काठमाडौँ, ५ फागुन - फिल्म पंगाले हलमा खासै राम्रो कमाइ नगरेपनि बलिउड अभिनेत्री कंगना रनावत अर्को फिल्मको तयारीमा जुटिसकेकी छिन् ।

उनी अभिनित नयाँ फिल्म तेजसमा उनको फसर््ट लुक पनि सार्वजनिक भइसकेको छ । उक्त पोष्टरमा कंगना एअर फोर्स पाइलटका रुपमा देखिएकी छन् । उनको पछाडी लडाकू विमान देखिन्छ । फिल्मले एक राष्ट्रसेवक महिलालाई चित्रण गर्न खोजेको देखिन्छ ।

उनले आफु स्क्रीनमा आफुले खोजेको जस्तो फिल्म पाउँदा निकै खुशी भएको बताएकी छिन् ।