खेल

झापाले जित्यो एन्फा कपको उपाधि

काठमाडौ, भदौ २५ (चक्रपथ) – चालु सिजनको पहिलो फुटवल प्रतियोगिता एन्फा कप नकआउट फुटवलको उपाधि झापा ११ ले जितेको छ । दशरथ रंगशालामा बुधबार भएको फाइनल खेलमा ए डिभिजन क्लव संकटालाई ४–० ले हराउँदै झापाले १० लाख रुपैयाँको उपाधि जितेको हो ।  झापाको जितमा नगेन्द्र लिम्बु, विकास राई, कर्ण लिम्बु र बुद्ध चेम्जोङले गोल गरे । पहिलो हाफको ४३ औं मिनेटमा नगेन्द्र  लिम्बुको गोलबाट अग्रता लिएको…विस्तृत समाचार »

​बेस बल टोली फर्कियो

काठमाडौ, नेपाल जापान बेसबल एक्सचेन्ज कार्यक्रम अन्र्तगत जापान गएको १६ सदस्यीय नेपाली टोली स्वदेश फर्किएको छ । भदौ ४ गते जापान गएको ९ खेलाडीसहितको टोली मंगलबार अपरान्ह स्वदेश फर्किएको हो । नेपाली टोलीले जापानमा रहँदा कोमागान सिटी र जुनियर हाइस्कुलका विद्यार्थीको टोलीसँग दुई वटा मैत्रीपूर्ण खेल खेलेको थियो । त्यसमध्ये नेपाली टोलीले कोमागान सिटीको टोलीलाई ४–१ रनको अन्तरले पराजित गरेको थियो । नेपाली टोलीमा बिभिन्न…विस्तृत समाचार »

​रियाल मड्रिड पराजित

स्पेनिस ला लिगा अन्तर्गत आइतबार रातीको खेलमा रियाल मड्रिडले हार ब्यहोरेको छ । सुरुमा लिएको २–० को अग्रता जोगाउन नसक्दा रियाल मड्रिडले रियाल सोसिडाडसँग ४–२ को हार ब्यहोरेको हो । चोटका कारण क्रिष्टियानो रोनाल्डो सहभागी नभएको खेलमा रियाल मड्रिडका लागि पाँचौ मिनेटमा सर्जियो रामोस र ११ औं मिनेटमा गारेथ बेलले गोल गरेका थिए । र रियाल सोसिडाडका मार्टिनेजले ३५, डेभिड जुरुटुजाले ६१ र ६५ तथा…विस्तृत समाचार »

भदौ १३ देखि राखेप वार्षिकोत्सव मनाउँदै

काठमाडौं (चक्रपथ) : राष्ट्रिय खेलकुद परिषद्ले विभिन्न कार्यक्रम आयोजना गरी आफ्नो ५१ औं वार्षिकोत्सव मनाउने भएको छ । परिषद्ले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा ५१ औं वार्षिकोत्सव मूल आयोजक समितिका संयोजक वृजेन्द्र हमालले भदौ १३ देखि १९ गतेसम्म विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाउने तयारी गरिएको जानकारी दिए ।  पहिलो दिन उद्घाटन कार्यक्रमका साथै चेस र ब्याडमिन्टन प्रतियोगिता हुनेछ । दुवै प्रतियोगिता तीन दिनसम्म चल्ने आयोजकले…विस्तृत समाचार »

horoscope

National Reconstruction Authority

Redbull

YetiAirlines

NLG Life Insurance

राजनीति

स्थानीय निर्वाचनको मिति चाँडो घोषणा गर –रामचन्द्र पौडेल

काठमाडौँ, ७ माघ –व्यवस्थापिका–संसद्को आजको बैठकमा प्रमुख दलका नेता तथा सांसदले अविलम्ब स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्न सरकारसँग माग गरेका छन् । 

नेपाल बिखण्डन गर्ने पटना बैठकको संसदमा चर्काे विरोध 

‘केही समय अगाडि भारतको पटनामा राष्ट्रिय एकता, समाजिक सद्भाव, अखण्डता र सुरक्षामा आँच आउने किसिमले नेपालका केही राजनीतिक दल तथा समुहका प्रतिनिधिहरुले बैठक–भेला गरेको भन्ने कुरा सुन्नमा आएकोले मैले त्यसबारे प्रधानमन्त्री तथा अन्य चार दलका जिम्मेवार नेताहरुको ध्यानाकर्षण गराउँदै सत्यतथ्य माग गरेकोमा प्रधानमन्त्री स्वयंले गम्भीर अनुसन्धान गरी यथार्थ विवरण जानकारी गराउनुको साटो त्यस विषयलाई हल्का र राजनीतिक दाउपेचमा उपयोग गर्ने प्रयत्न गरेको देखियो’ रावलले संसद बैठकमा भने, ‘मैले उक्त विषयलाई गम्भीर र भरपर्दाे जानकारीको आधारमा मात्र प्रधानमन्त्री लगायतका शीर्ष नेताहरुको ध्यानाकर्षण गराएको स्पष्ट पार्न चाहन्छु ।’ 

संशोधनको प्रस्ताव नै परिमार्जन हुनुपर्छ– अध्यक्ष ठाकुर

विराटनगर, ७ माघ – तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले परिमार्जनसहित संविधान संशोधनको प्रस्ताव पारित हुनुपर्ने बताएका छन् । 

विश्व

नाइजेरियाली विश्वविद्यालयमा आत्मघाती बम आक्रमण, छ जनाको मृत्यु

अबुजा नाइजेरिया, माघ – नाइजेरियाको उत्तरपूर्वी राज्य ब्रनोको राजधानी मैदुगुरीमा सोमबार एक विश्वविद्यालयमा आत्मघाती बम विस्फोट गराइँदा कम्तिमा छ जनाको मृत्यु भएको यहाँको प्रहरीले जनाएको छ । 

घटनामा १५ जना घाइते भएको बताइएको छ

बङ्गलादेशमा हत्याका आरोपमा छब्बीसलाई मृत्युदण्ड  

ढाका, ३ माघ – बङ्गलादेशको एक अदालतले सत्ताधारी अवामी लिगका राजनीतिज्ञहरूले राजनीतिक प्रतिद्वन्द्वीको हत्या गर्न मुलुकको उच्च सुरक्षा निकायलाई कसरी उपयोग गरे भनि सुनुवाइ गरेपछि २६ व्यक्तिलाई सोमबार मृत्युदण्डको निर्णय सुनाएको छ । 

रुसले अति शक्तिशाली लामोदूरीको क्षेप्यास्त्र परीक्षण ग¥यो

मस्को, ४ माघ – रुसले जल तथा जमिन दुबै स्थानबाट प्रहार गर्न सकिने, अति शक्तिशाली, लामोदूरीको क्षेप्यास्त्रको आज परीक्षण प्रक्षेपण गरेको छ । 

विचार

सीके राउतसँग बाबुराम–प्रचण्डको बिखण्डनवादी कनेक्सन

||  रामशरण बजगाईं/विजय ढकाल  || सतहमा हेर्दा यो बिषय सामान्य र अपत्यारिलो लाग्छ । इरान हुँदै पाकिस्तान पुगेको मानिस कसरी नेपालको तराइसँग जोडियो भन्ने प्रश्न उठ्न सक्छ । हामीलाई पनि त्यस्तै लाग्थ्यो । तर हालसालै भारतीय काश्मिरकी  मुख्यमन्त्री महबूबा मुफ्तीले गरेको एउटा खुलासाले हामीलाई झस्कायो । 

नेपाल–भारत सम्बन्धमा ओली फर्मुला के हो ?

|| रामशरण बजगाईं/विजय ढकाल || 
बाबुरामले त प्रधानमन्त्री बन्नासाथ भारतसँगको सम्बन्धमा जुवा खेल्न छुट मागे । सत्ताको चाबी दिल्लीलाई बुझाएर नेपालमा घोषणा गरे 'चाबी अन्तै रहेछ,' 'नेपाल भारतमा मर्ज वा सब्मर्ज हुन सक्छ ।'  फेरि पनि उनै  बाबुराम सोध्छन्– भारतसँग सम्बन्ध सुधार्ने ओली फर्मुला  के हो ? 

‘ओलीजम भर्सेस माथुरजम’ खडा गर्ने हो बाबुरामजी ? 

रामशरण बजगाईं/विजय ढकाल

बाबुराम भट्टराई  र उनले तालिम दिएका चेला चपेटाहरु काठमाडौं र दिल्लीबाट जयशंकरलाई सूचना दिंदै थिए– ‘कोइरालाको कार्यालयबाटै भारत बिरोधी गतिविधि संचालित छ ।’ 

Loading...
Top