काठमाडौं, १ कात्तिक - उपत्यकामा १७४६ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनंख्या मन्त्रालयको नियमित लाइभ अपडेटमा प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा १४५१, भक्तपुरमा १४३ र ललितपुरमा १५२ जना नयाँ संक्रमित थपिएका हुन् ।

नेपालमा आज  थप ३ हजार १६७  जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १ लाख २९ हजार ३०४  पुगेको छ ।