विश्व

​श्रीलंकाको राष्ट्रपतिमा राजपाक्षेसहित १९ जनाको उम्मेद्वारी

एपी, कोलम्बो – श्रीलंकामा आउँदो जनवरीमा हुने राष्ट्रपति निर्वाचनमा वर्तमान राष्ट्रपति महिन्दा राजपाक्षेसहित १९ जनाले उमेद्वारी दिएका छन् । जनवरी ८ मा हुने निर्वाचनमा  राजापाक्षेकै पूर्व स्वास्थ्यमन्त्री मैथ्रिपला सिरिसेना सहित १९ जना रहेका छन् ।  राजपाक्षेसहितका सबै उम्मेद्वारले सोमबार उम्मेद्वारी प्रमुख निर्वाचन आयुक्त महिन्दा देशप्रियालाई बुझाएका हुन् । आफ्नो दोश्रो कार्यकाल सकिन दुई बर्ष बाँकी रहदै राजपाक्षले तेश्रो कार्यकालका लागि अनपेक्षित निर्वाचन घोषणा गरेका थिए…विस्तृत समाचार »

​पाकिस्तानमा अलकायदाका कमाण्डर मारिए

विविसी, इस्लामावाद– आंतकवादी संगठन अलकायदाका कमाण्डर अदनान अल सुक्रिजको हत्या भएको छ । स्थानीय खुफिया सूचनाका आधारमा पाकिस्तानी सेनाले गरेको खानतलासी र आक्रमणमा अफगानिस्तानसंगको सीमा नजिकको पाकिस्तानको उत्तरपश्चिम जातीय क्षेत्रमा शनिवार उनी मारिएका हुन् ।   पाकिस्तानी सेनाका अनुसार शनिवारको अति ब्यस्त समयमा भएको स्थलगत खानतलासी र पहिचानपछि भएको दोहोरो आक्रमणका क्रममा अलकायदाको विश्व मामिला सञ्चालन गर्ने यी कमाण्डरलाई मारिएको हो । साउदी नागरिक सुक्रिजुमा…विस्तृत समाचार »

बन्ध्याकरणमा साइकल पम्प प्रयोग गरेको खुलासा

सिएनएन, नयाँदिल्ली– भारतको उडिसा राज्यमा महिलाको बन्ध्याकरण गर्न चिकित्सकले साइकलको पम्प प्रयोग गरेको फेला परेको छ । एक सरकारी सामुदायिक स्वास्थ्य केन्द्रमा ५६ जना महिलाको बन्ध्याकरणमा उक्त पम्प प्रयोग गरेको पाइएको हो ।   उडिसाका स्वास्थ अधिकारीले यो थाहा पाएलगत्तै अनुसन्धान सुरु गरेका छन् । उडिसा स्वास्थ सचिव आरती अहुजाका अनुसार एकजना सेवा निवृत्त चिकित्सक डा. महेशचन्द्र रोतले ती महिलाको बन्ध्याकरण गरेका थिए । उनका…विस्तृत समाचार »

उत्तर कोरियामा किम जोङ उनसँग मिल्ने नाम फेर्न उर्दी

सोल, १८ मंसिर (एजेन्सी) – उत्तर कोरिया सरकारले नेता किम जोङ उनसँग मिल्दो गरी नाम राख्ने सबै नागरिकलाई तत्काल नाम फेर्न उर्दी जारी गरेको छ । उत्तर कोरियाको सरकारी सञ्चारमाध्यम केबीएस टीभीका अनुसार सन् २०११ मा जारी गरिएको यस्तो निर्देशन अहिले सार्वजनिक गरिएको हो ।   सरकारी निर्देशनअनुसार नयाँ जन्मिने कुनै पनि बच्चाको नाम किम जोङ उन राख्न पाइने छैन भने जसको नाम पहिलेदेखि नै…विस्तृत समाचार »

पाकिस्तानबाट ४० भारतीय बन्दी रिहा

द हिन्दु, १२ मंसिर – पाकिस्तानले ४० जना भारतीय बन्दीहरुलाई शुक्रबार रिहा गरेको छ । सार्क सम्मेलनका क्रममा नेपालमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफले हात मिलाएर खुशियाली साटासाट गरेको एक दिनपछि कराँची जिल्लाको मालिर जेलमा रहेका बन्दीहरु रिहा भएका हुन् ।  रिहा हुनेमा ३६ जना माझी र चारजना अन्य रहेका इधि फाउण्डेसन च्यारिटीका प्रवक्ता अनवर कज्मीले जनाएका छन् । उनीहरुलाई संस्थाले…विस्तृत समाचार »

माेदी पत्नीलाई सुरक्षा गार्डसँग डर

काठमाडौं, १० मंसिर– भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सार्क शिखर सम्मेलनका लागि अहिले काठमाडौंमा छन् तर उनकी पत्नी जशोदाबेन भने आफ्नो अधिकारका बारेमा जानकारी मागिरहेकी छन् । तर उनले अहिलेसम्म प्रधानमन्त्री मोदीकी पत्नीको औपचारिक हक भने मागेकी छैनन् ।  बीबीसीका अनुसार मोदी पत्नी जशोदाबेन आफूलाई दिइएको सरकारी सुरक्षाबाट दिक्क भएकी छन् र आफ्नो अधिकारका बारेमा जान्न चाहन्छिन् । उनले मेहसाणाका प्रहरी अधीक्षकसँग सूचनाको हक (आरटीआई) मार्फत…विस्तृत समाचार »

​चीनसँग वार्ता गर्न दोबल मोदीका विशेष प्रतिनिधि

काठमाडौं, ९ मंसिर – भारत सरकारले चीनसंगको सीमा समस्या समाधान गर्न वार्ताका लागि राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोबललाई बिशेष प्रतिनिधि तोकेको छ । भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदी प्रधानमन्त्री भएपछि चीनसंगको सीमा समस्या समाधानका लागि थालिएको यो बिशेष पहल हो । भारतीय प्रधानमन्त्री कार्यालयद्धारा सोमबार जारी गरिएको बिज्ञप्तीमा दोबललाई चीनसंग सीमा वार्ता र रणनीतिक परामर्श गर्न भारतको बिशेष प्रतिनिधि नियुक्त गरिएको उल्लेख छ । …विस्तृत समाचार »

भारतको स्वतन्त्रता दिवसमा ओबामा प्रमुख अतिथि

काठमाडौं, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले एउटा नयाँ कुटनीतिक सफलता हासिल गरेका छन्, सायद यो उनको ठूलो सफलतामध्ये एक हुन सक्नेछ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले सन् २०१५ को जनवरीमा भारतको स्वतन्त्रता दिवसको प्रमुख अतिथिका रुपमा सहभागी हुन मोदीले गरेको निम्ता स्वीकार गरेका छन् ।  This Republic Day, we hope to have a friend over…invited President Obama to be the 1st US President to grace the…विस्तृत समाचार »

​सन्त रामपालको आश्रममा झडप, ६ जनाको मृत्यु

काठमाडौं, ३ मंसिर  – भारतको हरियाणास्थित सन्त रामपालको आश्रममा भएको झडपमा ६ जनाको मृत्यु भएको छ । मारिनेमा पाँच जना महिला र १ बच्चा छन् । आश्रममा रहेका रामपालका समर्थक र प्रहरीबीच झडप हुँदा उनीहरु मारिएको बिबिसीले जनाएको छ ।   रामपाल विरुद्ध हत्या, राजद्रोह र आपराधिक षडयन्त्रको आरोपमा मुद्धा परेको छ । उनी अदालतमा उपस्थित हुन अस्वीकार गरेपछि झडप भएको हो । हरियाणा अदालतले…विस्तृत समाचार »

​जि २० को बैठकका लागि विश्व नेता अष्ट्रेलियामा भेला हुँदै

काठमाडौं –  २८ कात्तिक – विश्वका नेताहरु विकासशील राष्ट्रहरुको समुह जि २० मा सहभागी हुन अष्ट्रेलियाको ब्रिसवेनमा भेला भइरहेका छन् । अमेरिकी  राष्ट्रपति बाराक ओबामा, चिनियाँ राष्ट्रपति सि जिनपिङ, रुसी राष्ट्रपति ब्लादिमिर पुटीन, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायतका नेता सम्मेलनमा सहभागी हुन ब्रिसबेन पुग्नेक्रम जारी छ । अष्ट्रेलियाका प्रधानमन्त्री टोनी अब्बोटले जि २० सम्मेलनमा रोजगार सिर्जना र विश्व अर्थतन्त्रलाई बलियो बनाउने बारेमा केन्द्रित हुने बताएका छन् । …विस्तृत समाचार »

horoscope

Redbull

YetiAirlines

Kumari jobs

NLG Life Insurance

राजनीति

सर्वदलीय बैठकमा मधेसी मोर्चा अनुपस्थित

काठमाडौँ, १० फागुन । स्थानीय तहको निर्वाचनको मिति घोषणा भएको सन्दर्भमा संविधान संशोधन प्रस्तावलाई संसद्मा छलफल गराउने विषयमा सर्वदलीय बैठक अहिले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँबानेश्वरमा जारी छ । 

निर्वाचनमा भाग लिऔँ, आफ्नो हैसियत नापौँ – वरिष्ठ नेता नेपाल

काठमाडौँ, १० फागुन । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले निर्वाचन क्षेत्र निर्धारण आयोग तुरुन्त गठन गर्न सरकारसँग माग गरेका  छन् । 
 

क्याम्पसमा अध्ययन गर्दासम्म मात्र स्ववियुमा रहने

काठमाडौँ ,१० फागुन । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) मा निर्वाचित पदाधिकारी र सदस्यहरु क्याम्पसमा अध्ययनरत रहँदा मात्र पदमा बस्न पाउने भएका छन् । 
 

विश्व

पाकिस्तानी अदालतमा आक्रमण, चार जनाको मृत्यु

इश्लामाबाद, १० फागुन । पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा पर्ने चार्सद्धा जिल्लामा रहेको एक स्थानीय अदालतमा आत्मघाती बम आक्रमण हुँदा कम्तीमा छ जनाको मृत्यु भएको छ । 
 

डोनाल्ड ट्रम्पद्वारा नयाँ सुरक्षा सल्लाहकार नियुक्त

वासिङटन, १० फागुन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकारमा लेफ्टिनेन्ट जनरल हर्वर्ट म्याकमास्टरलाई नियुक्त गरेका छन्  । 

९३ वर्ष पुग्दा पनि राष्ट्रपति मुगावे अवकाश लिन अनिच्छुक

हरारे, ८ फागुन– जिम्बाबेका राष्ट्रपति रोबर्ट मुगाबे, मङ्गलबार ९३ वर्ष पुग्दै छन् र उनले आफूलाई स्वीकार्य प्रतिस्थापक फेला नपरेकाले आफूले शक्ति परित्याग गर्ने योजना नबनाएको बताएका छन् । 

विचार

ओली डक्ट्रिन, प्रचण्ड र पाँच बुँदे रोडम्याप 

प्रचण्डजी ‘चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरी’को दशामा छन् । असक्षमताको पगरी गुथेर फर्कनुको अर्को बाटो उनीसामु देखिन्न । दक्षिणपन्थीहरुको बैसाखी टेकेर नौनीको लिस्नो मार्फत बालुवाटार छिरेको नतिजा आगोमा पग्लदा सडकमा नै हुने अवस्थामा आइपुग्ने भयो ।

एरिका नाम गरेकी फिजियो थेरापिष्टलाई त्रिभुवनको सूचना चोर्न अंग्रेजले खटाएका थिए

त्रिभुवन सौखिन खालका मान्छे थिए, त्यही कारण धेरै ठाउमा प्रयोग पनि भए । एरिका भन्ने एकजना अंग्रेज फिजिओथेरापिष्ट त्रिभुवनको साथमा थिइन् । अंग्रेजहरुले एरिका मार्फत सूचना चोर्ने र त्रिभुवनलाई गलाउने काम गरे ।
 

सुन्दरीजल जेलबाट मध्यरातमा बीपीलाई नारायणहिटी ल्याइएको कुरा किन आउँदैनन् ?

नेपालमा अत्यावश्यक ठानिएको पूर्व–पश्चिम राजमार्ग शिलान्यास गर्न बीपीलाई केले रोक्यो ? उनकै कार्याकालमा कोदारी राजमार्ग निर्माणको प्रस्ताव आएको थियो । तर, उनले आर्थिक रुपमा आवश्यक नभएको भन्दै प्रस्तावलाई इन्कार गरे । यद्यपी कुनै औपचारिक शिक्षा नलिएका, आफ्नो सम्पूर्ण किशोर जीवन राणाकालीन दरवारको खोपीमा विताएका राजा महेन्द्रले नै यी दुवै काम किन गर्नु पर्यो होला ?

Loading...
Top