवालीले दोस्रो पटक बुझाएको १४ बुँदे स्पष्टिकरण 

काठमाडौं, २४ पुस– राष्ट्रिय पुनर्निर्माण प्रधिकरणका सीइओ सुशील ज्ञवालीले आइतबार दोस्रो पटक सरकारसमक्ष स्पष्टिकरण दिएका छन् । प्राधिकरणको सीइओमा नेपाली कांग्रेसका नेता तथा गत महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजीत गोविन्दराज पोखरेललाई ल्याउने उद्धेश्यसाथ सरकारले ज्ञवालीलाई हटाउन स्पष्टिकरण सोधेको थियो ।  पुनर्निर्माणमा सरकारले गरेका अवरोधको दोष पनि कार्यकारी निर्देशक ज्ञवालीलाई लगाउँदै उनलाई स्पष्टिकरण सोधिएको थियो । पुनर्निर्माण सम्बन्धी आफूले गरेका कामको फेहरिस्त सहित ज्ञवालीले केही दिनअघि सरकारलाई…विस्तृत समाचार »

स्थानीयको अवरोधले काठमाडौँ–भक्तपुर जोड्ने चार ठूला पुल निर्माण अलपत्र

भक्तपुर, २३ पुस - स्थानीयको अवरोधका कारण भक्तपुरलाई चौतर्फी रुपमा जोड्ने चार वटा ठूला पुल निर्माण अलपत्र परेको छ । चारमध्ये तीन वटा ठूला पुल काठमाडौँ–भक्तपुर जोड्ने पुल हो भने एक वटा भक्तपुरका दुई नगरपालिका जोड्ने पुल हो ।  भक्तपुर र काठमाडौँ जोड्ने मनोहरा खोला गोठाटार हरहरमहादेव पुल निर्माण विगत छ वर्षदेखि स्थानीयले अवरोध पुर्याएकै कारण निर्माण सुरु हुुन नसकेको सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख…विस्तृत समाचार »

नख्खु कारागारमा मनोसामाजिक अस्पताल बन्दै

सञ्चिता घिमिरे,ललितपुर, २२ पुस – नख्खु कारागारमा मानसिक रोगी कैदीबन्दीको सङ्ख्या बढेपछि कारागारमै मनोसामाजिक अस्पताल बन्ने भएको छ ।    पच्चीस श्ययाको अस्पताल विसं २०७५ को असारसम्ममा निर्माण सम्पन्न हुने सम्झौता भएको छ । कारागार व्यवस्थापन कार्यविधि, २०७३ ले मनोसामाजिक अस्पतालका लागि एकजना वरिष्ठ कन्सल्टेन्ट साइक्याट्रिस्टसहित १२ जना कर्मचारीको दरबन्दी व्यवस्था गरिसकेको छ ।    अहिले भएका कैदीबन्दीमध्ये झन्डै २० प्रतिशत मानसिक रोगी रहेको कारागारले…विस्तृत समाचार »

सामुदायिक वनको जग्गा अतिक्रमण

कञ्चनपुर, २० पुस – कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ मा रहेको नवदुर्गा सामुदायिक वन अतिक्रमण गरी झोपडी निर्माण गर्ने क्रम बढेको छ । सामुदायिक वनको पाँच हेक्टर बढी जग्गा अतिक्रमण गरी एक साताको अवधिमा झन्डै ३०० बढी अवैधरुपमा झोपडी निर्माण गरी बस्ती बस्ने क्रम जारी रहेको छ ।    सामुदायिक वनका पदाधिकारीका अनुसार एक साता अघिदेखि वन क्षेत्रको जग्गामा भूमिहीन, सुकुम्बासी, मुक्तकमैया र मुक्त हलियाको नाममा वन अतिक्रमण…विस्तृत समाचार »

सर्बाेच्चको आदेशले सत्ता र प्रतिपक्षलाई यसरी लगायो लगाम 

काठमाडौं, १९ पुस– संविधान संशोधनको संबैधानिकता परीक्षण हुनु पर्ने सोमवार सर्बाेच्च अदालतको आदेश नआएको भए संशोधन प्रस्तावलाई मंगलवार टेबुल गर्ने तयारी सत्ता पक्षले गरेको थियो । तर, प्रदेशको सीमा हेरफेर गर्न प्रदेशसभा अनिवार्य रहेकोतर्फ ख्याल गर्न र संबैधानिकता परीक्षण आफैंले गरी प्रस्तावमाथि छलफल गर्न सर्बाेच्चको आदेश आएपछि सत्तापक्ष मंगलवार बिलखबन्द पर्यो ।    ‘सर्बाेच्चको आदेशले संसद त खोल्यो तर, संविधान संशोधनका सीमा र संबैधानिकताका विषयमा…विस्तृत समाचार »

सर्वेन्द्रनाथ शुक्ला लेखा समितिका कामचलाउ सभापति

काठमाडौ, १९ पुस– संसदको लेखा समितिको बैठकले सरकार गठनपछि समितिमा रिक्त रहँदै आएको सभापति पदको पूर्तिका लागि सभामुखसँग छलफल गर्ने निर्णय गरेको छ । बैठकले सभापतिको चयन नभएसम्म उजुरी परेका विषयवस्तुमाथि निर्णय या छलफल गर्न जेष्ठ सदस्यका हैसियतले सर्वेन्द्रनाथ शुक्लको सभापतित्वमा बैठक बस्ने निर्णय पनि गरेको छ ।   सांसदहरुले सरकार गठन भएको ६ महिना बितिसक्दा पनि राजनीतिक भागबण्डाका कारण पदपूर्ति हुन नसकेको भन्दै सभामुखको…विस्तृत समाचार »

सर्बाेच्चको आदेशः सीमाकंन फेर्न प्रदेश सभा नै चाहिन्छ

काठमाडौं, १८ पुस– सर्बोच्च अदालतले संविधान संसोधन संसदको क्षेत्राधिकारको बिषय भएको भन्दै त्यसको वैधानिकता वा अवैधानिकता जाँच्ने अधिकार पनि संसदमै फकाईदिएको छ ।  संविधान संशोधन प्रस्तावको वैधानिकतामा परेको रिटमाथि सोमवार आदेश दिंदै सर्बाेच्च अदालतले प्रदेशको सिमाङकन सम्बन्धी संशोधन भने प्रदेशसभाबाट अनुमोदन भएप्छि मात्रै लागू हुने उल्लेख गरेको छ ।   प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश इश्वर खतिवडाको इजलासले दुई दिनको वहस सुनेपछि संशोधन रोक्न अन्तरिम…विस्तृत समाचार »

प्राधिकरण प्रमुख ज्ञवालीले बुधवार स्पष्टिकरण दिने, राजीनामा नदिने 

काठमाडौं, १८ पुस– राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले सरकारले आफूमाथि लगाएका ५ आरोपको तथ्यपरक प्रतिवाद गर्दै बुधबार स्पष्टिकरण दिने भएका छन् । प्रधिकरणको कार्यकारी अधिकृत भएपछि आफूले गरेका कामको फेहरिस्त प्रस्तुत गर्दै ज्ञवालीले आफूमाथि लगाएका आरोपको प्रतिवाद गर्ने भएका हुन् ।   प्रधानमन्त्री दाहालले सस्तो लोकप्रियताका लागि भूकम्प पीडितलाई तीन लाख रुपैया दिने सार्वजनिक घोषणा गरे पनि सो सम्बन्धी कार्यविधि दुई महिनासम्म प्रधानमन्त्री…विस्तृत समाचार »

horoscope

National Reconstruction Authority

Redbull

YetiAirlines

NLG Life Insurance

राजनीति

स्थानीय निर्वाचनको मिति चाँडो घोषणा गर –रामचन्द्र पौडेल

काठमाडौँ, ७ माघ –व्यवस्थापिका–संसद्को आजको बैठकमा प्रमुख दलका नेता तथा सांसदले अविलम्ब स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्न सरकारसँग माग गरेका छन् । 

नेपाल बिखण्डन गर्ने पटना बैठकको संसदमा चर्काे विरोध 

‘केही समय अगाडि भारतको पटनामा राष्ट्रिय एकता, समाजिक सद्भाव, अखण्डता र सुरक्षामा आँच आउने किसिमले नेपालका केही राजनीतिक दल तथा समुहका प्रतिनिधिहरुले बैठक–भेला गरेको भन्ने कुरा सुन्नमा आएकोले मैले त्यसबारे प्रधानमन्त्री तथा अन्य चार दलका जिम्मेवार नेताहरुको ध्यानाकर्षण गराउँदै सत्यतथ्य माग गरेकोमा प्रधानमन्त्री स्वयंले गम्भीर अनुसन्धान गरी यथार्थ विवरण जानकारी गराउनुको साटो त्यस विषयलाई हल्का र राजनीतिक दाउपेचमा उपयोग गर्ने प्रयत्न गरेको देखियो’ रावलले संसद बैठकमा भने, ‘मैले उक्त विषयलाई गम्भीर र भरपर्दाे जानकारीको आधारमा मात्र प्रधानमन्त्री लगायतका शीर्ष नेताहरुको ध्यानाकर्षण गराएको स्पष्ट पार्न चाहन्छु ।’ 

संशोधनको प्रस्ताव नै परिमार्जन हुनुपर्छ– अध्यक्ष ठाकुर

विराटनगर, ७ माघ – तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले परिमार्जनसहित संविधान संशोधनको प्रस्ताव पारित हुनुपर्ने बताएका छन् । 

विश्व

नाइजेरियाली विश्वविद्यालयमा आत्मघाती बम आक्रमण, छ जनाको मृत्यु

अबुजा नाइजेरिया, माघ – नाइजेरियाको उत्तरपूर्वी राज्य ब्रनोको राजधानी मैदुगुरीमा सोमबार एक विश्वविद्यालयमा आत्मघाती बम विस्फोट गराइँदा कम्तिमा छ जनाको मृत्यु भएको यहाँको प्रहरीले जनाएको छ । 

घटनामा १५ जना घाइते भएको बताइएको छ

बङ्गलादेशमा हत्याका आरोपमा छब्बीसलाई मृत्युदण्ड  

ढाका, ३ माघ – बङ्गलादेशको एक अदालतले सत्ताधारी अवामी लिगका राजनीतिज्ञहरूले राजनीतिक प्रतिद्वन्द्वीको हत्या गर्न मुलुकको उच्च सुरक्षा निकायलाई कसरी उपयोग गरे भनि सुनुवाइ गरेपछि २६ व्यक्तिलाई सोमबार मृत्युदण्डको निर्णय सुनाएको छ । 

रुसले अति शक्तिशाली लामोदूरीको क्षेप्यास्त्र परीक्षण ग¥यो

मस्को, ४ माघ – रुसले जल तथा जमिन दुबै स्थानबाट प्रहार गर्न सकिने, अति शक्तिशाली, लामोदूरीको क्षेप्यास्त्रको आज परीक्षण प्रक्षेपण गरेको छ । 

विचार

सीके राउतसँग बाबुराम–प्रचण्डको बिखण्डनवादी कनेक्सन

||  रामशरण बजगाईं/विजय ढकाल  || सतहमा हेर्दा यो बिषय सामान्य र अपत्यारिलो लाग्छ । इरान हुँदै पाकिस्तान पुगेको मानिस कसरी नेपालको तराइसँग जोडियो भन्ने प्रश्न उठ्न सक्छ । हामीलाई पनि त्यस्तै लाग्थ्यो । तर हालसालै भारतीय काश्मिरकी  मुख्यमन्त्री महबूबा मुफ्तीले गरेको एउटा खुलासाले हामीलाई झस्कायो । 

नेपाल–भारत सम्बन्धमा ओली फर्मुला के हो ?

|| रामशरण बजगाईं/विजय ढकाल || 
बाबुरामले त प्रधानमन्त्री बन्नासाथ भारतसँगको सम्बन्धमा जुवा खेल्न छुट मागे । सत्ताको चाबी दिल्लीलाई बुझाएर नेपालमा घोषणा गरे 'चाबी अन्तै रहेछ,' 'नेपाल भारतमा मर्ज वा सब्मर्ज हुन सक्छ ।'  फेरि पनि उनै  बाबुराम सोध्छन्– भारतसँग सम्बन्ध सुधार्ने ओली फर्मुला  के हो ? 

‘ओलीजम भर्सेस माथुरजम’ खडा गर्ने हो बाबुरामजी ? 

रामशरण बजगाईं/विजय ढकाल

बाबुराम भट्टराई  र उनले तालिम दिएका चेला चपेटाहरु काठमाडौं र दिल्लीबाट जयशंकरलाई सूचना दिंदै थिए– ‘कोइरालाको कार्यालयबाटै भारत बिरोधी गतिविधि संचालित छ ।’ 

Loading...
Top