काठमाडौँ, ११  साउन - परदेशी भुमीमा रहेर पनी नेपाली मौलिक लोक गीत संगीतको विकाशमा अनवरत रुपमा खटिएकी गायिका शिवा केसी र गायक प्रकाश कडेँलले यसपालीको तिजमा  ”चुलबुले बैँश” नामक गीत बजारमा ल्याएका छन ।

मायालु जोडिको प्रेमको प्रसङगलाई गीतमा समेटिएको छ  । आफनी प्रेमीकाको मायामा निकै आकर्षित भएको कुरा गीतमा गरिएको छ । मौलिक बाजाको साथमा निकै रमाइलो तरिकाबाट गीत तयार पारिएको कारणले आम लोक पारखी श्रोताले मन पराउनेमा आफु आशावादी रहेको गायिका शिवाले बताइन  । अर्जुन सुवेदीको शब्द सिर्जना तथा सुरज पुनको लय सिर्जना गीतमा रहेको छ ।

दुर्गा पौडेलको छायाँकन, नविन धर्ति मगरको सम्पादन तथा शंकर विसीको निर्देशन भिडियोमा रहेको छ । ”चुलबुले बैँश” गीतको भिडियोमा महेन्द्र गौत्तम, अनिता बस्नेत र रविना भण्डारीको नृत्य रहेको छ । 

गायिका शिवा केसीको आवाजमा ”चुलबुले बैँश” (भिडियोसहित) :