काठमाडौं, २९ पुस – नेपालमा गत २४ घण्टामा ४४५ जनामा कोरोना सङ्क्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ४१४ जना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म नेपालमा संक्रमणमुक्त हुनेहरुको संख्या २ लाख ५९ हजार ७ सय ७२ जना पुगेको छ । त्यस्तै देशभर हाल सक्रिय संक्रमितहरुको संख्या ४ हजार ४३४ छ ।

कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या १९३७ रहेको छ ।