काठमाडौं, २० असोज– चिनियाँ राष्ट्रपति सी जिनपिङको यसै साता हुने नेपाल भ्रमणका लागि तयारी तीव्र पारिएको छ । सरकारले राष्ट्रपति सीको भ्रमणका लागि सुरक्षा व्यवस्था चुस्त पार्न सुरक्षा निकायलाई निर्देशन दिएको छ भने अन्य व्यवस्थापकीय तयारी पनि धमाधम भइरहेको छ ।

राष्ट्रपति सी असोज २५ गते काठमाडौँ उत्रने सम्भावना छ । उहाँको स्वागतका लागि सबै किसिमको तयारीमा सरकार जुटेको छ । तस्वीर: चक्रपथ डटकम