फ्रेडरिक एंगेल्सद्वारा सन् १८७६ मा लिखित ‘बाँदरबाट मानिस बन्ने प्रक्रियामा श्रमको भूमिका’ शीर्षकको दस्तावेजले मानव जातीको उत्पत्ति सम्बन्धी निष्कर्षमा नयाँ आयाम थप्यो । लाखौँ वर्षको श्रमप्रतिको संघर्षले शारीरिक र बौद्धिक विकास सहित मानवजाती उत्पत्ति भएको विषयलाई उक्त ऐतिहासिक रचनामा सुस्ष्टरूपमा संश्लेषण भएको एकसय चवालिस वर्षहरू बितेका छन् । आफूलाई सर्वश्रेष्ठ र बुद्धिमान ठान्ने प्राणी मानिसले आफ्नो चातुर्दिक विकासको निर्णायक तत्व श्रमलाई उच्च महत्व दिएर नै सामाजिक आर्थिक विकास, आधुनिक सूचना प्रविधि, विज्ञान प्रवद्र्धनको यस चरणमा विश्वलाई डो¥याउन सफल भएको हो । त्यसैले पूर्वजको योगदानप्रति गौरव गर्दै श्रमप्रति सदा उच्च सम्मान गर्नु र यस पवित्र तत्वको प्रवद्र्धन गर्नु मानिसको परम कर्तव्य र दायित्व हो ।   

मानवको प्रादुर्भाव भएपछि यस धर्तीमा बसोवास गर्ने सबै जातजाती, समुदाय र सिङ्गो समाजले श्रमका लागि समान अवसर पाए ? अवसर पाएका सबैले उत्तिकै मात्रामा सामाजिक उन्नयन र व्यक्तित्व विकास गर्न के कारणले सकेनन ? किन सबै देश र समाजमा मानवजातीको समरूपमा विकास हुन सकेन ? यी यस्ता ज्वलन्त प्रश्नहरू हुन् जसको जवाफ छ तर केही बेर घोत्लनु पर्छ र व्याख्या गर्नु पर्दछ । सामाजिक विभेदलाई हेर्ने दृष्टिकोण, गर्ने व्यवहार र समाधानका उपायहरू भने वहुविध छन् । श्रमलाई हेर्ने दृष्टिकोणबीच लामो कालदेखि द्वन्द्व चलिरहेको छ । अन्ततः श्रमलाई सम्मान गर्ने दर्शनले नै जित्नेछ । जे होस् श्रम र श्रम संस्कार मानिसको अस्तित्व र समग्र विकासको निर्णायक तत्व हो । त्यसैले यहाँ श्रम, साँस्कृतिक परम्पराले श्रमलाई हेर्ने र बुझ्ने दृष्टिकोण एवं श्रमको महत्वका बारेमा केन्द्रित रहेर चर्चा गर्ने कोशिस गरिएको छ । 

अनुसन्धाताहरूले बितेको शताब्दीको आँकडा र सूचकाङ्कलाई मध्यनजर राखेर मानिसको कार्यगत गतिविधिको विश्लेषण गर्दै संस्कृतिले आर्थिक विकास, सामुदायिक उत्थान र पर्यावरणका क्षेत्रमा ठूलो प्रभाव पारेको निष्कर्ष निकालेका छन् । संस्कृति प्रभावित विकासले आर्थिक तथा मौद्रिक बाहेकका फाइदाहरू पनि दिएको छ जस्तोकि सामाजिक सहभागिता, लचिलोपना, नवप्रवर्तन, सिर्जनात्मकता, व्यक्ति र समुदायमा उद्यमशीलता विकास, स्थानीय उत्पादनको उपयोग, सीप तथा ज्ञान उपलब्ध गराएको छ । साँस्कृतिक क्षेत्र प्रष्पूmटित हुँदा सामाजिक पूँजी र सामुदायिक संस्थामा विश्वास बढाएको छ । संस्कृतिले जीवनशैली, चालचलन, उपभोग गर्ने प्रवृत्ति, प्रकृतिसँगको अन्तरक्रिया प्रवद्र्धित गरेको छ । स्थानीय तहको रैथाने ज्ञान प्रणालीले स्वच्छ वातावरण प्रवद्र्धन गर्दै जैविक विविधता संरक्षण र जलवायु परिवर्तन न्यून गर्न मद्दत पु¥याइरहेको छ । यी सबैको मूल कुरा भनेको आर्थिक विकास र गरिबी निवारणमा साँस्कृतिक क्षेत्रले सकारात्मक प्रभाव पारिरहेको छ भन्ने नै हो ।  

विश्वले कोरोना महामारीको ताडना व्यहोरिरहेको वर्तमान संवेदनशील परिवेशमा हाम्रा साँस्कृतिक मूल्यहरुमा अन्तरनिहित सामाजिक सद्भाव, परोपकारी भावना, हेरचाह, सेवा र आपसी समन्यको भावलाई थप प्रवद्र्धन गर्नुपर्ने आवश्यकता छ ।

मानिस सामाजिक प्राणी भएकाले गाउँ तथा शहरमा परिवारहरू प्रायः सामुहिक रूपमा वस्ती विकास गरेर बसेका छन् । एकतामा बल हुने भएकाले विभिन्न प्राकृतिक र मानसिर्जित विपत्ति र अप्ठ्याराहरूसँग जुध्न समुदायमा बस्ने मानिसको ऐतिहासिक कालदेखिकै मूल प्रवृत्ति हो । समुहमा बस्दा एकातिर सुरक्षा, आपसी सहयोग आदानप्रदान जस्ता कुराहरू हुन्छन् भने अर्कातिर नकारात्मक पक्षमा होहल्लासहित सार्वजनिक स्थान, चोक, गल्ली, साँस्कृतिक स्थल, यातायात क्षेत्र, स्वास्थ्य केन्द्र आदिमा फोहर, दूर्गन्ध र असुरक्षा बढ्छ । आफ्नो निवासबाट उत्सर्जित फोहर आँगन बाहिर बाटोमा फाल्ने, नजिकैको झाडीमा हुत्याउने, खोलानाला वा नदिमा विसर्जन गर्ने प्रवृत्ति छ । यसबाट वस्तीको सुन्दरतामा ह्रास आएको छ, वातावरण प्रदूषित भएको छ र विभिन्न प्रकारका सरुवा रोगहहरू फैलिइरहेका छन् । जथाभावी फोहर फाल्ने र कसैले त्यसलाई आँैल्याए आफूले फोहर गरेको होइन भनेर उल्टै धम्क्याउने प्रवृत्ति पनि छ । यही विषयलाई लिएर समाजमा झगडा समेत हुने गरेका छन् । 

समकालिन समाजमा अस्तित्वमा रहेका साँस्कृतिक परम्पराहरूले श्रमलाई विभिन्न रूपमा व्याख्या गरेका छन् । तिनले संस्कृति र श्रमबीच अन्योन्याश्रित सम्बन्ध भएको पुष्टि गर्दै आएका छन् । यी महत्वपूर्ण सन्देशहरूलाई मानिसले कसरी आत्मसात गर्छ र दैनिक व्यवहारमा उतार्छ त्यसमा सम्बन्धित समाजको विकासको गति निर्भर हुन्छ ।  
 
पृथ्वीका विभिन्न भागमा आ–आफ्नै प्रकारको श्रम संस्कृतिको विकास भएको छ । पश्चिमी मुलुकमा समयलाई श्रमस्थलमा ठूलो महत्व दिएको पाइन्छ । कार्यस्थल जाने र छाड्ने समय ठिक समयमा हुनुपर्ने हुन्छ । श्रमलाई ठूलो महत्व दिएर नै पश्चिमा मुलुकमा ‘हायर एन्ड फायर’ को नीति अख्तियार गरिएको देखिन्छ । उनीहरू कामलाई काम हो भन्दछन् र काममा लाग्दछन् । पश्चिमा मुलुकमा कार्यस्थलमा आफ्नै परिवारका सदस्य भएपनि व्यावसायिक सम्बन्धले मात्र प्राथमिकता पाउँछ । पदानुक्रमलाई आधार नमानी काममा लाग्नु पश्चिमी कार्य संस्कृतिभित्र पर्दछ । यही भएर पश्चिमी मुलुकमा विज्ञान तथा प्रविधि, भौतिक पूर्वाधार र शैक्षिक उन्नयन तीब्र गतिमा भएको हो भन्ने विश्लेषण गरिएको छ । यसबाट सम्बद्ध सबैले उचित पाठ सिक्नु पर्दछ । 

पूर्वीय सभ्यता, परम्परा र दर्शनले पनि श्रमलाई उच्च महत्व दिएको कुरा यहाँका वाङ्मयले स्पष्ट पार्दछन् । वेद, उपनिषद्, पुराणले श्रमका गाथा गाएका छन् र श्रम र मानव जीवनको अस्तित्वका बीच गहिरो सम्बध रहेको कुरालाई अथ्र्याएका छन् । यस क्षेत्रको नीतिशास्त्रले ‘श्रममेव हि केवलम्’ भनेर जीवनका लागि काम नै सबैथोक हो भन्ने बताएको छ । गीताले ‘शरीरयात्रपि चते नप्रसिद्धयेद कर्मणाः’ अर्थात् शरीर निर्वाहका लागि पनि श्रम कर्म अपरिहार्य छ भन्छ । यसैगरी गीताले भन्दछ : नहि काश्र्यत्क्षणमपि जातु निष्ठत्यकर्मकृत् । अर्थात् मनुष्य विना कर्म श्रम नगरी रहन सक्दैन । भगवत गीतामा भनिएको छ: न हि कश्चित् क्षणमपि, जातु तिष्ठ–त्यकर्म–कृत् । कार्यते ह्यावशः कर्म, सर्वः प्रकृतिजैर्–गुणै: ।। यस श्लोकको भावार्थ यसप्रकार छ– निःसन्देह कुनैपनि मानिस क्षणभरमात्र पनि कुनै कर्म नगरी रहन सक्दैन, किनकी सारा मनुष्यसमुदाय प्रकृतिजनित तीनै गुणहरूद्वारा विवस हुँदै कर्म गर्नका लागि बाध्य गरिन्छ । यसैगरी सन्न्यासः कर्म–योगश्च, निः श्रेयस–करावुभौ । तयोस्तु कर्म–सन्न्यासात्, कर्मयोगी विशिष्यते ।। अर्थात् कर्मसन्यास र कर्मयोग–यी दुबै परम कल्याणकारक छन्, तर ती दुईमध्ये पनि कर्मसंन्यासभन्दा कर्मयोग साधनामा सुगम हुनाले श्रेष्ठ छ भन्ने कुरा गीताले गरेको छ । यसबाट स्पष्ट हुन्छ कि पूर्वीय दर्शनले श्रमलाई उच्च प्राथमिकता दिएको छ । भ्रतृहरि शतकले ‘छन् उद्योग जहाँ सबै धनहरू आफैँ कुदी आउँछन् । पानीले भरिलो छ पोखरी भने माछा खुबै धाउँछन् ।। भनेका छन् भने यजुर्वेदले कुर्वन्नेवेह कर्मणि जिजीविषेच्छतं समा : । अर्थात् श्रमकर्म गर्दै गर्दै हामी सय वर्ष बाँचौँ भनेर श्रम र स्वस्थ्य जीवनको अन्योन्याश्रित सम्बन्धलाई स्पष्ट पारेको छ । उद्योगेन न सिद्धयान्ति कार्यणि च मनोरथै : । नहि सुप्तस्य सिंहस्य प्रवेशान्ति मुखे मृगा : ।। अर्थात् श्रम नगरी नत कुनै उपायले कार्य सिद्धि हुन्छन् नत मनले र कल्पनाले गर्दा नै सबै काम हुन्छ । जसरी सुतेको मुखमा मृग त्यसै पस्दैनन् । यसरी पूर्वीय साहित्यले श्रम र सक्रियतालाई सदा उद्बोध गरिरहेको छ ।

शान्तिका अग्रदूत बुद्धका उपदेशहरूको विश्लेष्ण गर्दै विद्वानहरूले त्यसका विविध आयामहरू बारे लामो समयदेखि प्रकाश पार्दै आएका छन् । दिगो शान्ति, सुखी समाज, सभ्य जीवनचर्याका लागि बुद्धले कालजयी सन्देशहरू प्रवाह गरेका छन् । बुद्धवादी अर्थशास्त्रले आधुनिक पश्चिमी आधारभूत सिद्धान्तलाई चुनौती दिँदै यसको विकल्प प्रस्ताव गरेको छ भन्ने कुरा अनुसन्धानकर्ताले बताएका छन् । दुःखलाई घटाउने, इच्छालाई सामान्यीकरण गर्ने, हिंसा नगर्ने, हेरचाह गर्ने, उदारता प्रकट गर्ने कुरालाई बुद्धवादी अर्थशास्त्रले जोड दिएको छ भनिन्छ । यस अर्थशास्त्रले प्राप्ति गर्ने भन्दा क्षतिलाई कम गर्न मानिस अग्रसर हुनुपर्ने भन्दछ । न्यूनतम भौतिक सुविधालाई जोड दिँदै गास, वास र कपासको व्यवस्था गर्नुपर्ने कुरा यस शास्त्रको रहेको छ । प्राध्यापक लास्ज्लो ज्सोल्नई र डा. ओरा सेटरद्वारा सम्पादित ‘केयरिङ म्यानेजमेन्ट इन द न्यू इकोनोमी’ पुस्तकमा ‘मानव अस्तित्वको केन्द्रिय दुष्टिकोण हेरचाह हो’ भन्ने भनाई मानवता प्रवद्र्धनका लागि महत्वपूर्ण छ । हेरचाह श्रममा नै आधारित छ । यसले बुद्धको मानतावादी चिन्तनलाई समेत पक्षपोषण गरेको पाइन्छ । 

विश्वका सबै सामाजिक साँस्कृतिक मुल्य मान्यताहरूले अनुग्रह, आशा, विश्वास, माया, न्याय, सेवा, खुशी र शान्तिजस्ता मानवीयतालाई प्रवद्र्धन गर्ने तत्वहरू समाविष्ट गरेका छन् । मानिसको अस्तित्वका लागि यी सब चिजहरू आवश्यक छन् ।

इस्लाम अवधारणाले आफ्नो प्रारम्भिक चरणदेखि नै इस्लाम समुदायमा श्रम वा कार्यबारे अगाध विश्वास रहेको कुरा व्यक्त गरेको छ । अरबियन समाजशास्त्रीले इस्लामीहरू व्यवसायमा संलग्न हुनु पर्ने, आपसी समझदारी र सहयोगमा जोड दिनुपर्ने, जनताको आवश्यकतालाई सन्तुष्ट पार्नुपर्ने, धनदौलत बढाउन र शहरको अभिबृद्धिको लागि लाग्नु पर्नेजस्ता विषयमा चासो राख्छन् भन्ने कुरा बताएका छन् । गरिबी निबारण गर्न ध्यान दिनुपर्ने, जनतालाई सिर्जनात्मक कार्यमा प्रेरित गर्नुपर्ने, असल व्यवहार गर्नुपर्ने र उपयोगी विचार र जिम्मेवार कार्य गर्नुपर्ने कुरा इस्लामको सन्देश हो । इस्लामले श्रमलाई आस्थाको मुख्य कुरा भित्र पार्दै जीवनको अभिन्न अङ्गको रूपमा अंगीकार गरेको छ । यस परम्पराले व्यापार व्यवसायलाई जोड दिँदै मानवीय जीवनको अभिन्न अङ्ग समाजको सन्तुष्टि र मनोवैज्ञानिक आनन्दको स्रोतको रूपमा रहेको समेत आत्मसात गरेको छ । व्यापारिले नैतिक हिसाबले व्यापार गर्नुपर्ने भन्दै त्यसबाट जीवनरक्षा र समाजको भलाई अभिबृद्धि हुने कुरा विश्वास गरिन्छ । इस्लामको सुनौलो युगको रूपमा ठानिएको छैठौँ शताब्दीमा ज्ञान, व्यापार, उद्योग, कृषि र विभिन्न समाजोपयोगी संरचनाको विकास भएको मानिन्छ । इस्लाम ठगी र घुसखोरीको बिरुद्धमा छ र पारदर्शीताको पक्षमा रहेको छ । अनैतिकता र लोभका विरुद्धमा इस्लाम परम्परा छ । अल्छीपनालाई पाप भन्दै कामप्रति समर्पण, पुण्य, सामाजिक भलाइका लागि कार्यथलोमा न्याय र उदारता, कार्यविना जीवनको अर्थहिनता व्यक्त, सामाजिक संस्थामा मानव सम्बन्ध अभिबृद्धि गर्न जोड, श्रमले प्रकृति नियन्त्रण गर्न सहयोग गर्ने विश्वास, सिर्जनात्मक कार्य खुशी र उपलब्धीको सहयोगी, सफल व्यक्ति त्यो हो जो श्रमप्रति समर्पण गर्छ, जिम्मेवारी पुरा गर्न कडा श्रमजस्ता कुराहरू इस्लाम संस्कृतिले अगाडि सारेको छ । 

इसाइ संस्कृतिमा हृदयदेखि नै श्रम र सेवा गर्नुपर्ने, सबै कठिन कार्यले प्रतिफल दिने तर कुराले गरिबी निम्त्याउँने, काम नगरे खान नपाउने, कडा परिश्रम गर्नु पर्ने, श्रम जीवनको अभिन्न अङ्ग ठान्ने, परिश्रमले आनन्द दिन्छ भन्ने जस्ता मान्यताहरू छन् । इसाई साँस्कृतिक परम्परामा आधारित अमेरिकी श्रम मुल्यहरूमा स्वतन्त्रता, समानता, व्यक्तिवादिता, कडा मेहनत, प्रतिष्पर्धा, सुरक्षाजस्ता कुराहरूलाई आत्मसात गरिएको छ । युरोपको श्रम मूल्यमा सौन्दर्यशास्त्रउपर प्रशंसा, बौद्धिकतावाद, समाजवाद, परिवारिक वातावरण र मित्रता, आरामको समयजस्ता कुराहरू पर्दछन् । 

वेद, उपनिषद्, पुराणले श्रमका गाथा गाएका छन् र श्रम र मानव जीवनको अस्तित्वका बीच गहिरो सम्बध रहेको कुरालाई अथ्र्याएका छन् । यस क्षेत्रको नीतिशास्त्रले ‘श्रममेव हि केवलम्’ भनेर जीवनका लागि काम नै सबैथोक हो भन्ने बताएको छ ।

विश्वका सबै सामाजिक साँस्कृतिक मुल्य मान्यताहरूले अनुग्रह, आशा, विश्वास, माया, न्याय, सेवा, खुशी र शान्तिजस्ता मानवीयतालाई प्रवद्र्धन गर्ने तत्वहरू समाविष्ट गरेका छन् । मानिसको अस्तित्वका लागि यी सब चिजहरू आवश्यक छन् । तिनै महत्वपूर्ण साँस्कृतिक धरोहरहरूको आडमा कतिपयले गलत व्याख्या गरेर निहित स्वार्थ पूर्ति गर्नतिर लाग्छ भने त्यसको उजागर गर्नु सम्बद्ध सबैको दायित्व हो । के धर्तीका सम्पूर्ण समाजमा उक्त साँस्कृतिक मूल्यहरू कार्यान्वित भइरहेका छन् त ? आफ््ना पूर्वजहरूद्वारा सिर्जित जीवनका निम्ति अतिआवश्यक परम्पराहरूलाई पुनः जागृत गरेर समाजलाई सुखी तुल्यान लाग्नु हरेक मनुष्यको दायित्व हो । 

मुलुकको राजनीतिक, सामाजिक र आर्थिक क्षेत्रले मौलिक साँस्कृतिक मूल्यहरूलाई स्थापित गराउँदा समृद्धिमा ठूलो योगदान गर्न सकिने विश्वास गर्न सकिन्छ । विश्वले कोरोना महामारीको ताडना व्यहोरिरहेको वर्तमान संवेदनशील परिवेशमा हाम्रा साँस्कृतिक मूल्यहरुमा अन्तरनिहित सामाजिक सद्भाव, परोपकारी भावना, हेरचाह, सेवा र आपसी समन्यको भावलाई थप प्रवद्र्धन गर्नुपर्ने आवश्यकता छ । नेपालको संविधानले विश्वका असल साँस्कृतिक मूल्यहरु र मानवजातीले हासिल गरेका ज्ञानका अवयवहरुलाई आत्मसात गर्दै दिगो शान्ति, गुणस्तरीय शिक्षा, मानवअधिकारसहित न्याय र समानतामा आधारित अर्थव्यवस्थाको परिकल्पना गरेको छ । सरकार समृद्धिको दिशामा अग्रसर बनेको छ । यस सामयिक परिवेशमा समस्त नेतृत्व वर्गले विकास र समृद्धिका लागि निःस्वार्थभावले नेतृत्व प्रदान गर्न अग्रसर हुनु पर्दछ । यस सन्दर्भमा गीताको एउटा श्लोक यहाँ प्रस्तुत गर्नु सान्दर्भिक हुन्छ– यद्–यदाचरति श्रेष्ठस्,–तत्– तवेवेतरो जनः । स यत्–प्रमाणं कुरुते, लोकस्–तदनुवर्तते ।। अर्थात् श्रेष्ठ पुरुषले जे–जस्तो कर्म गर्दछ, अन्यले पनि त्यस्तै आचरण गर्दछन् । उसले जस्तो प्रमाण बनाउँछ, समस्त मनुष्यसमुदायले त्यसै अनुसार व्यवहार गर्न थाल्दछ । सबैलाई चेचना भयाः । 

(लेखक राष्ट्रपतिका प्रमुख स्वकीय सचिव हुनुहुन्छ)