काठमाडौं, ६ मङ्सिर -  नेपालमा आज थप १ हजार ६७४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप १ हजार ९४५ जनामा कोरोनाको संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल संक्रमितहरुको संख्या २ लाख १८ हजार ६३९ पुगेको छ ।  

नेपालमा कोरोनाभाइरस संक्रमणबाट निको हुनेको संख्या १ लाख ९३ हजार ३२५ पुगेको छ । पछिल्लो २४ घन्टामा २३२३ जना डिस्चार्ज भएका छन् ।