काठमाडौं, २४ असार - इङ्ल्याण्ड र वेष्ट इन्डिजबीच आजबाट पहिलो टेष्ट खेल हुँदैछ । कोभिड-१९ को महामारी पछि विश्व क्रिकेटका सबै प्रतियोगिताहरु स्थगित भएका थिए ।

स्थगित अन्तर्राष्ट्रिय क्रिकेटले प्रतियोगिताहरुलाई पुनः निरन्तरता दिने भएपछि आजबाट विश्व क्रिकेटलेपुनरागमन गर्दैछ । बेलायतको साउथह्यामटन स्थित एजियास बाउल मैदानमा क्रिकेट टेष्ट हुन लागेको हो ।

तर मैदानमा भने दर्शकहरुलाई प्रवेशको अनुमति दिइएको छैन् । इङ्ल्याडको नेतृत्व आलराउन्डर बेन स्टोक्सको गर्दै छन् भने वेस्ट इन्डिजको कप्तानमा जेसन होल्डर छन् ।

यसैबीच इङ्ल्याण्डले आफ्नो टोलीमा अनुभवी मोइन अलि र ज्याक लिचको स्थानमा युवा अफ स्पिनर डम बेस लाइ पहिलो पटक टोलिमा समाबेश गरेको छ ।