कञ्चनपुर, २९ भाद्र – राष्ट्रिय जनमोचा नेपालका अध्यक्ष चित्र वहादुर के.सीले संघियता एक प्रणाली भएकाले आफैमा खराव नभएको तर देशको भौगोलीक बनावट र आर्थिक अवस्थाले त्यसलाई खराव वनाएको वताउनु भएको छ । 

अखिल छैठौको दशौ जिल्ला अधिवेशनलाई आज कञ्चनपुरको महेन्द्रनगरमा उद्घाटन गर्दै अध्यक्ष के.सीले नेपालको परिपेक्षमा संघियता जनताले धान्न नसक्ने गरि घातक सावित भएको बताउँदै संघियता खारेज गरिनु पर्ने वताउनु भयो । 

उहांले निर्मला पन्त हत्याकाण्डमा सरकारले समय समयमा विभिन्न अनुसन्धान टोली पठाएपनि उपलव्धी शुन्य हुनुले अपराधि राज्यसंयन्त्र भन्दा पनि बलिए भएको पुष्टी भएको वताउनु भएको छ ।