काठमाडौँ, २१ कार्तिक - नेपाल बुद्धिचाल संघ र मदन भण्डारी स्पोर्ट्स एकेडेमीको संयुक्त आयोजना तथा काठमाडौँ महानगरपालिकाको सह-आयोजनामा आगामी कार्तिक २२ देखि २९ गते सम्म काठमाडौँको बुढानिलकण्ठ स्थित पार्क भिलेज होटेलमा संचालन हुने प्रतियोगिताको तयारी लगभग पुरा भएको छ ।

विश्व बुद्धिचाल महासंघका अफिसिअल इभेन्ट मध्ये नेपालमा हाल सम्म आयोजना हुने सार्बधिक ठुलो प्रतियोगिताको रुपमा रहने यस प्रतियोगितामा सहभागी हुने सबै देशका खेलाडीहरु यहि कार्तिक २२ गतेसम्म काठमाडौँ आइपुग्ने छन् । 

स्विस लिग प्रणाली अनुसार ९ चरण सम्म संचालन हुने प्रतियोगितामा सहभागी हुने सबै खेलाडी कार्तिक २२ गते काठमाडौँ आइपुग्ने छन् । स्विस लिग प्रणाली अन्तर्गत ९ चरणसम्म संचालन हुने यस प्रतियोगितामा नेपालका सातै प्रदेशका खेलाडी सहित भारत, चिन, बंगलादेश, श्रीलंका, पाकिस्तान, माल्दिभस, भुटान, मलेसिया, भियतनाम, फिलिपिन्स, कजाकिस्तान, किर्गिस रिपब्लिक, म्यान्मार, ईरान, हङकङ, जापान गरी १७ देशका १०० भन्दा बढी खेलाडीले प्रतिस्पर्ध गर्ने छन् ।

कुल १३ हजार ५ सय अमेरिकी डलर पुरस्कार रहेको यस प्रतियोगितामा क्लासिकल तथा ब्लिज़ दुई फरम्याटमा खेल संचालन गरिने छ ।
प्रतियोगिताका बिजेताले क्यान्डीइडेट मास्टर तथा महिला तर्फको बिजेताले वुमन क्यान्डीइडेट मास्टरको उपाधि समेत प्राप्त गर्न सक्ने छन् भने क्लासिक तर्फ ३७ र ब्लिज़ तर्फ ६ खेलाडीले नगद पुरस्कार प्राप्त गर्न सक्ने छन् ।

रास्ट्रपति बिद्या भण्डारीबाट कार्तिक २३ गते बिहान ११ बजे उत्घाटन हुने कार्यक्रममा एसियन चेस फेडेरेशनका डेपुटी प्रेसिडेन्ट भारत सिंह चौहान तथा विश्व बुद्धिचाल महासंघका अध्यक्ष प्रमुख सल्लाहकार बेरिक बेल्गायिभ समेत सहभागी हुनेछन ।