काठमाडौं, १३ कर्तिक – नेपाली पुरुष भलिबल टिमको मुख्य प्रशिक्षकमा नेदरल्यान्ड्सका लेस्ले डि जोङ नियुक्त हुनुभएको छ । 

अब डि जोङले नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद ९साग० प्रतियोगिताको लागि करिब एक महिनाको लागि े नेपाली पुरुष भलिबल टिम सम्हाल्ु हुनेछ । 

डि जोङलाई नेपाली भलिबल टिमको मुख्य प्रशिक्षकमा नियुक्त गर्नका लागि संघले राष्ट्रिय खेलकुद परिषद् ९राखेप० लाई सिफारिस गरेको थियो । राखेपले पनि स्वीकृति दिएपछि एक महिनाको लागि उहाँलाई नेपालको मुख्य प्रशिक्षकमा नियुक्त गरेको संघले जानकारी दिएको छ ।
नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दले डच प्रशिक्षक डि जोङ नेपाली टिम सम्हाल्न यसै साता आउनुहुने जानकारी दिनुभयो । 

महासचिव चन्दले भने, ‘२०१८ मा जाकार्तामा भएको एसियन गेम्समा जानु भन्दा अगाडि ४५ दिन उहाँले नेपाली टिमलाई अभ्यास गराउनुभएको थियो । उहाँको प्रशिक्षणमा हाम्रो टिमले एसियन गेम्समा १५ औं स्थान हासिल गरेको थियो । उहाँ अनुभवी प्रशिक्षक हुनुहुन्छ । त्यसैले हामीले फेरि पनि नियुक्त गरेका हौं ।’

नेपाली टिमले नोभम्बर ९ तारिखदेखि बेंग्लोरमा भारतीय टिमसँगै अभ्यास गर्ने छ । त्यस्तै, भारतसँग नेपालले तीन खेलको मैत्रीपूर्ण अभ्यास खेल पनि खेल्ने छ । अभ्यास खेलको लागि भारतीय भलिबल संघले नेपाल भलिबल संघलाई पत्रचार गरिसकेको छ ।