समाज

​चार हजारले रोक्यो एसएलसी सपना

प्रतिमा सिलवाल  काठमाडौं, १९ कात्तिक – महिनाको चार हजार रुपैयाँ जुटाउन नसक्दा भीमबहादुर चेपाङको एसएलसी पास गर्ने सपना अधुरै रहने भएको छ ।  धादिङको धुषा गाविस– ९ बोमराङका भीमबहादुरको परिवारले महिनाको चार हजार रुपैयाँ खर्च जुटाउन नसकेपछि उनको एसएलसी पास गर्ने सपना पूरा नहुने भएको हो ।  खर्च अभावमा घरमै बसेका उनी यस वर्ष प्राइभेट एसएलसी दिन भर्ना भने भएका छन् । सदरमुकाम धादिङवेशीमा भर्ना गरेका…विस्तृत समाचार »

​प्रजातन्त्र सेनानी शिव कंगाललाई ५० हजार सहयोग

काठमाडौं, १८ कात्तिक – नेपाल विद्यार्थी संघका विभिन्न क्याम्पस इकाईहरुले देउसी भैलो खेलेर संकलन गरेको रकम प्रजातन्त्र सेनानी शिव कंगाललाई मंगलबार हस्तान्तरण गरिएको छ ।  नेविसंघका निवर्तमान कोषाध्यक्ष कुन्दनराज काफ्लेले कंगाल र उनका छोरालाई ५० हजार रुपैयाँ हस्तान्तरण गरे । प्रजातान्त्रिक आन्दोलनका योद्धाको छोराले आर्थिक अभावका कारण अध्ययनबाट बञ्चित हुन नपरोस् भनेर देउसी भैलोबाट उठेको रकम सहयोग गरिएको काफ्लेले बताए ।  सहयोग ग्रहण गर्दै प्रजातन्त्र…विस्तृत समाचार »

​विस्थापितलाई घर दिएर पुनर्वास गराउँदै सरकार

काठमाडौं, १८ कात्तिक– सरकारले प्राकृतिक प्रकोपमा परी विस्थापित भएका परिवारलाई सुरक्षित ठाउँमा घर बनाएर पुनस्र्थापित गर्ने भएको छ । बाढी तथा पहिरोपीडितलाई पुनर्वास गराउन सरकारले मापदण्ड पनि तोकिसकेको छ ।  मापदण्डअनुसार हिमाली र पहाडी जिल्लामा एउटा परिवारका लागि यस्तो घर आठ आनादेखि १२ आना जग्गामा हुनेछ भने तराईमा एक कट्ठादेखि डेढ कट्ठासम्ममा हुनेछ । सरकारले त्यस्तो घर निर्माण गरेर पीडितलाई तत्कालै बस्न दिए पनि घरजग्गाको…विस्तृत समाचार »

खानी संग्रहालयका बहमूल्य बस्तु चोरी

कृष्ण पौड्याल काठमाडौं, १८ कात्तिक– मुलुकको एकमात्र खानी संग्रहालयबाट बहुमूल्य बस्तु चोरिएका छन् । राजधानीको नारायणहिटी संग्रहालयको नजिकै लैनचौरस्थित संग्रहालयबाट बहुमूल्य बस्तुहरु चोरी भए पनि त्यसको खोजी भएको छैन ।  खानी तथा भूगर्भ विभागले सञ्चालन र व्यवस्थापन गर्दै आएको संग्रहालय जीर्ण र अव्यवस्थित मात्र होइन, पहिले कुन कुन बस्तु थिए र अहिले कुन कुन चोरिए भन्ने विषयमा तथ्यांकसमेत छैन । विभागमा लामो सयमदेखि कार्यरत एक…विस्तृत समाचार »

​मकवानपुरमा अर्को दुर्घटना, ७ जनाको मृत्यु

काठमाडौं, १८ कात्तिक – मकवानपुरको चुरियामाईमा मंगलबार विहान भएको ट्रक दुर्घटनामा ७ जनाको मृत्यु भएको छ । सर्लाहीबाट इँटा बोकेर हेँटौडातर्फ आउँदै गरेको ना ४ ख १२ ५२ नम्बरको ट्रक हेटौडा नगरपालिका १७ चुरियामाईको उकालोमा पल्टिदा ७ जनाको घटनास्थलमा नै मृत्यु भएको हो । दुर्घटनामा सर्लाही ‌अौरहीका झक्रु महतो, सियाराम महतो, जीत पासवान, रामवली माझी, विशेष यादव, जगीाल महतो र सर्लाही नवलपुरका राजकुमार माझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय…विस्तृत समाचार »

​दुर्घटनाको शोकमा इलाम बन्द

काठमाडौं, १७ कात्तिक  – मकवानपुरको बसामाडीमा शनिबार बिहान भएको बस दुर्घटनामा ज्यान गुमाएका ८ जना जिल्लावासीको मृत्यु भएको शोकमा सोमवार इलाम बन्द गरिएको छ । इलाममा बजार, कलकारखाना, उद्योगधन्दा, विद्यालय बन्द गरिएको छ ।  इलाम उद्योग वाणिज्य सङ्घको आइतबार बसेको बैठकले मृतकको सम्झनामा दिउँसो १२ बजेसम्म पसल, होटल बन्द गरी शोक मनाउने निर्णय गरेको अध्यक्ष सुशिला सापकोटाले बताइन्।   निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल…विस्तृत समाचार »

​मेट्रो र शुभश्री यातायातलाई १५ दिन प्रतिबन्ध

काठमाडौं, १७ कात्तिक – मकवानपुरको बसामाडीमा शनिबार आपसमा ठोक्किएका दुई वटा वसका समितिलाइ सरकारले वस सञ्चालनमा रोक लगाएको छ । शुभश्री यातायात र मेट्रो डिलक्स यातायातका वस आपसमा ठोक्किनुमा समिति पनि जिम्मेवार रहेको भन्दै यातायात ब्यवस्था बिभागले आइतबार दुबै समितिाई १५ दिनसम्म सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।  इलामबाट काठमाडौं  आइरहेको ना ५ ख ४८४१ नम्बरको मेट्रो डिलक्स र काठमाडौंबाट विराटनगर जाँदै गरेको ना…विस्तृत समाचार »

​दुर्घटनामा चारजनाको मृत्यु, ११ घाइते

काठमाडाै, १६ कात्तिक– महोत्तरीको खयरमारा गाविसमा शनिबार राति बस र मोटरसाइकल एकापसमा ठोकिँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलका चालक सर्लाही कर्मैया–४ बस्ने धीलेन्द्र देवकोटाका छोरा २८ वर्षीय पे्रमप्रसाद र मोटरसाइकल पछाडि बसेकी पहिचान नखुलेकी करिब २६ वर्षीया महिला छन् । दुर्घटनामा परी बसमा रहेका ११ जना घाइते भएका छन् ।  जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरीको खयरमारा–५ स्थित जंगलमा काठमाडौँबाट सिरहाका लागि…विस्तृत समाचार »

अनशन बसेका बिरामीले भरियो वीरको आईसीयु

काठमाडौं, १५ कात्तिक– अनशनमा बसेर बिरामी भएकाहरुलाई सघन उपचार कक्ष (आईसीयु) मा राखेर निरन्तर उपचार गर्नुपर्दा नियमित हुने शल्यक्रियालगायत जटिल रोगका उपचारका लागि वीर अस्पतालमा समस्या देखिन थालेको छ ।  छोरा कृष्णप्रसादको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै अनशनमा बसेका नन्दप्रसाद र गंगामाया अधिकारीको वीर अस्पतालको आईसीयु कक्षमा लामो समय उपचार भयो । नन्दप्रसादको उपचारका क्रममा निधन भयो भने गंगामाया अझै उपचाररत छिन् । २३ दिनयता…विस्तृत समाचार »

दुई बस ठोक्किदा १० काे मृत्यु, ३३ घाइते

काठमाडौं, १५ कात्तिक–  मकवानपुरको बसामाडीमा दुईवटा बस आपसमा ठोक्किदा १० जनाको मृत्यु भएको छ । ३३ जना घाइते भएका छन् ।   इलामबाट काठमाडौंतर्फ आउँदै गरेको मेट्रो डिलक्सको ना ५ ख ४८४१ नम्बरको बस र काठमाडौंबाट विराटनगरतर्फ जाँदै गरेको शुभश्री ट्राभल्सको ना ४ ख ५४४८ नम्बरको बस मकवानपुर बस्तीपुर–२ बसामढीमा जुधेर दुर्घटना भएको हो ।  जिल्ला प्रहरी कार्यालय मकवानपुरका असई इन्द्र भुजेलका अनुसार बसामाडीमा राति २ बजे…विस्तृत समाचार »

horoscope

National Reconstruction Authority

Redbull

YetiAirlines

NLG Life Insurance

राजनीति

विज्ञहरुले भने– अहिलेको संविधान संशोधन पास भए नेपाल रहंदैन 

‘७० वर्षको उमेरमा भक्ति थापाजस्ता हाम्रा पूर्खाले रगत दिएर बनाएको नेपाललाई केही दलालहरुले विदेशीका पाउमा चढाउने काम गरेका छन्’ बस्न्यातले भने, ‘यहाँका मैथिली, भोजपुरी र अवधी भाषा मासेर स्थापित गरिएका हिन्दीभाषीहरु नेपाली होइनन् । हिन्दीभाषीलाई नै नेपाली भनेर नेपाल समाप्त पार्ने प्रयास भएको छ ।’ 

संशोधन थाँती राखे समझदारी हुने - सचिव ज्ञवाली

बाबियाचौर (म्याग्दी), ८ माघ - नेकपा (एमाले)का सचिव प्रदीप ज्ञवालीले संशोधन प्रस्ताव थाँती राखेर राजनीतिक समझदारी कायम गर्न सकिने बताएका छन् । 

स्थानीय निर्वाचनको मिति चाँडो घोषणा गर –रामचन्द्र पौडेल

काठमाडौँ, ७ माघ –व्यवस्थापिका–संसद्को आजको बैठकमा प्रमुख दलका नेता तथा सांसदले अविलम्ब स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्न सरकारसँग माग गरेका छन् । 

विश्व

नाइजेरियाली विश्वविद्यालयमा आत्मघाती बम आक्रमण, छ जनाको मृत्यु

अबुजा नाइजेरिया, माघ – नाइजेरियाको उत्तरपूर्वी राज्य ब्रनोको राजधानी मैदुगुरीमा सोमबार एक विश्वविद्यालयमा आत्मघाती बम विस्फोट गराइँदा कम्तिमा छ जनाको मृत्यु भएको यहाँको प्रहरीले जनाएको छ । 

घटनामा १५ जना घाइते भएको बताइएको छ

बङ्गलादेशमा हत्याका आरोपमा छब्बीसलाई मृत्युदण्ड  

ढाका, ३ माघ – बङ्गलादेशको एक अदालतले सत्ताधारी अवामी लिगका राजनीतिज्ञहरूले राजनीतिक प्रतिद्वन्द्वीको हत्या गर्न मुलुकको उच्च सुरक्षा निकायलाई कसरी उपयोग गरे भनि सुनुवाइ गरेपछि २६ व्यक्तिलाई सोमबार मृत्युदण्डको निर्णय सुनाएको छ । 

रुसले अति शक्तिशाली लामोदूरीको क्षेप्यास्त्र परीक्षण ग¥यो

मस्को, ४ माघ – रुसले जल तथा जमिन दुबै स्थानबाट प्रहार गर्न सकिने, अति शक्तिशाली, लामोदूरीको क्षेप्यास्त्रको आज परीक्षण प्रक्षेपण गरेको छ । 

विचार

सीके राउतसँग बाबुराम–प्रचण्डको बिखण्डनवादी कनेक्सन

||  रामशरण बजगाईं/विजय ढकाल  || सतहमा हेर्दा यो बिषय सामान्य र अपत्यारिलो लाग्छ । इरान हुँदै पाकिस्तान पुगेको मानिस कसरी नेपालको तराइसँग जोडियो भन्ने प्रश्न उठ्न सक्छ । हामीलाई पनि त्यस्तै लाग्थ्यो । तर हालसालै भारतीय काश्मिरकी  मुख्यमन्त्री महबूबा मुफ्तीले गरेको एउटा खुलासाले हामीलाई झस्कायो । 

नेपाल–भारत सम्बन्धमा ओली फर्मुला के हो ?

|| रामशरण बजगाईं/विजय ढकाल || 
बाबुरामले त प्रधानमन्त्री बन्नासाथ भारतसँगको सम्बन्धमा जुवा खेल्न छुट मागे । सत्ताको चाबी दिल्लीलाई बुझाएर नेपालमा घोषणा गरे 'चाबी अन्तै रहेछ,' 'नेपाल भारतमा मर्ज वा सब्मर्ज हुन सक्छ ।'  फेरि पनि उनै  बाबुराम सोध्छन्– भारतसँग सम्बन्ध सुधार्ने ओली फर्मुला  के हो ? 

‘ओलीजम भर्सेस माथुरजम’ खडा गर्ने हो बाबुरामजी ? 

रामशरण बजगाईं/विजय ढकाल

बाबुराम भट्टराई  र उनले तालिम दिएका चेला चपेटाहरु काठमाडौं र दिल्लीबाट जयशंकरलाई सूचना दिंदै थिए– ‘कोइरालाको कार्यालयबाटै भारत बिरोधी गतिविधि संचालित छ ।’ 

Loading...
Top