काठमाडौं, २८ असोज - सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा प्रसारण हुने विदेशी च्यानलहरुले कात्तिक ७ गतेभित्र विज्ञापनरहित, क्लिनफिड प्रसारण गर्न  आग्रह गरेको छ ।

मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै ऐन प्रारम्भ हुँदाको समयमा विदेशी च्यानलसँग डाउनलिङ गरी प्रसारण गर्न सम्झौता गरिसकेका संस्थाहरुले ऐन प्रारम्भ भएको एक वर्षभित्र अर्थात् कात्तिक ७ गतेभित्र विज्ञापनरहित क्लिनफिड प्रसारण गर्न स्मरण समेत गराएको छ ।

क्लिनफिड प्रसारणका लागि ऐनले नै एक वर्ष तयारी अवधिको व्यबस्था गरेकोले तोकिएको अवधिभित्र क्लिनफिड प्रसारण गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रसारण संघ संस्थाहरुलाई आग्रह गरेको छ ।