समाज

प्रिया देउजाका परिवारले अनसन बस्ने

काठमाडौ, ८ फागुन–  प्रिया देउजा मृत्यु प्रकरणमा संलग्न पीडकलाई पक्राउ गरेर कारबाही नगरेको भन्दै पीडित परिवारले आमरण अनसन थाल्ने बताएका छन् । आईतबार काठमाडौमा पत्रकार सम्मेलन गरी पीडित परिवारले प्रियाको मृत्यु भएको एकहप्ता वितिसक्दा पनि प्रशासनले पीडकलाई पक्राउन गर्न नसकेको र प्रशासनले आफ्ना कुरा नसुनेको भन्दै आमरण अनसन बस्ने बताएका हुन् । मृतक प्रियाका बाबु प्रधुम्नकुमार देउजाले एकहप्ता वितिसक्दा पनि प्रशासनले प्रभावकारी काम नगेरको र…विस्तृत समाचार »

रुखको मुढाले किचेपछि हेलिकप्टर चार्टर गरी काठमाडौँ

सोलुखुम्बु, ८ फागुन । जङ्गलमा काठ काट्ने क्रममा मुढाले किचेर घाइते बनेका गुदेल– २ सोलुखुम्बुका ३३ वर्षीय भलाकाजी राईलाई थप उपचारका लागि हेलिकोप्टर मार्फत काठमाडौँ लगिएको छ ।  शनिबार दिउँसो काठ काट्ने क्रममा मुढाले किचेर खुटा भाँचिएपछि उपचारका लागि स्वास्थ्य चौकी गुदेलमा ल्याइएको र उपचारका क्रममा पिसाबथैली समेत फुटेको पाइएपछि त्यहाँ उपचार सम्भव नभएको गुदेल स्वास्थ्य चौकीका इन्चार्ज रामु केसीले जानकारी गराए ।  घाइतेको तत्काल…विस्तृत समाचार »

जनता आवास कार्यक्रम अन्तर्गत पाँच सय पचास घर निर्माण हुँदै

धनगढी, ८ फागुन । सीमान्तकृत र विपन्न समुदायको बसोवासका लागि ल्याइएको जनता आवास कार्यक्रम अन्तर्गत यसवर्ष कैलाली जिल्लामा ५सय ५० वटा घर निर्माण हुने भएको छ ।  कार्यक्रम कार्यान्वयनका लागि चालु आर्थिक वर्षमा प्रति घरका लागि रु दुई लाख १६ हजारका दरले बजेट आएको यहाँस्थित सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयले जनाएको छ ।  जिल्लाका कुन क्षेत्रका सीमान्तकृत एवम् विपन्न परिवारको घर निर्माण गर्ने…विस्तृत समाचार »

सीमाबाट फर्काएर एक सय चौरानब्बे जनालाई परिवारमा मिलन

रत्ननगर (चितवन), ८ फागुन । माइती नेपालले चितवनको क्षेत्रीय कार्यालय अन्तर्गत बेचबिखनको उद्देश्यले लैजाँदै गरेका १९४ जनालाई सीमा क्षेत्रबाट फर्काएर परिवारमा पठाएको छ ।  गएको एक वर्षमा यसरी उनीहरूलाई घर फर्काइएको माइती नेपाल चितवनका क्षेत्रीय कार्यक्रम संयोजक युवराज दवाडीले जानकारी दिए । सहजकर्ता, स्वयम्सेवक ठाउँठाउँमा परिचालन गरी उनीहरूलाई घर पठाइएको हो ।  एक वर्षमा बेचबिखन हुनबाट १०२ जनालाई रोकेको र बेचबिखनमा परेका ३४ जनाको उद्धार गरेको…विस्तृत समाचार »

उपमहानगरले डोजर लगाइ जग्गा खाली गरायो

वीरगन्ज, ८ फागुन । लामो समयदेखि वीरगन्जको घन्टाघर नजिक वीरगन्ज उपमहानगरपालिकाको स्वामित्वमा रहेको जग्गामा घर टहरा बनाई तरकारी व्यवसाय गरी रहेका व्यापारीहरुको घर टहरा डोजर लगाइ उपमहानगरपालिकाले आज बिहान भत्काएको छ ।  सुरुमा ती व्यापारीहरुले मिनाबजारमा तरकारी व्यापार गर्दै आएका थिए पछि उपमहानगरपालिकाले सो ठाउँमा कम्प्लेस्स बनाउन थालेपछि उनीहरुलाई घन्टाघर नजिक रहेको जग्गामा सारिएको थियो ।  कम्प्लेक्स निर्माण भएपछि ती तरकारी व्यापारीलाई कम्प्लेस्समा आउन भन्दा…विस्तृत समाचार »

दुव्र्यसन नियन्त्रणमा आमाको भूमिका प्रभावकारी  

  बागलुङ, ८ फागुन, समाज विकासको वाधकका रुपमा रहेको दुव्र्यसन नियन्त्रणका लागि आमाहरुको भूमिकालाई प्रभावकारी बनाउनु पर्नेमा बागलुङका महिलाहरुले जोड दिएका छन् ।            गर्भ देखि नै आमाको छोरा छोरीसंग बढी सम्बन्ध हुने र अधिकांश समय छोरा छोरीकै साथमा रहने भएकाले आमाहरुलाई दुव्र्यसन सम्बन्धी सचेतना आवश्यक रहेको सहभागी महिलाहरुले बताएका हुन् । बागलुङ नगरपालिका वडा नं. ७ मा गठित नागरिक सचेतना केन्द्रमा आवद्ध महिलाहरुका…विस्तृत समाचार »

बाजुराका जनता भवन निर्माण कार्यालयसँग असुन्तष्ट

बाजुरा, ८ फागुन । सहरी तथा भवन निर्माण विभाग डिभिजन कार्यालय डोटीको कार्यशैलीप्रति बाजुराका सर्वसाधारणले असन्तुष्टि जनाएका छन् ।  भवन निर्माण डिभिजन कार्यालयले गर्ने कार्य सही नभएको भन्दै असन्तुष्ट जनाएका हुन् । उनीहरुले जिल्लाका सरकारी भवन निर्माणको कार्य मनोमानी रुपमा भइरहेकाले यसको केही सुनुवाइ नगरेको र जिल्लाको विभिन्न सरकारी कार्यालयका गाविसमा बन्दै गरेका भवनसमेत समयमै नसकिने गरेको भन्दै आपत्ति जनाएका छन् ।  जिल्लाका काँडा, डोगडीलगायतका…विस्तृत समाचार »

मुसहर बस्ती निर्माणमा श्रमदान र सहयोग

बर्दिवास, ८ फागुन । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा संयुक्त राष्ट्रसङ्घीय शरणार्थीको उच्चायुक्तको कार्यालय दमक (झापा) का कर्मचारीले रु एक लाख २० हजार ६१७ महोत्तरीको बर्दिवास–२ मा निर्माणाधीन एकीकृत नमुना मुसहर बस्तीका लागि हस्तान्तरण गरेका छन् ।  प्रजातन्त्र दिवसको अवसरमा एक दिन श्रमदान गर्न आएका सो कार्यालयका १३ जना अधिकृतसहितका कर्मचारीले आफ्ना २६ जना साथीबाट सङ्कलन भएको रु एक लाख २० हजार ६१७ नगद रकम बस्ती…विस्तृत समाचार »

पैतिस हजार घरधुरीमा परम्परागत चुलो

इलाम, ८ फागुन । इलामलाई सन् २०१७ सम्ममा घरभित्रको धुवाँ प्रदूषण मुक्त जिल्ला घोषणा गर्ने लक्ष्य लिइए पनि हालसम्म २२ हजार घरधुरीमा मात्र सुधारिएको चुलो निर्माण भएको छ ।  जिल्ला विकास समितिको २१ औँ जिल्ला परिषद्ले जिल्लालाई नै घरभित्रको धुवाँ प्रदूषणमुक्त जिल्ला घोषणा गर्ने लक्ष्यका साथ सुधारिएको चुलो निर्माण कार्यलाई तीव्र रूपमा अघि बढाउने निर्णय गरेको थियो ।  जिविसले लक्ष्य निर्धारण गरे पनि ६४ हजार…विस्तृत समाचार »

द्वन्द्व ब्यवसाय उद्योगकै रुपमा चल्यो– पूर्व प्रधानन्यायाधीश 

काठमाडौं, ७ फागुन– पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले नेपालमा द्वन्द्व ब्यवसाय उद्योगका रुपमा फस्टाएको वताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को मानव अधिकार वर्ष पुस्तक सार्वजनिक गर्दै उनले राज्यले मानव अधिकारको रक्षा गर्न नसकेको पनि वताए ।  ‘जनताको मानव अधिकारको रक्षा गर्नु पर्छ भन्ने ठाउँमा राज्य पुग्न सकेकै छैन’ श्रेष्ठले भने, ‘द्वन्द्व ब्यवसाय उद्योगकै रुपमा फस्टाएको छ । मानव अधिकार त्यही उद्योगको शिकार भएको छ…विस्तृत समाचार »

horoscope

Redbull

YetiAirlines

Kumari jobs

NLG Life Insurance

राजनीति

प्रधानमन्त्रीले अचानक वालुवाटार बोलाएपछि मोर्चाको बैठक सुरु 

प्रधानमन्त्री दाहालले साँझ ७ बजेको समयमा छलफलका लागि भन्दै अचानक वालुवाटार बोलाएपछि पोजिसन क्लियर गर्न मोर्चाको बैठक बसेको हो । प्रधानमन्त्री दाहाललाई चुनाव घोषणाबाट पछाडि फर्काउने विषयमा छलफल गरिने मोर्चाका नेताहरुले वताएका छन् । 

चन्दलाई बढुवा गर्ने मुद्दामा बुधबार सुनुवाइ हुने

काठमाडौँ, ८ फागुन । सर्वोच्च अदालतले नेपाल प्रहरीका महानिरीक्षकमा जयबहादुर चन्दलाई बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय तत्कालका लागि कार्यान्वयन नगराउन दिएको अल्पकालीन अन्तरिम आदेश बुधबारसम्म जारी रहने भएको छ । 
 

कांग्रेस माओवादीको निश्कर्ष– मोर्चाले भने झैं संविधान संशोधन गरेर मात्र चुनाव असम्भव 

सत्तारुढ कांग्रेस माओवादीको आइतबारको बैठकमा भने संविधान संशोधन गरेर मात्रै चुनाव घोषणा गर्ने हो भने चुनावै नहुने अवस्था आउन सक्ने निश्कर्ष निकालिएको हो । 

विश्व

टेक्सासमा फेरि हजारौँ जनताको जुलुस प्रदर्शन

हाउस्टन, ८ फागुन । संयुक्त राज्य अमेरिकाको दक्षिणी राज्य टेक्सासको डाल्लास महानगरमा करिब एक हजार सात सय जनाले विरोध जुलुस प्रदर्शन गरेका छन् ।

चीन र अर्जेन्टिनाका राष्ट्रपतिबीच बधाइ साटासाट

बेइजिङ्ग, ८ फागुन । चीन र दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिनाबीच दौंत्य सम्बन्ध स्थापना भएको ४५ औं बार्षिकोत्सवका दिन चीनका राष्ट्रपति सि जिनपिङ्ग तथा अर्जेन्टिनाका राष्ट्रपति मोरिसियो माक्रिले आज एक आपसमा बधाई ज्ञापन गरेका छन् । 

समुद्री सम्पत्तिको लडाइँ

न्यूर्योक, ७ फागुन – समुद्रमा परिवर्तन आइरहेको छ तर त्यो सकारात्मक भने होइन । वैज्ञानिक प्रमाणले समुद्र उजाड, तातो र बढी अम्लीय बन्दै गएको देखाउँछ, जसबाट समुद्रीय जीवन गम्भीर दवाबमा पर्न गएको छ । तर समाचार राम्रो पनि छ : प्रमाणले यो पनि देखाउँछ कि समुद्र पुनर्जीवित हुनसक्छ र त्यसको परिणामलाई साकार तुल्याउन विश्व सहमत पनि भइसकेको छ । 

विचार

ओली डक्ट्रिन, प्रचण्ड र पाँच बुँदे रोडम्याप 

प्रचण्डजी ‘चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरी’को दशामा छन् । असक्षमताको पगरी गुथेर फर्कनुको अर्को बाटो उनीसामु देखिन्न । दक्षिणपन्थीहरुको बैसाखी टेकेर नौनीको लिस्नो मार्फत बालुवाटार छिरेको नतिजा आगोमा पग्लदा सडकमा नै हुने अवस्थामा आइपुग्ने भयो ।

एरिका नाम गरेकी फिजियो थेरापिष्टलाई त्रिभुवनको सूचना चोर्न अंग्रेजले खटाएका थिए

त्रिभुवन सौखिन खालका मान्छे थिए, त्यही कारण धेरै ठाउमा प्रयोग पनि भए । एरिका भन्ने एकजना अंग्रेज फिजिओथेरापिष्ट त्रिभुवनको साथमा थिइन् । अंग्रेजहरुले एरिका मार्फत सूचना चोर्ने र त्रिभुवनलाई गलाउने काम गरे ।
 

सुन्दरीजल जेलबाट मध्यरातमा बीपीलाई नारायणहिटी ल्याइएको कुरा किन आउँदैनन् ?

नेपालमा अत्यावश्यक ठानिएको पूर्व–पश्चिम राजमार्ग शिलान्यास गर्न बीपीलाई केले रोक्यो ? उनकै कार्याकालमा कोदारी राजमार्ग निर्माणको प्रस्ताव आएको थियो । तर, उनले आर्थिक रुपमा आवश्यक नभएको भन्दै प्रस्तावलाई इन्कार गरे । यद्यपी कुनै औपचारिक शिक्षा नलिएका, आफ्नो सम्पूर्ण किशोर जीवन राणाकालीन दरवारको खोपीमा विताएका राजा महेन्द्रले नै यी दुवै काम किन गर्नु पर्यो होला ?

Loading...
Top