काठमाडौँ, २२ मंसिर - क्रिस्टोफर फाउण्डेशन नामक संस्थाले भ्रमण वर्ष–२०२० सफल बनाउन पत्रकार सम्मेलन गरी फाउण्डेशनका अध्यक्ष क्रिस्टोफर नोयलले २० लाख पर्यटक भित्र्याउन सरकारलाई सहयोग गर्ने बताएका छन् ।

अन्तरराष्ट्रिय क्षेत्रमा मिडिया रिलेशनसीपमा सो संस्था स्थापना भएको हो । संस्थाका अध्यक्ष नोयल अमेरिकन लेखक तथा पत्रकार हुन ।

उनले आफूले नेपालका प्राकृतिक सुन्दरता, हिमालको अध्ययन तथा अनुसन्धान गरेको अनुभव सुनाउँदै नेपाल भ्रमण वर्षमा धेरै पर्यटक भित्र्याउन सकिने बताए ।