दाहाल सरकारका गतिबिधिप्रति चीन असन्तुष्ट, राजदुतले खोजिन् ‘एक चीन’ नीतिको कार्यान्वयन 


Wednesday, 11 Jan, 2017 3:43 PM

काठमाडौं, २७ पुष – चिनियाँ राजदुत यु होङले वर्तमान सत्तारुढ गठनबन्धनको ‘एक चीन’ नीतिप्रतिको कार्यान्वयनमा प्रतिबद्धता खोजेकी छिन् । सरकारका पछिल्ला गतिबिधिप्रति उनले असन्तुष्टी राख्दै त्यस्ता गतिबिधिले निरन्तरता नपाउने आशा समेत राखेकी हुन् । 


परराष्ट्रमन्त्री प्रकाशशरण महतलाई मंगलबार भेटी उनले सरकार र गवठबन्धनसँग जोडिएका अधिकारी/नेताहरुका पछिल्ला गतिबिधिको फेहरिस्त राख्दै ‘एक चीन’ नीति प्रति आश्वस्त हुन खोजेकी हुन् । श्रोतका अनुसार, राजदुतले   चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य लिउ छिपाओलाई मंगोलियाका बिदेशमन्त्रीसँगै बोलाएर अपमान गरिएको भन्दै त्यसबारे मन्त्री महतको धारणा बुझ्न खोजेकी थिइन् ।  त्यस्तै, सत्तारुढ दलका सभापति शेरबहादुर देउवाले गोवामै गएर निर्वासित तिब्बती सरकारका प्रधानमन्त्रीसँग मंच शेयर गरेका थिए भने दलाई लामाको भिडियो संवोधनमा समेत सहभागि थिए । तत्कालिन चिनियाँ राजदुत उ चुन्ताईले सत्तारुढ पार्टीका प्रमुख नेताको यो भेटवार्ताप्रति असन्तुष्टी राखेका थिए ।


नेपालमा चीनबिरोधी गतिबिधि बढीरहेको भन्दै असन्तुष्टी राखिरहेका बेला जिम्मेवारी सम्हाल्न आएकी राजदुत होङले पनि देउवाको गोवा यात्रा र त्यहाँ भएको कार्यक्रमबारे महतसँग जानकारी मागेकी थिइन् । यसअघि देउवालाई भेट्दा समेत यस बिषयमा कुराकानी भएको र देउवाले आफ्नो एक चीन नीति प्रति शंका नगर्न आग्रह गरेका थिए । दाहाल नेतृत्वको सरकारले अघिल्लो सरकारका पालामा भएका सम्झौता कार्यान्वयन हुन नसकेको भन्दै राष्ट्रपति सी जिनिपिङको नेपाल भ्रमणको तयारीका लागि समेत पुर्ब सम्झौता कार्यान्वयन गर्नुपर्ने बताएकी थिइन् । त्यसमा परराष्ट्रमन्त्री महतले स्पष्ट जबाफ दिन नसकेपनि पुर्ब सम्झौता कार्यान्वयन हुने र राष्ट्रपतिको भ्रमणका लागि नेपाल तयारी अवस्थामा रहेको बताएका थिए ।


चिनियाँ राष्ट्रपति सी नेपाल भ्रमण गर्न इच्छुक रहेपनि नेपाल सरकारका चीनबिरोधी क्रियाकलाप बढीरहेको र भ्रमणको तयारीसमेत नभएकोले भ्रमणसमेत अव अन्यौलमा परेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणका क्रममा नेपालको बिदेश नीति भारतद्वारा निर्देशित हुने नयाँदिल्ली प्रस्तावमा हस्ताक्षर गरेपछि चीन संशकित हुँदै आएको छ । दाहाल नेतृत्वको सरकार भारतीय योजनामा बनेको भन्ने नयाँदिल्लीका रिर्पोटहरु नेपाल सरकारका सम्झौता र व्यवहारले प्रमाणित गर्दै लगेपछि बेइजिङको चिन्ता बढेको हो । चिनियाँ राष्ट्रपतिको प्रस्तावित नेपाल भ्रमण त्यही दाहालद्वारा दिल्लीमा हस्ताक्षरित बक्तब्यले निशेध गरेको चीनको बुझाई छ ।


सरकारका एक चीन नीतिबिरुद्धका गतिबिधिका कारण बेइजिङले नियमित गर्नुपर्ने कतिपय बैठकलाई पर सार्दै आएको छ । नेपाल सरकारले नेपाल–चीन दुईपक्षीय संयन्त्रको बैठक माघमा गर्ने प्रस्ताव राखेपनि राजदुत होङले चिनियाँ नेता÷अधिकारी दुई महिना व्यस्त रहने भन्दै फागुनको अन्त्यमा गर्न सकिने जबाफ दिएकी छिन् । राजदुतले कुटनीतिक शैलीमा चीनप्रति सरकारको नीति र व्यवहारप्रति शंका राखेपछि परराष्ट्रमन्त्री महतले उनलाई सरकारको एक चीन नीतिप्रति शंका नगर्न बिश्वास दिलाउँदै चीन नेपालको नजिकको छिमेकी भएको बताएका थिए । 

   
  
 

comments powered by Disqus

Related News

horoscope

National Reconstruction Authority

Redbull

YetiAirlines

NLG Life Insurance

राजनीति

विज्ञहरुले भने– अहिलेको संविधान संशोधन पास भए नेपाल रहंदैन 

‘७० वर्षको उमेरमा भक्ति थापाजस्ता हाम्रा पूर्खाले रगत दिएर बनाएको नेपाललाई केही दलालहरुले विदेशीका पाउमा चढाउने काम गरेका छन्’ बस्न्यातले भने, ‘यहाँका मैथिली, भोजपुरी र अवधी भाषा मासेर स्थापित गरिएका हिन्दीभाषीहरु नेपाली होइनन् । हिन्दीभाषीलाई नै नेपाली भनेर नेपाल समाप्त पार्ने प्रयास भएको छ ।’ 

संशोधन थाँती राखे समझदारी हुने - सचिव ज्ञवाली

बाबियाचौर (म्याग्दी), ८ माघ - नेकपा (एमाले)का सचिव प्रदीप ज्ञवालीले संशोधन प्रस्ताव थाँती राखेर राजनीतिक समझदारी कायम गर्न सकिने बताएका छन् । 

स्थानीय निर्वाचनको मिति चाँडो घोषणा गर –रामचन्द्र पौडेल

काठमाडौँ, ७ माघ –व्यवस्थापिका–संसद्को आजको बैठकमा प्रमुख दलका नेता तथा सांसदले अविलम्ब स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्न सरकारसँग माग गरेका छन् । 

विश्व

नाइजेरियाली विश्वविद्यालयमा आत्मघाती बम आक्रमण, छ जनाको मृत्यु

अबुजा नाइजेरिया, माघ – नाइजेरियाको उत्तरपूर्वी राज्य ब्रनोको राजधानी मैदुगुरीमा सोमबार एक विश्वविद्यालयमा आत्मघाती बम विस्फोट गराइँदा कम्तिमा छ जनाको मृत्यु भएको यहाँको प्रहरीले जनाएको छ । 

घटनामा १५ जना घाइते भएको बताइएको छ

बङ्गलादेशमा हत्याका आरोपमा छब्बीसलाई मृत्युदण्ड  

ढाका, ३ माघ – बङ्गलादेशको एक अदालतले सत्ताधारी अवामी लिगका राजनीतिज्ञहरूले राजनीतिक प्रतिद्वन्द्वीको हत्या गर्न मुलुकको उच्च सुरक्षा निकायलाई कसरी उपयोग गरे भनि सुनुवाइ गरेपछि २६ व्यक्तिलाई सोमबार मृत्युदण्डको निर्णय सुनाएको छ । 

रुसले अति शक्तिशाली लामोदूरीको क्षेप्यास्त्र परीक्षण ग¥यो

मस्को, ४ माघ – रुसले जल तथा जमिन दुबै स्थानबाट प्रहार गर्न सकिने, अति शक्तिशाली, लामोदूरीको क्षेप्यास्त्रको आज परीक्षण प्रक्षेपण गरेको छ । 

विचार

सीके राउतसँग बाबुराम–प्रचण्डको बिखण्डनवादी कनेक्सन

||  रामशरण बजगाईं/विजय ढकाल  || सतहमा हेर्दा यो बिषय सामान्य र अपत्यारिलो लाग्छ । इरान हुँदै पाकिस्तान पुगेको मानिस कसरी नेपालको तराइसँग जोडियो भन्ने प्रश्न उठ्न सक्छ । हामीलाई पनि त्यस्तै लाग्थ्यो । तर हालसालै भारतीय काश्मिरकी  मुख्यमन्त्री महबूबा मुफ्तीले गरेको एउटा खुलासाले हामीलाई झस्कायो । 

नेपाल–भारत सम्बन्धमा ओली फर्मुला के हो ?

|| रामशरण बजगाईं/विजय ढकाल || 
बाबुरामले त प्रधानमन्त्री बन्नासाथ भारतसँगको सम्बन्धमा जुवा खेल्न छुट मागे । सत्ताको चाबी दिल्लीलाई बुझाएर नेपालमा घोषणा गरे 'चाबी अन्तै रहेछ,' 'नेपाल भारतमा मर्ज वा सब्मर्ज हुन सक्छ ।'  फेरि पनि उनै  बाबुराम सोध्छन्– भारतसँग सम्बन्ध सुधार्ने ओली फर्मुला  के हो ? 

‘ओलीजम भर्सेस माथुरजम’ खडा गर्ने हो बाबुरामजी ? 

रामशरण बजगाईं/विजय ढकाल

बाबुराम भट्टराई  र उनले तालिम दिएका चेला चपेटाहरु काठमाडौं र दिल्लीबाट जयशंकरलाई सूचना दिंदै थिए– ‘कोइरालाको कार्यालयबाटै भारत बिरोधी गतिविधि संचालित छ ।’ 

Loading...
Top