काठमाडौं, २१ असोज– छन्द–तरङ्गको दोस्रो शृङ्खलामा छन्द कवि रमेश खकुरेल, सीता भट्टराई, र बलराम दाहालले आफ्नो प्रस्तुति छन्द पारखीहरूका माझ प्रस्तुत गर्नुभएको छ । 

साहित्यको कविता विधाको छन्द सिर्जनाको स्तरोन्नती, संरक्षणका साथै नयाँ प्रतिभाहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले, छन्द कविताको मानकीकरणका लागि सुरु भएको अभियान छन्द तरङ्गको यो दोस्रो सृङखला हो । 

लेखन कुञ्ज (घोस्ट राइटिङ नेपाल) को आयोजनामा कुञ्ज थिएटरमा भएको उक्त कार्यक्रमको दोस्रो  सृखलामा स्रष्टा रमेश खकुरेल, सीता भट्टराई, र बलराम दाहालले आफ्नो छन्द कविता प्रस्तुत गर्नुभएको थियो ।

छन्द तरङ्ग कार्यक्रमका कार्यक्रम संयोजक द्धय डा. रामप्रसाद ज्ञवाली र डा. देवी नेपालको छन्द जागरण अभियानको दुई दशकको सहयात्रालाई मूर्त रूप प्रदान गर्दै हरेक महिना तिन जना प्रतिनिधि कविहरूका प्रतिनिधि कविताहरू प्रस्तुत गर्ने गरी छन्द तरङ्ग मासिक शृङखलाको थालनी गरिएको हो । 

छन्द कविताका अभियन्ता तथा कार्यक्रम संयोजक डा. देवी नेपालले छन्द कविताको जागरणमुखी परम्परालाई प्रस्तुत गर्दै छन्द कविताको मानकी करणका लागि हरेक महिना स्तरीय कविताहरू सम्प्रेषण गर्दै जाने, वार्षिक कृति प्रकाशन गर्ने र छन्द साधना पुरस्कार समेत प्रदान गर्ने काम अगाडि बढी बढिसकेको बताउनुभयो । अर्का संयोजक डा. रामप्रसाद ज्ञवालीले आफूहरूले सुरु गरेको अभियानले औपचारिक उचाइ प्राप्त गरेको र नयाँ पुस्ता समेत छन्द जागरण अभियानमा सर्मपीत भएको देख्दा यो अभियान झन फलदायी हुने विचार व्यक्त गर्नुभयो । 

लेखन कुञ्ज (घोस्ट राइटिङ नेपाल) का अध्यक्ष कमल ढकालले यस्तो एैतिहासिक अभियानको भागिदार संस्था बन्न पाएकोमा खुसी व्यक्त गर्दै अभियानका लागि संस्थाबाट गर्नुपर्ने सबै कुरामा कुनै पनि कमी आउन नदिने प्रतिबद्धता व्यक्त गर्नु भयो । 
 हरेक सृखलामा फरक फरक स्रष्टा लाई उभ्याईने छन्द तरङ्ग कार्यक्रममा आगामी सृखलाको लागि 
स्रष्टा भुवनहरि सिग्देल, मित्रलाल पंज्ञानी र देवु लुइँटेल माला हस्तान्तरण समेत गरिएको छ । 

प्रत्येक महिनाको तेस्रो शुक्रवार ३ः३० बजे देखि ५ बजे सम्म छन्द तरङ्ग नयाँ बानेश्वर, थापागाउँ मा रहेको लेखन कुञ्जको कुञ्ज थिएटरमा गुञ्जने छ ।