काठमाडौँ, १४ फागुन - विज्ञानमा आधारित फिल्म ‘ज्युरासिक वर्ल्ड’ को तेस्रो श्रृंखलामा नेपालमा जन्मिएकी डिचेन ल्याचम्यानले काम गर्ने भएकी छन् ।

‘युनिभर्सल एण्ड अम्बलिन इन्टरटेनमेन्ट’ को प्रस्तुति ‘ज्युरासिक वर्ल्ड–३’ मा डिचेनले अभिनय गर्न लागेकी हुन् । उनले योभन्दा अगाडि कल्पित विज्ञानमा आधारित टेलिभिजन श्रृंखला डलहाउस र सेररामा काम गरीसकेकी छन् ।

उनले सन् २०१४ बाट ‘लस्ट फर लभ’ नामको चलचित्रमा काम गरेर चलचित्र क्षेत्रमा आफ्नो करियर सुरु गरेकी थिइन् । ल्याचमन सन् १९८२ मा काठमाडौंमा जन्मिएकी हुन् । उनी ८ वर्षसम्म नेपालमा नै हुर्किएकी हुन् । उनी सन् १९९० मा परिवारसँग अष्ट्रेलिया गएकी हुन् ।

उक्त फिल्म सन् २०२१ को जुन ११ मा प्रदर्शन हुँदैछ ।