सिरहा, २७ पुस – सिरहाको कल्याणपुर नगरपालिका–३ इटारी गाउँमा हतियारधारी डाँका समूहले पेस्तोल देखाएर लुटपाट गरेका छन् । 

बाँसको भ¥याङ लगाएर घरको छतबाट घरभित्र प्रवेश गरेका डाँका समूहले रामदेव मण्डलको कन्चटमा पेस्तोल तेर्साएर डकैती गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । 

शुक्रबार विहान करिब १ बजेतिर डाँकाह मण्डलको घरमा प्रवेश गरेका डाँकाहरुले १५ मिनेटमै लाखौंको धनमाल डकैती गरेका हुन् ।

करिब दश एघार जनाको समूहमा आएका डाँकाहरुले मण्डलको घरबाट १८ तोला सुन, डेढ लाख रुपैयाँ, तमसुक कपाली कागज र ७ सय ग्राम चाँदी डकैती गरेका थिए । 

डकैती खबर पाएर घटनास्थल पुगेका प्रहरीले खोजतलासको क्रममा कल्याणपुर नगरपालिका–१२ बेल्हा गाउँबाट दुई राउण्ड गोली लोड गरिएको २ थान कटुवा पेस्तोल बरामद गरेको छ ।  डकैती गरी भाग्ने क्रममा डाँकाहरुको साथबाट पेस्तोल बाटोमा खसेको हुन सक्ने प्रहरीको अनुमान छ । डाँका समूहको खोजी तिब्र पारिएको खरेलले बताए।